Social Icons

गजल घातको कुरा नगरौँ (१९)

घायल जी को मुसराय बाट

पुज्ने भए पिरती त्यो घातको कुरा नगरौँ
बुझ्ने भए पिरती त्यो जातको कुरा नगरौँ

सातौँ जन्म सँगै हुँने कसम हाम्रो मायाको
बिर्सिएर छुटिने त्यो साथको कुरा नगरौँ

सम्झौतामा जान सके पिरती बस्छ फूलेर
भाबनामा पिल्सिने त्यो बातको कुरा नगरौँ

जिबनमा हाँसी खुशी उज्यालो पारौँ भबिस्य
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौँ

समाजमा यो माँयाको पवित्र नाम दिनुछ
जथाभाबी बोलिने त्यो मातको कुरा नगरौँ

कल्पना गिरी काठमाडौं हाल इस्राएल

No comments:

Post a Comment