गजल~
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
,
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
चर्किएको मुटु अब  फुटेरपो के भयोर!
,
आकासले थिचीदिन्छ धरतीले मिचीदिन्छ
आश्वासनका  शब्दहरु  जुटेरपो के भयोर!
,
पलभर  खुशी  हुँदा  युगौ  रुनु पर्छ यहाँ 
असहाय जिन्दगीलाई चुटेरपो के भयोर!
,
क्षणभरमै ओइलाउने  फूल रैछ जिन्दगानी 
मक्किएको चाहनालाई खुटेरपो के भयोर!
,
बाग फूल्छ यौवनको कैदी हुन्छन नजरहरु 
बेचिएको  अस्मितालाई  लुटेरपो के भयोर !
,
कल्पना भावुक 
इजरायल