Social Icons

गजल ~ किनारको साथ पाउँ १०४


गजल ~जंघारमा मन   डुब्दा ,   किनारको साथ पाउँ 
जंघारमा मन   डुब्दा ,   किनारको साथ पाउँ 
नदि  सुके प्यास मेट्ने  , इनारको साथ पाउँ  !  
.
दायाँ बायाँ संधै रित्तो ,  उनकै यादमा सुस्ताउँछु 
आँशु  सबै  चुमी दिने     सिरानको  साथ  पाउँ 

आँखा खोले चिम्ले पनि,  तिम्रै तस्विर डुल्छ संधै 
घामबनी  झुल्किदिदा ,  बिहानको  साथ पाउँ 

घर छाडी प्रबासमा , खुशी खोज्न  डटिरैछु 
यस्तो लाग्छ भाग्यमानी, निधारको साथ पाउँ 
कल्पना भावुक
काठमाडौँ 

No comments:

Post a Comment