Social Icons

गजल~१०० सफल जीबन जिउँन फेल हुनै पर्छ !



गजल ~
सफल जीबन जिउँन फेल हुनै पर्छ !
,
दिप बाल्न दियोमा तेल हुनै पर्छ 
सफल जीबन जिउँन फेल हुनै पर्छ !

,
जित मात्र हुदैन हार्न पनि सिकौ 
रमिता हो जिन्दगी खेल हुनै पर्छ !

,
शान्ति मात्र हुँदैन बिद्रोह नी हुन्छ 
अन्यायको  बिरुद्द  जेल हुनै पर्छ!

,
सगरमाथा चिनारी राखौं शिर उच्च 
सदभाब र  बिचारमा  मेल हुनै पर्छ!


,कल्पना भावुक
इजरायल 

गजल ९९ थाहा भयो !


गजल~थाहा भयो ! 


कति सह्यो फूलले पीडा काँढा हुँदा थाहा भयो  !
दुख्नुमा झन आनन्द छ टाढा हुँदा थाहा भयो  !

,
माया के हो प्रेम के हो किन दुख्छ मुटु भन्थें ?
पिरतिको   रंग  संग गाढा  हुँदा थाहा भयो  !

,
जवानीको राप के हो जीबन कस्तो प्रेमलाप हो
गरिबी नै दुइमुटु बिच बाधा हुँदा थाहा भयो
.
कल्पना भावुक
इजरायल 


गजल ~९८ आँखाबाट पिएँ


गजल ~ आँखाबाट पिएँ
,
बर्षौ देखि   भोकी प्यासी   थिएँ
प्रेम पाएँ     आँखाबाट      पिएँ! 

~
जिन्दगी त   पिएकै पो मज्जा
जति भेटें    मनमौजी    लिएँ!

~
जब पाएँ   जीबन फुल्ने   वृक्ष
चर्केको मन   खुशी हुँदै   सिएँ !

~
ब्यथा बोकी हिंडेकि'थें एक्लै
साथ पाएँ   हाँसी हाँसी  जिएँ !

~

बिझाएनौ  आँखा भित्रै थियौ
त्यसैले त  सर्बस्व नै   दिएँ !

~
कल्पना भावुक
हाल ; इजरायल 

गजल ~९७ बैमानी भो सबै थोक !!!

गजल~~बैमानी भो सबै थोक !!!


मुटुको गाथा नफुकाइदिने त्यो धुन बैमानी! 
रहरको बेला नझुल्कीदिने त्यो जून बैमानी 


.
सन्तानमाथी थोपरी खुशी रित्तिन्छ जिन्दगी 
आमाको मायाँ  नबुझिदिने त्यो खुन बैमानी!


.
जन्मदै हुन्छ सुन्दर मानिस  सिंगार्नु किन हो?
प्रकृति रुप  लुकाइदिने  त्यो सुन बैमानी !


.
स्वार्थलाई रोजी सत्तामा लड्ने पशुको व्यवहार 
जनता  रुवाइ देश टुक्र्याउने त्यो नुन बैमानी! 


.
कल्पना भावुक 
इजरायल 

गजल~९६ फूल हुन पाएदेखी

                         गजल ~ फूल हुन पाएदेखी 

शितल दिन्थें  सबैलाई जून हुन पाएदेखी
बागभरी  सजिने'थें  फूल  हुन पाएदेखी |

,खेतबारीको राटा भिजाई किसानलाई हसाउथें 

खडेरिमा  बगिदिने  मुल  हुँन  पाएदेखि  |

'भजनमा मिल्थें होला संसार नै डुल्थें होला

छुन्थें  होला सबैको मन धून हुन पाएदेखि|

,गुणगान गाउँथें होला आँखैमा बस्थें होला

समस्यालाई  तारिदिने पुल हुन पाएदेखि |

,नाम पाउँथे सहिदको देशको शिर उच्च हुन्थ्यो

दुश्मनको  छाती रोप्ने  सुल हुन पाएदेखि |

,मिती~२०६९/३/५

कल्पना भावुक

गजल ~९५ शीत पो परेछु,,


                  गजल ~              शीत पो परेछु,,

न हुन्छु  सागर न तार्छु डुंगा  शीत पो परेछु,
मानिसका भिडमा बर्ग छुट्टिने निच पो परेछु 


पारि थ्यो  माया वारि म हुँदा मन जोड्ने रहर भो 
न जाँन  सकें  न भयो भेट   बिच पो परेछु

उमेर  सँगै बैशले  छोप्दा  रोजे छु  कसैलाई
मनको चाह राख्नलाई खोज्दा मित पो परेछु


भावना भरी सजाउँछन्  सबै गुनगुन गर्दछन 
टुक्रेका मन  मिलाई  दिने  गीत  पो परेछु  


कहिले हाँसो कहिले रोदन  रहेछ जिन्दगी 
कसैलाई रुवाइ शिखर चढ्ने जीत पो परेछु 

              कल्पना भावुक 
               काठमाडौँ