Social Icons

गजल ~ यस्तै भए १०२


गजल ~ यस्तै भए 

पिउँदिन भन्थेँ आज पिलाउने साथी भए!
यस्तै रैछ रित यहाँ  पिएँ अनि जाती भए!
,
महलको सान थियो  घमण्डले शिखर छुन्थ्यो 
मुरी फुर्ती गर्थे  हिजो  आज सबै  पाथी भए!
,
आफ्ना अनि आफन्तकै माया भित्र बाच्न चाहें  
पिठ्यु पछि छुरा हान्ने आफ्नै बिस्वास''घाती भए!
,
सन्दुकको  साँचो भिरी घांटी गह्रौ भयो मेरो 
सम्पतिमा रयाल काड्ने सबै मेरा माथि  भए!
,
कल्पना भावुक 
इजरायल 

No comments:

Post a Comment