Social Icons

गजल~९६ फूल हुन पाएदेखी

                         गजल ~ फूल हुन पाएदेखी 

शितल दिन्थें  सबैलाई जून हुन पाएदेखी
बागभरी  सजिने'थें  फूल  हुन पाएदेखी |

,खेतबारीको राटा भिजाई किसानलाई हसाउथें 

खडेरिमा  बगिदिने  मुल  हुँन  पाएदेखि  |

'भजनमा मिल्थें होला संसार नै डुल्थें होला

छुन्थें  होला सबैको मन धून हुन पाएदेखि|

,गुणगान गाउँथें होला आँखैमा बस्थें होला

समस्यालाई  तारिदिने पुल हुन पाएदेखि |

,नाम पाउँथे सहिदको देशको शिर उच्च हुन्थ्यो

दुश्मनको  छाती रोप्ने  सुल हुन पाएदेखि |

,मिती~२०६९/३/५

कल्पना भावुक

No comments:

Post a Comment