Social Icons

गजल= पाएकी छु (२८)

दिमाग पुरै हल्लाउने काम पाएकी छु
जसोतसो जीवन धान्ने दाम पाएकी छु

बिदेस भनि गर्व गर्छन  सबै नेपालमा
कत्ति प्यारो सुसारेको नाम पाएकी छु

नत टुङ्गो बोलीको छ सुन्य हुन्छ माया
छाक टार्न आधा पेट माम पाएकी छु

परिश्रम नै प्यारो सम्झी  दु;ख गर्छु भन्दा
पीडा नभई मुटु पोल्ने घाम पाएकी छु

पुस्तिकाका  साथी भाई आफ्नै सम्झिएर
मनको बह हल्का गर्ने ठाम पाएकी छु

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल


गजल~~~छितिज पारि (२७)

क्षितिज पारि टाढाथिएँ मारेछौ नि आश ।
पराई लाई मुटुभित्र दिएछौ नि बास।।


नसालु ति नजरले पराईलाई  तानी।
मिलनको सुन्दर सपना पारेछौ नि नास।।


चन्चल् मन बाधिराख्न नसकेर होला।
जुनभन्दा घाम झनै देखेछौ नि खास।।


सस्कार अनि नैतिकताको बन्धनलाइ तोडि।
हाम्रो सुन्दर परिवार नै गरेछौ नि  ह्रास।।


मुटु भित्र धड्की दिने बाचा लाइ तोडी।
धड्कनको साथ छोडि रोकेछौ नि सास।।

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~~तिमी भए (२६)

साथ दिने तिमी भए दुनिया नै भुलिदिन्थेँ
नजरमा तिमी भए दृष्टि बनी खुलिदिन्थेँ

वैलिएर झर्न नपाई शीरमाथि सजाउन
लाइदिने तिमी भए डालीविनै फुलिदिन्थेँ

हत्केलामा माया राखी केशराशि सुम्सुम्याउन
काख दिने तिमी भए सधैँभरि झुलिदिन्थेँ

सृष्टिलाई रङ्गीन फूल सिर्जिएर छाडिराख्न
मिसिएर तिमीसँग रङ्गसरि घुलिदिन्थेँ

पग्लिएर नदी भई सागरसम्म पुग्नुभन्दा
बादलझै उड्दै आए हिमाल भै चुलिदिन्थे

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~कल्पना 'भाबुक ' र देवी प्रसाद ढुंगाना बीच दोहोरि (२५)

देवी प्रसाद ढुंगाना--------------->>>>- कल्पना गिरि "भाबुक"

दुख मा नि रुन्चे हाँसो हाँस्नै पर्यो अब          प्रगति को मुल भेट्न शिखर चड्नै पर्छ
मृत्यु लाई साँची राखी बाँच्नै पर्यो अब    =    संघर्ष  का डांडाहरु काट्नै पर्यो अब

जीवन हो रे सुख दुख खहरे को बाढी              बानि पर्यो भत्ता खाने घुम्ने कुर्शी माथि
समुन्द्रको पानि जै सो नाँच्नै पर्यो अब     =    फेरी पनि झुक्याएर ढाट्नै पर्यो अब

नशा हो रे जिन्दगि यो प्याला धेरै थोरै            बेहोसीमा बाच्ने यहाँ धेरै देखे मैले
बीच सडक ढल्ने गरि मात्नै पर्यो अब         =    घाम दिन किरण बनि फाट्नै पर्यो अब

यमराजले लान्छ अरे पुर्याएर मिति                बिश्वाश हुन्न अरे यहाँ जग  स्वार्थी छरे
काल सँग अटुट नाता गाँस्नै पर्यो अब        =    भरोसा पो कसलाई गर्ने जाँच्नै पर्यो अब

छैन रै छ ठाउँ यहाँ इमानदारी लाई                  कत्ति रुनु सधै भरि बगाएर आँशु
इमान जमान मनमा भ'का मास्नै पर्यो अब  =   सच्चा मित्र भेटे मैले हाँस्नै पर्यो अब

दुख सुख दुई पाटा जिन्दगीका उस्तै                 यस्तै खुशी लिई आऊ बेला बखत तिमि
सुख खोज्न दुखि पाटो ताछ्नै पर्यो अब        =   मित्रताको गित गाइ  नाँच्नै पर्यो अब

प्रतिक्षाको भोलि खोज्दा पाइन्छ र कहाँ        =    चित्कार सँगै डर्ने हरु धेरै देखि सके
भोलि हेर्न थोरै आशा सांच्नै पर्यो अब                अशान्तिमा  शान्ति ध्वनि  बास्नै पर्यो अब

संयुक्त गजल लेखनमा कल्पना भावुक र स्वप्निल नीरव (२४)

फेसबुकको भेटले मात्रै तिर्सनानै मेटिएन
सपनीमा देख्छु मात्र बिपनीमा भेटिएन (स्वप्निल)

तिमी पुर्व म त पश्चिम दूरी हाम्रो धेरै टाढा
दुई मनको पूर्ण कथा अझै पनि लेखिएन (कल्पना)

कुन्नि किन किन हाम्रो नदेखेरै माया बस्यो
पुग्छौ कहाँ थाहा छैन गन्तब्य नै देखिएन (स्वप्निल)

मनको भाव बाँड्नलाई नदेखे नि हुने रैछ
दुई मनको प्रतिविम्ब पहाडले छेकिएन (कल्पना)

साथ खोज्छ हरपल तिम्रै,यो मनले घरिघरि
गाह्रो गरी बाँच्यौ तर एउटा पत्र केरिएन(स्वप्निल)

रह्यौ धेरै धेरै टाढा एक अर्कामा छुट्टिएर
आत्मा भने सँगै हुँदा कुनै दुःख खेपिएन (कल्पना)

कतिञ्जेल बाँच्ने हामी दुई किनार नदीका झैँ
एक्लै बाँच्न गाह्रो हुँदा किन गला रेटिएन (स्वप्निल)

लायौ माया जुग जाने टाढा हुँदा मर्ने छैन
उतार चढाव कति आए तर मन फेरिएन (कल्पना)

एक हुने बाचा हाम्रो पर्खिएर जुगौ जुग
मिल्दो जुल्दो ईच्छा बाहेक दाया बाया हेरिएन (स्वप्निल)'

स्वप्निल' छ 'कल्पना' यो जीवन्त छ अठोट हाम्रो
एक हुने रहर हाम्रो कसै गरी तुहिएन (टुङ्ग्याउनी)

कल्पना गिरी भावुक
काठमाडौ हालः इजरायल

स्वप्निल नीरव
दर्छा पाल्पा

गजल~~भयो...आज (२३)

भयो मन बिरानो, आँफै सँग आज,
भयो तन पुरानो, उड्यो रङ्ग आज।


आफन्तले शत्रु झैँ सबै लुटेपछि
भयो मेरो भरोसा सबै भङ्ग आज ।


भावीले नै लेख्यो कि एक्लो हुने भाग्य
भए सबै अलग्ग आफ्नै अङ्ग आज।


प्रयास् मेरो जिउँने, बिफल् हुँदै जाँदा,
भयो हार नमिठो, सबै जङ्ग आज।


समेटेर सपना अघि बढूँ भन्दा
जुटाउनै सकिन कुनै ढङ्ग आज।


कल्पना गिरी भाबुक
काठमाडौं
हाल इस्राएल

गजल~~ भयो जिन्दगागी (२२)

विवस्ताले मोडी दिने बाटो भयो जिन्दगानी
सयौ चोट सही दिने माटो भयो जिन्दगानी


जती जोड्न खोज्यो उती टाढा टाढा हुँदै जाने
नदीको दुई किनाराझै फाटो भयो जिन्दगानी


जती कोसिस् गरे पनि बिफल मात्र हात लाग्ने
सबै धुर्त   दुनियाँमा लाटो भयो जिन्दगानी


सुख खोज्न सम्झौतामा जती दु;ख गरे पनि
भित्री पीडा हुँने घाउको  खाटो भयो जिन्दगानी


घाम  पानी  नभनेर  जती  पौरख् गरे पनि
मेहनत खेर जाने  आँठो   भयो जिन्दगानी


आवश्यकता पुरा  गर्न बिनिमय  प्रथा जस्तो
हाँसो  दिई आँसु  लिने साटो भयो जिन्दगानी


कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~रमाएर जाऊ (२१)

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

छाडी मलाई दोबाटोमा अलपत्र पारी।
खुशी हुँदै उस्कै हात समाएर जाऊ।।

आँफै दु;खी तिम्रा दु;ख काहाँ बुझ्छु मैले।
सारा दु;ख उसै माथि थमाएर जाऊ।।

भत्किएको मन मेरो पोखीएछौ तिमी।
सग्लो मनमा चोखो माया जमाएर जाऊ।।

गरीब हुँ सुख सँग राख्न काहाँ सक्छु।
उसै सँग हिरा मोती कमाएर जाऊ।।

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

कल्पना गिरी भाबुक
काठमाडौं
हाल इस्राएल

दोहोरी= मुक्तक बिष्णुनन्द + कल्पना


बिष्णुनन्द चाम्लिङ्ग
तिमी ठूलो बन्न चाहे म सानोबनी दिन्छु ।
जीवन कथा लेख्न चाहे म पानोबनी दिन्छु ।
यो जिन्दगी आखिरीमा त तिम्रै लागि सोम्पेँ,
नहेर भो भन्छौ भने म कानोबनी दिन्छु ।........

लेखिदेउ कथा मेरो नयाँ पात्र बनी दिन्छु
सग्लो अक्षर तिमीभए म मात्रा भरी दिन्छु
पेवा हुन्न जिन्दगी यो मायागरी साटे पछि
कानो सानो जे भएनी तिम्रै निम्ती मरिदिन्छु...
.
बिष्णुनन्द चाम्लिङ्ग ‎...
तेरो मेरो हैन कथा दुबै मिली लेख्नु पर्छ ।
आई परे बर्षे भल दुबै मिली छेक्नु पर्छ ।
जिन्दगीमा उतारचढाउ कैले तल कैले माथि,
मन मिले तन मिले मिली पीडा सेक्नु पर्छ ।

 
यती भन्दै खुशी लाग्यो अब अरु माग्दिन म
खियाँउछु दस नङ्ग्रा थाके भनि भाग्दिन म
साथ मात्र देउ मलाई सम्पती को नाम लिन्न
हृदय मा गुनासो को बिउ पनि रख्दिन म
बिष्णुनन्द चाम्लिङ्ग ‎...
तेरो मेरो कथा हैन दुबै मिली लेख्नु पर्छ ।
उर्ली आउँने भेल पनि दुबै मिली छेक्नु पर्छ ।
माया साटे जिन्दगी त पेवा हैन कोसेली हो,
तन मिले मन मिले मिली पीडा सेक्नु पर्छ ।
फूल बनी फूली दिन्छु रक्षा गर माली बनी
खिस्स हाँसो ओठमा ल्याई बोलाइदेउ काली भनि
त्यो कोसेली स्विकार भयो राख्ने छु म जतनले
मेरै निम्ती अब तिमी बसिदेउ है खाली बनी
बिष्णुनन्द चाम्लिङ्ग ‎..
पिरतीमा नियतिले खेल खेल्नु हुन्न कैले ।
इमानीको इमान माथि झेल खेल्नु हुन्न कैले।
बिश्वास नै सम्पती त समर्पण हो जिन्दगी,
माया गर्दा चाप्लुसीको तेल खेल्नु हुन्न कैले ।
 
चाकारी र चाप्लुसी कुन चरी को नाम होला
तेसो गर्नु भन्दा पहिले बरु मैले बोक्छु झोला
समर्पण मै बाचि दिन्छु यो जिन्दगी रहुन्जेल
नियती लाइ छेउ लगाई तरी दिन्छु पापी खोला

बिष्णुनन्द चाम्लिङ्ग ‎...
चाहनाको बाचा कसम ब्याबहारमा पनि मिल्छ ।
हाँसो खुशी जिन्दगीको मुहारमा अनि मिल्छ ।
समर्पणमा बाँच्नेहरु जुग जुग बाँच्छ भन्छन् ,
तिमी पाउँनु भाग्यमानी हजारमा यौटा मिल्छ ।
 
कल्पना गिरी भाबुक ‎..
बिश्वासमा हुन्छ माया समर्पण मा जिन्दगानी
भरोसा को मुहान् रोजौ हाँसो खुशी भन्दा पनि
जिन्दगानी मरे पनि बाचि रहोस् हाम्रो माया
हजारौ मा तिमि पाउँदा म झन धेरै भाग्यमानी
बिष्णुनन्द चाम्लिङ्ग ‎....
बिश्वासले जरा गाड्यो माया प्रीति मौलाउँदैछ ।
हाम्रो चोखे माया देखी बिहानीले बोलाउँदैछ ।
एकै जुनी मात्र कहाँ युगौँ युग बाँच्नु पर्छ ,
मुस्काराउँदो चन्द्र देखी तनै आज रमाउँदैछ ।
 
कल्पना गिरी भाबुक ‎..
बिश्वासले जरा गाड्यो माया प्रीति मौलाउँदैछ
हाम्रो चोखो माया देखी बिहानीले बोलाँउदैछ
पात्रो हेरी चिना कोरी जन्ती ले'र आउने होकी
तिमी आउँने बाटो हेरी मेरो नयन टोलाउदै छ
 
बिष्णुनन्द चाम्लिङ्ग‎..
रीतिथिति पुर्याएर मीठो बोली लिइ आउँला ।
सुकुमारी हात माग्न प्रीति झोली लिइ आउँला ।
चीना हेर्ने साइत जुर्ने तिथी मिति तोक्छु अनि,
अघि पछि जन्ती लगाई जोर डोली लिइ आउँला
कल्पना गिरी भाबुक ‎..
बरनीको ठहर माथि दियो कलस राखि सँके
तिम्रो नामको बरमाला मेरै हातले गाँसि सँके
प्रतिक्षा को घडी अब आएको छ नजिकिदै
बेहुली भै क्षण भरमै तिम्रै हुन लागि सँके


कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल-छैन (२०)


छोडी गयौ मेरो साथ भरोसाको लाली छैन
मोडी गयौ मेरो दिल अब ठाउँ खाली छैन

बिश्वासको माला उँनी नाता मैले जोडेकोथे
तोडी गयौ बाचा सबै बगैँचामा माली छैन
बास्नाछरी फूल्ने धोको थियो तिम्रो जीवनमा
गोडी गयौ जरा फाँकी पलाउँने डाली छैन

थुप्रै ईच्छा मारी मैले तिमीलाइ छानेकोथे
फोडी गयौ मेरो मन तर म त जाली छैन

जहाँ जान्छौ हाँसो खुशी जमाएर बस तिमी
जोडी गयौ अन्तै नाता अब दिने गाली छैन

गजल घातको कुरा नगरौँ (१९)

घायल जी को मुसराय बाट

पुज्ने भए पिरती त्यो घातको कुरा नगरौँ
बुझ्ने भए पिरती त्यो जातको कुरा नगरौँ

सातौँ जन्म सँगै हुँने कसम हाम्रो मायाको
बिर्सिएर छुटिने त्यो साथको कुरा नगरौँ

सम्झौतामा जान सके पिरती बस्छ फूलेर
भाबनामा पिल्सिने त्यो बातको कुरा नगरौँ

जिबनमा हाँसी खुशी उज्यालो पारौँ भबिस्य
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौँ

समाजमा यो माँयाको पवित्र नाम दिनुछ
जथाभाबी बोलिने त्यो मातको कुरा नगरौँ

कल्पना गिरी काठमाडौं हाल इस्राएल

गजल=मात लाग्छ (१८)

लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेउ लाग्नैपरे बात लाग्छ

कुनै बेला आँखाबाट तिमी ओझेल परिदिँदा
दिन पनि मेरालागी औँशी जस्तै रात लाग्छ

घुम्टोओढी हिडतिमी खाली सिउँदो देखेपछी
तिम्रो निम्ति मर्छुभन्दै फेरि याहाँ ताँत लाग्छ

पछ्यौरीले मुखछोपी हास्ने तिमी गरी देउ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ

ओठ टोकी नहेर है पराइको आँखा लाग्ला
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ

कल्पना गिरी भाबुक 
काठमाडौं

गजल= खोज्नु साहित्यमा (१७)

घायल जी को मुसराय बाट सानो कोसिश

मेरो आस्था जान्नलाई पसी खोज्नु साहित्यमा
मेरो ब्यथा... जान्नलाई फँसि खोज्नु साहित्यमा

पोखेकी छु बिचार् सबै श्रीजनाको पानाभरी
मेरो स्तर नाप्नलाई कशी खोज्नु साहित्यमा

भोग्दै जाँदा जिन्दगी नै बनिदिन्छ कथाहरु
मेरो कथा बुझ्नलाई दशि खोज्नु साहित्यमा

कोरेकी छु पानाभरी भाबना का फूलहरु
भाबनामा रङ्गभर्ने मसी खोज्नु साहित्यमा

धेरैथरी बिचारको मन्थन हो यो साहित्य
जगतको अर्थलाइ बसी खोज्नु साहित्यमा

लेख्दैजादा पुस्तिकामा गल्ती धेरै भएभने
मेरो हात बाध्नलाई रसी खोज्नु साहित्यमा

गीत: बिबस्ताले बनाइ दियो तिमी सङ्ग टाढा

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा.........

ढुक्ढुकिमा बसेउ तिमी, मुटु मेरो थियो
दुई आत्माको एउटै सरीर, ईश्वरले दियो
चुँडाइ दिउँकी यो मुटुलाइ, बिर्सिएर जिउँन
फाटेको मन कहिलेइ पनी, सकिन भो सिउन

बिबस्ता ले बनाइ दियो,  तिमी सङ्ग टाढा..........

भोक तिर्खा चैन छैन, निन्द्रा छैन साथमा
किन पायेँ यो जवानी, एक्लै हुन्छु रातमा
भेट्न जाउँत साहुको ॠणले, बाटो छेक्ने होकी
नजाउँ भने सुस्त  सुस्त, माया घट्ने होकी

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा

बिबस्ताले..............

गजल;बयान के गरौ (१६)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

धर्ती को धुलोम जूनको बयान के गरौ
हिराको अगाडी सुनको बयान के गरौ।

जिबन्त रुएँ म बैगुनी रहेछ मायाँलु
स्वार्थमा गरेको गुनको बयान के गरौ।

बग्याछ देशमा पानी को साटोमा रगत
मकैमाँ पिसिने घुनको बयान के गरौ।

गरीबी छाकोछ साथमा सम्पती नहुँदा
कमेरो छ्दैछ  चुनको बयान के गरौ ।

धनीले ओढेको पस्मिना बर्कोछ साथमा
नाङ्गो छ गरीब ऊनको बयान के गरौ।

गरिब मर्दछन् भोकले गाँस नै नपाई
धनिको सम्पत्ति हुनको बयान के गरौ।

गजल- कुर्सीको कारण, (१५)


घायल जी को मुसरायमा मेरो सानो कोशिस

गर्नुछ् मिठो बलिदान्, कुर्सीको कारण,
लेख्नुछ् मिल्दो संबिधान,कुर्सीको कारण।

पछिछ् देश् एकाइसौ, सताब्दी मा पनि,
कमाउँ राम्रो स्वाभिमान्,कुर्सीको कारण।
...
नेपाल हाम्रो स्वर्गभुमी, चिनाउँ सबैलाइ,
जुटाउँ मिठो अभियान, कुर्सीको कारण।

बिकाशलाइ बगायछौ, धमिलो खोलामा,
तेसैले भयौ बेइमान्, कुर्सीको कारण।

कबिता~~फर्की कैले आउने आमा

कहाँ गयौ मेरी आमा छाडी हामीलाइ,
कैले देखु कहाँ देखु पियारी आमा लाइ।

दिन गन्दै रात गन्दै बिती सक्यो बर्ष,
भेट्न पाए आमा लाइ हुन्थो होला हर्स।

कति होला दुख तिमीलाइ कति होला गाह्रो,
बाध्येता ले बनायौ मन ढुङ्गा भन्दा साह्रो।

सम्झाएर बस्छेउ होलाआफ्नै मन लाइ,
हाम्रो कुरा गर्छेउ होला साथीसङी लाइ।

सधैं आँखा भरिरहन्छ्न बाटो हेरिहेरि,
पैसा सगै हाम्रो माया नभुल्नु है फेरी।

काख भर्ने न्यानो माया जीवन सगी पनि,
बसेका छ्न मलाई नै पर्खिएर भनि।

लिइ आउनु न्यानो माया ल्याउनु चोखो मन,
आफ्नो सन्तान सबै भन्दा तिम्रो ठुलो धन।

बसेका छौ हामी यहाँ दिन गनि,गनि,
लेख्नु चिट्ठी हामीलाइ कैले आउने भनि,,
लेख्नु चिट्ठी हामी लाइ कैले आउने भनि।।

गजल: पापलाग्ला (१४)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

 मेरो मुल्य सस्तो ठानी, हुत्याएको पापलाग्ला,

सडिएको बस्टु भनी, छुट्याएको पापलाग्ला।।

साहित्यको संसारमा ,रुची राख्नु गल्ती भोकी,
सरुवारोग सम्झी मलाई,खुट्याएको पापलाग्ला।।
...
सिक्न खोज्छु आसमर्दै, जादा पनी दिनदिनै,
अलपत्र बाटो बिच्मा, रुवाएको पापलाग्ला।।

जन्मजात निधारमा, लेखी आँउनु पर्ने होकी,
निरन्तरता दिनु भन्दै, फुर्काएको पापलाग्ला।।

पकपक मुख बाउँदै, आश्वासन निल्न खोजे,
कोखाइ भनि अन्तैलागि,झुक्याएको पापलाग्ला।।

गजल:कुर्चिको कारण (१३)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

छोड्दैछौ लेख्न संबिधान, कुर्सिको कारण
गोड्दैछौ फुस्रो अभियान, कुर्सिको कारण

फोड्दैछौ आफ्नै आमाको, टाउको तिमीले
भुल्दैछौ आफ्नै पहिचान, कुर्सिको कारण
...
पोख्दैछौ नहर् रगतको, हेर्दछौ रमिता
बोक्दैछौ अझै बेइमान्, कुर्सिको कारण

बस्दैछौ अझै चुपचाप्, झापाड खाएर
लेख्दैछौ आफ्नै अपमान, कुर्सिको कारण

डस्दैछौ अझै दाजुभाइ, सर्पको रुपमा
बढ्दैछौ गर्न तानातन्, कुर्सिको कारण