Social Icons

गजल ६१ मनका धनि हुन्छन

गजल
मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे ,
सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे|
~
जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ ,
जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|
~
संघर्स नै जीवन भनी सुख दु;ख नरोज्नाले ,
लाचार भै बाँचेका छन हात फैल्याइ माग्ने मान्छे|
~
नाम बिना परिचित छन् बिर्से पछि मानबता,
इज्जत बिना बाच्नु पर्छ दुनियालाई चाख्ने मान्छे|
~
अहंकार त्यागी जसले जीवन लाई नियाल्दछ
सम्मानित हुन्छ उही अरुको मान राख्ने मान्छे ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ६० सम्झियौ

झुपडी बाट महल तिर सरेको सम्झियौ
तिमीलाई एक्लो पारेर गंगा तरेको सम्झियौ ।
~
बाध्यता थियो म बिबस थिए भेट हुन सकेन
निस्ठुरी बनी त्यो दिल बाट झरेको सम्झियौ ।
~
दुखाउँछौ मन बगाउँदै आँशु परिवेस बदली
आँगन छाडि अर्कैको बाग चरेको सम्झियौ ।
~
लोलाउँथे आँखा टोलाउँ'थ्यो मन संझेर त्यो रुप
नबुझी मलाई धोकामा तिमी परेको सम्झियौ ।
~
चर्किन्छ छाती रसायो आँखा भक्कानो फुटेर
भाबुक बनि कठोर घात गरेको सम्झियौ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५९ गजल लेख तिमी

गजल ~
देश भक्ती गुन्जाउने एउटा गजल लेख तिमी
धनि गरिब सबै लाई एकैनास देख तिमी ।
~
साहित्य हो तिम्रो जीवन गन्तब्यमा पुग्नु पर्छ
सहज रुपमा अघि बढ बाधा अड्चन छेक तिमी।
~
मनुस्यको रुप लिई मनुस्य भै बाच्ने भए
घमण्ड र अहंकार जीवन बाटै फेक तिमी ।
~
लागी पर सधैं तिमी नाम सँगै दिप बल्छ
हिंसा हैन कलम बोकी सहि बाटो टेक तिमी ।
~
अंग अंग दुख्न सक्छ कठोर तिम्रो निर्णयले
भाबुक सब्द भेला गरी दरिद्र्लाई सेक तिमी।
~
कल्पना भाबुक
काठमाडौं
हाल;इजारायल

मुक्तक

पाँच ; मुक्तक हरु.....
~
घरदेश सम्झिएर कैले फिरु हुन्छ आमा
सधैँ तिम्रो सम्झनाले मेरो मन रुन्छ आमा
कठै भन्ने कोहि हुन्न शैया माथि चढे पनि
तिमी जती माया गर्ने यो धर्तिमा कुन छ आमा?
~
मेरो भाग्य कस्तो बन्ला नियतिलाई चासो थियो
मसि भर्ने कलम भित्र पीडा बोक्ने आँशु थियो
लक्ष्य बिहिन यात्रा मेरो दौडि रह्यो भाग्य सँगै
एक मुठ्ठी श्वास मेरो आफैँ लाइ पासो थियो ।
~
टालाटुली बटुली झैँ सत्तामाथि खेल हुन्छ
भ्रस्ट अनी चाकडिको बिच बाटोमै मेल हुन्छ
यस्तै गरे एकादेशको कथा हुन सक्छ देश
बिकृतिको खोल ओढी न्याय माथि झेल हुन्छ।
~
आफु मात्र दुखेको देख्नछन यहाँ सबै
घाऊ माथि आगोले सेक्छन यहाँ सबै
हित गर्ने मित्राताको जमाना नै कहाँ रह्यो
हिड्न खोज्दा बाटो ढुकी छेक्छन यहाँ सबै।
~
हामी बाटै गल्ति हुन्छ माफ गर्न जान्नु पर्छ
मिठो बोली मायालु पन यसमै सर्न जान्नु पर्छ
समस्याले जन्माउछ सत्रु मित्रु सबलाई यहाँ
मन मिलाउने सब्द खोजि चर्न यहाँ जान्नु पर्छ|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५८ माया खोज्ने बहानामा

गजल
माया खोज्ने बहानामा भिर बाट नझर न|
एकान्त त्यो साथ रोजी धेरै याद नगर न|
~
मन भरि बेदना छ देख्छौ तिमी रिसाएको|
फकाउने बहानामा कर्के आँखा नतर न|
~
तिम्रो दुख भुलाउने मेरो एकै मुस्कान भए|
हाम्रो हित मित बनोस गुनासो चै नछर न|
~
साथ तिम्रो हात तिम्रो यो जिन्दगी तिम्रो नै हो|
सम्झनामा बसी देऊ दिलबाट नसर न|
~
उमेर छँदा बैस राम्रो माया झनै रस पूर्ण|
कल्कलाउँदो जोवन देखी भुतुक्क भै नमर न|

कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल