Social Icons

गजल ; बेकार भो जिन्दगी १०३


गजल ; बेकार भो जिन्दगी    
 ,
रहरमा  लगाम लगाएपछी बेकार भो जिन्दगी 
आस्थाको दिप निभाएपछी   बेकार भो जिन्दगी !
,
कसैको यादमा झरेको आँशु  जमेर  ताल भयो 
आँशु कै तालमा हराएपछी   बेकार भो जिन्दगी !
,
साहारा  छैन  अगाडि बढ्ने  सुन्य भो संसार 
आँखाको ज्योति गुमाएपछी  बेकार भो जिन्दगी !
,
बिरही मनमा अधेरी छायो झुल्केन घाम  पनि 
रहरको किरण अस्ताएपछी  बेकार भो जिन्दगी !
,
पारिजात छैन चमेली छैन  सुवास के खोज्नु
शंकाले बाग सल्काएपछी बेकार भो जिन्दगी !
,
कल्पना भावुक 
काठमाडौँ 

No comments:

Post a Comment