Social Icons

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल१२१ मिठो बोले गालि रे यस्तै सुने आज


गजल 
मिठो बोले गालि रे यस्तै सुने आज 
तितो बोले तालि रे यस्तै सुने आज 

झुटो खेति सप्रेछि किन चाहियो नाता 
सत्य बोल्ने जालि रे यस्तै सुने आज 

धनि सुत्ने नोट माथि सुनको घर छ रे 
गरिबको घर नाली रे यस्तै सुने आज 

स्टार पप डान्स र डिस्को भन्छन हुने
नहुनेको खालि रे यस्तै सुने आज

तिम्रो नेपाल देश हैन बन्करको खेति
र बिग्रेको बालि रे यस्तै सुने आज !

कल्पना भावुक 

गजल~ 120 सपना पिएर बाँच्नुछ जिन्दगीमा

गजल
सपना पिएर बाँच्नुछ जिन्दगीमा
चाहाना सिएर बाँच्नुछ जिन्दगीमा !
.
चाहेको  गुलाब अर्कैले सिउरी दिँदा
काँडा नै लिएर बाँच्नुछ जिन्दगीमा !
.
बिर्सन सक्दिन छ तस्बिर आँखाभरी
यादमा खिएर बाँच्नुछ जिन्दगीमा !
.
यात्रा हो जिन्दगी मोडियोस त्यो मन एतै
सम्झना दिएर बाँच्नुछ जिन्दगीमा !
.
कल्पना भावुक

गजल ~119 बाँचुन्जेली जीन्दगीकै दासहुनु पर्छ

गजल ~ हुनु पर्छ 

बाँचुन्जेली जीन्दगीकै  दास हुनु पर्छ !
निरास हैन बाच्नलाई आश  हुनु पर्छ !

सर्बब्यापी कृतिमान छ भन्छन जीवित छ 
जीवित भए  एकमुठी  सास हुनु पर्छ !

बाच्नेहरु उखान जोडी  मर्ने रहर गर्छन  
मर्नलाइ'त प्राण उडी लास   हुनु पर्छ !

माया भन्ने शब्दलाइ दिन्छन सस्तो मूल्य  
मायालु त मुटु  भित्र  खास  हुनु  पर्छ !

कृतिम मुस्कान प्रसारणमा ब्यापार बढ्दैन है 
सुख  किन्न  मनको कालो  नास  हुनु पर्छ !

कल्पना भावुक 

गजल ~188 नजर भन्दा पर डुल्नु हुँदैनरे ! .

गजल ~
बिना   अनुमती   फूल्नु    हुँदैनरे !
नजर   भन्दा पर   डुल्नु   हुँदैनरे !
.
चुम्छ   भमराले   रस     देखेपछी
मिठो   बैश बोकी   झुल्नु   हुँदैनरे !
.
प्रेमको   परिभाषा   थाहा  नपाइकन  
मिलाई   मनमुटु   घुल्नु    हुँदैनरे !
.
भन्छ   तँ स्त्रीहोस्    दुस्ट  भगवानले
इछ्या   दबाउनु रे    खुल्नु  हुँदैन रे !

कल्पना भावुक 

नारी ~117 रुपियामा बेचिएकी माटो हैनन् नारी

नारी 
रुपियामा बेचिएकी माटो हैनन् नारी
मनलागि कुल्ची हिड्ने बाटो हैनन् नारी !
,
मन दिए माया दिन्छिन जीबन दिए साथ
बल्झिबल्झी दुखि दिने खाटो हैनन् नारी !
,
गाँस काटि भोक मेट्छिन् सबै खुशी पार्छिन
आफ्ना खुशी पिसिरहने जाँतो हैनन् नारी !
,
आमा छोरी बुहारिको सबै स्थान लिन्छिन 
च्यातिएर फेर्नु पर्ने गातो हैनन् नारी !
,
जन्म घर कर्म घर टुट्न दिन्नन् नाता 
खिया लागि चुइने टिनको पातो हैनन् नारी !
,
कल्पना भावुक 

गजल~116 जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !

गजल
अन्जानमा समिप थियौ जानेपछी टाढा भयौ 
जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
.
मेला थियो सौन्दर्यको थियो मोल सम्पतिको 
हजारौमा तिमी अशल  छानेपछी टाढा भयौ !
.
समयको खेल होकि   नियतिले ठग्यो कुन्नि 
भनेजति  सबै कुरा    मानेपछी टाढा  भयौ ! 
.
साचै स्वार्थ भनु यात ढुङ्गा थियो छातीभित्र 
काँडा हैन फूलले नै   हानेपछी  टाढा भयौ !
.
कल्पना भावुक

गजल ११५ गरिब छ


गरिब छ 
दुर्गन्ध छ अफ्ठ्यारो छ बाटो गरिब छ
रुखो अनि  खडेरी छ  माटो  गरिब छ !

शिशिर छ र तुसारो छ छैन बसन्त
नफेरिने जिन्दगीको पाटो गरिब छ  !

गग्रेटो छ  गाग्री  छैन टाढा  पधेरो
अमुक छ बोल्दैन उ लाटो गरिब छ!

सरिर आफै बिझाउँछ ओढ्ने हुँदैन
मध्यान्नामै देक्छ तारा छानो गरिब छ !

गजल ११४ सपनाका तात लागि


सपनाका तात लागि 

सपनाका तांतलागि किन आउछ संधै राति
मेरा लागि बिपना नै बनेको छ प्रिय साथी !

धर्तिकै छ माया मोह थामेको छ मेरो वजन 
पानी हुँदै झर्छु बरु उड्नु छैन बादल माथि !

मान्छे न हो बोल्दै जाँदा धेरैथोरै गल्ति हुन्छ  
झुट बोलेर  जित्नु भन्दा  नबोलेरै  हार्न जाति 

निभ्नु रैछ मनको दिप उत्ताउलो चमक थियो 
हाँसिहाँसी बिदा दिन्छु हुदिन म बिस्वासघाति

जिब्रो न हो तितो मिठो अशल खराब सबै लिन्छ 
बेस्वाद अनि बेमज्जाले  चाख्छ स्वाद नानाभाती

गजल-नअटेरै हो कि माया ..112


गजल-नअटेरै हो कि माया ...

नअटेरै हो कि माया आँखाबाट पोखिएको 
नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको !

आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै रुन्छु 
रुनैथ्यो त प्रेमी नजर किन यता  ठोकिएको?

हत्केलामा ठेला देख्छु निधार मरुभूमि लाग्छ 
साथ्मा भए  देख्ने थिएँ का छ भाग्य छोपिएको? 

छातीभरी  बैश फुल्दा हृदयमा तिमी  बस्यौ 
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि रोजिएको !

कल्पना भावुक 
इजरायल

गजल १११ ~~ मेरी आमा


गजल ~ मेरी आमा !

सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा 
अज्ञानी छु सानो छोरो  ज्ञानी हुन्छ मेरी आमा !
,
सताउछु  रुवाउछु  कत्ति  दुखः दिन्छु तिम्लाई 
हासी हासी फकाउछेउ दिब्य गुणछ मेरी आमा !
,
लापत्ता छन् मेरा बाबा दुस्मनले हेरे तिम्लाई 
डराउदिन  बद्लालिन तिम्रै खुनछ  मेरी आमा !
,
कैले  हुँला  प्रवासमा  कैले  हुँला तिम्रै काख 
इ कानले तिम्रो मात्र आवाज सुन्छ मेरी आमा !
,
धर्य गर भविस्य त्यो बनाउछु आफ्नै हातले 
यो कालेले  तिम्रो दुख चाडै फुन्छ मेरी आमा !
,
कल्पना भावुक 
इजरायल 

राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ ११०


गजल 
राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ
जनतामा सद्बुद्दिको प्रभाव हुनु पर्छ!
,
हिउँ आफै पग्ले पनि  शितल दिंदै बग्छ
रगत भित्र रिस हैन सदभाव हुनु पर्छ!
,
नालापानी युद्द ले नै जन्म्यो गोर्खे नाउँ 
गोर्खाली हौं हाम्रो छुट्टै रवाफ हुनु पर्छ!
,
बोली बुद्ध  दिल सुद्ध  पलौं दिब्य दृष्टि
बुद्ध जस्तै शान्त अनि नम्रभाव  हुनु पर्छ!
,
तेत्तिस कोटी देवी देऊता पुज्छौं साँझ बिहान
शिबजिका भक्त हामी फलिफाप हुनु पर्छ !
,
नेपाली हुँ भन्दा अझै नपुगेमा परिचय 
सगरमाथा सिरको टोपी जवाफ हुनु पर्छ !
,
कल्पना भावुक
इजरयल

नदेखेको प्रेम अब छुटेरपो के भयोर १०९


गजल~
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
,
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
चर्किएको मुटु अब  फुटेरपो के भयोर!
,
आकासले थिचीदिन्छ धरतीले मिचीदिन्छ
आश्वासनका  शब्दहरु  जुटेरपो के भयोर!
,
पलभर  खुशी  हुँदा  युगौ  रुनु पर्छ यहाँ 
असहाय जिन्दगीलाई चुटेरपो के भयोर!
,
क्षणभरमै ओइलाउने  फूल रैछ जिन्दगानी 
मक्किएको चाहनालाई खुटेरपो के भयोर!
,
बाग फूल्छ यौवनको कैदी हुन्छन नजरहरु 
बेचिएको  अस्मितालाई  लुटेरपो के भयोर !
,
कल्पना भावुक 
इजरायल 

नयन बाट मोती बर्से थाप्ने भए आऊ १०८

गजल
नयन बाट मोती बर्से थाप्ने भए आऊ
दोषी छ की दया मनमा जाच्ने भए आऊ !
.
दयालु छौ राम नाम बिर्सिदिन्छन सबै
आँखा भित्र नानी बनाई  राख्ने भए  आऊ !
.
दिलको भाँडो रित्तिएछ रहर बाँकी नै छ
अब बाँकी जिन्दगी छ साट्ने भए आऊ !
.
भोली बिघ्न जति आवोस हिजो हुँदै टर्छ
दु;ख सुख जीबन रथ हाँक्ने  भए आऊ !

गजल १०७ म संगै हिजो बिताएका कुरा गर !


म संगै हिजो बिताएका कुरा गर !

चिन्ताका हैन चिताएका कुरा गर !
म संगै हिजो बिताएका कुरा गर !

सम्झना आयो एकपटक फेरि भन्छु 
बैसमा दुइ मुख मिठ्याएका कुरा गर !

भुतुक्क भाथ्यौ सुन्दरी थें तिम्रा लागि 
पट्याउन आँखा झिम्काएका कुरा गर! 

सम्झँदा लाग्छ समय त्यो फेरी भेटूँ 
मायामा यौवन रित्याएका कुरा गर !

कल्पना भावुक
इजराएल 

गजल~कस्तो गजल लेखौं प्रिय? १०६


गजल~कस्तो गजल लेखौं  प्रिय?

याद आउँने न'आउँने,  कस्तो गजल लेखौं  प्रिय?
आँखामा या मन भित्र, कुन संसारमा  देखौं  प्रिय ?
.
फूल टेके पाप लाग्ला, काँडा टेके बिजाउला
दुवै मेरो बाटो छेक्छन,  कहानेर टेकौं  प्रिय ?
.
हरेक साँझ गोधुलीमा, तिमी तिरै  उड्छ मन 
मन उडाउने हुरी बतास, कुन पर्दाले छेकौं  प्रिय ?
.
बिर्से  एक्लै   हुँने  डर,  सम्झे  संधै  दुख्छ  मुटु 
रातदिनै दुख्ने मुटु, कुन  मलहमले सेकौं  प्रिय ?
.
त छाड म छाड गरिगरी भावनाको ओहिरो लाग्छ 
दुवैको दिल शितल हुने, कस्तो शब्द फेकौं प्रिय?

कल्पना भावुक
काठमाडौँ 

गजल ~ चोटका कुरा ! १०५


गजल ~ चोटका कुरा ! 

म  जिउँदो लास  हुँदा, तिमी चोटका कुरा गर्छौ  !
म लाजको दास हुँदा , तिमी कोटाका कुरा गर्छौ  !

मुटु र  रगत बीच     टुट्न  हुन्न  नाता भन्छु 
सम्बन्ध बिगार्दिने ,  तिमी होडका कुरा गर्छौ  !


रित्तो छ संधै गोजी ,  बल्दैन यो चिसो चुलो 
खै किन बुझ्दैनौ र? , तिमी नोटका कुरा गर्छौ !


चुलिँदै  भावना  इ ,   सगरमाथा  उभिदैछन 
मरीच झैं  नबढ्ने , तिमी बोटका  कुरा गर्छौ  !


चन्द्रमा  छुन उड्छु ,  कल्पनाको  संसारमा 
हँसिया  थमाउँदै ,  तिमी गोठका  कुरा गर्छौ 

 कल्पना भावुक 
काठमाडौँ 

गजल ~ किनारको साथ पाउँ १०४


गजल ~जंघारमा मन   डुब्दा ,   किनारको साथ पाउँ 
जंघारमा मन   डुब्दा ,   किनारको साथ पाउँ 
नदि  सुके प्यास मेट्ने  , इनारको साथ पाउँ  !  
.
दायाँ बायाँ संधै रित्तो ,  उनकै यादमा सुस्ताउँछु 
आँशु  सबै  चुमी दिने     सिरानको  साथ  पाउँ 

आँखा खोले चिम्ले पनि,  तिम्रै तस्विर डुल्छ संधै 
घामबनी  झुल्किदिदा ,  बिहानको  साथ पाउँ 

घर छाडी प्रबासमा , खुशी खोज्न  डटिरैछु 
यस्तो लाग्छ भाग्यमानी, निधारको साथ पाउँ 
कल्पना भावुक
काठमाडौँ 

गजल ; बेकार भो जिन्दगी १०३


गजल ; बेकार भो जिन्दगी    
 ,
रहरमा  लगाम लगाएपछी बेकार भो जिन्दगी 
आस्थाको दिप निभाएपछी   बेकार भो जिन्दगी !
,
कसैको यादमा झरेको आँशु  जमेर  ताल भयो 
आँशु कै तालमा हराएपछी   बेकार भो जिन्दगी !
,
साहारा  छैन  अगाडि बढ्ने  सुन्य भो संसार 
आँखाको ज्योति गुमाएपछी  बेकार भो जिन्दगी !
,
बिरही मनमा अधेरी छायो झुल्केन घाम  पनि 
रहरको किरण अस्ताएपछी  बेकार भो जिन्दगी !
,
पारिजात छैन चमेली छैन  सुवास के खोज्नु
शंकाले बाग सल्काएपछी बेकार भो जिन्दगी !
,
कल्पना भावुक 
काठमाडौँ 

गजल ~ यस्तै भए १०२


गजल ~ यस्तै भए 

पिउँदिन भन्थेँ आज पिलाउने साथी भए!
यस्तै रैछ रित यहाँ  पिएँ अनि जाती भए!
,
महलको सान थियो  घमण्डले शिखर छुन्थ्यो 
मुरी फुर्ती गर्थे  हिजो  आज सबै  पाथी भए!
,
आफ्ना अनि आफन्तकै माया भित्र बाच्न चाहें  
पिठ्यु पछि छुरा हान्ने आफ्नै बिस्वास''घाती भए!
,
सन्दुकको  साँचो भिरी घांटी गह्रौ भयो मेरो 
सम्पतिमा रयाल काड्ने सबै मेरा माथि  भए!
,
कल्पना भावुक 
इजरायल 

गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं १०१


गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 

बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 
गाडे लास कुहिने छ जलाई दिनु उड्न सकुं!
,
स्वाभिमानी कहलाउँ सुँघ्न पाउँ देशको माटो 
गीता बेद पुराण झैँ संस्कारी भै  उठ्न सकुं !
,
सगरमाथा शिर भए मेरा पाउ  मेची काली
बुद्ध मार्ग पहिल्याइ शान्ति बिगुल फुक्न सकुं !
,
जन्म दियौ कर्म दियौ दियौ असल संस्कार पनि  
सार्थक मान्दै यो जिन्दगी जननीलाई पुज्न सकुं !
,
जोगाउनुछ  आफ्नो ठानी राष्ट्र अनि राष्ट्रियता   
प्रबाश बाटै भए पनि  नेपाली पन  बुझ्न सकुं ! 
,
हार जितको लडाइँमा  सकारात्मक सोच बनोस 
देशको  झन्डा  समाएर शिखरमा  पुग्न सकुं! 
,
कल्पना भावुक 
काठमाडौँ