Social Icons

गजल ~ चोटका कुरा ! १०५


गजल ~ चोटका कुरा ! 

म  जिउँदो लास  हुँदा, तिमी चोटका कुरा गर्छौ  !
म लाजको दास हुँदा , तिमी कोटाका कुरा गर्छौ  !

मुटु र  रगत बीच     टुट्न  हुन्न  नाता भन्छु 
सम्बन्ध बिगार्दिने ,  तिमी होडका कुरा गर्छौ  !


रित्तो छ संधै गोजी ,  बल्दैन यो चिसो चुलो 
खै किन बुझ्दैनौ र? , तिमी नोटका कुरा गर्छौ !


चुलिँदै  भावना  इ ,   सगरमाथा  उभिदैछन 
मरीच झैं  नबढ्ने , तिमी बोटका  कुरा गर्छौ  !


चन्द्रमा  छुन उड्छु ,  कल्पनाको  संसारमा 
हँसिया  थमाउँदै ,  तिमी गोठका  कुरा गर्छौ 

 कल्पना भावुक 
काठमाडौँ 

No comments:

Post a Comment