Social Icons

राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ ११०


गजल 
राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ
जनतामा सद्बुद्दिको प्रभाव हुनु पर्छ!
,
हिउँ आफै पग्ले पनि  शितल दिंदै बग्छ
रगत भित्र रिस हैन सदभाव हुनु पर्छ!
,
नालापानी युद्द ले नै जन्म्यो गोर्खे नाउँ 
गोर्खाली हौं हाम्रो छुट्टै रवाफ हुनु पर्छ!
,
बोली बुद्ध  दिल सुद्ध  पलौं दिब्य दृष्टि
बुद्ध जस्तै शान्त अनि नम्रभाव  हुनु पर्छ!
,
तेत्तिस कोटी देवी देऊता पुज्छौं साँझ बिहान
शिबजिका भक्त हामी फलिफाप हुनु पर्छ !
,
नेपाली हुँ भन्दा अझै नपुगेमा परिचय 
सगरमाथा सिरको टोपी जवाफ हुनु पर्छ !
,
कल्पना भावुक
इजरयल

No comments:

Post a Comment