Social Icons

गजल~कस्तो गजल लेखौं प्रिय? १०६


गजल~कस्तो गजल लेखौं  प्रिय?

याद आउँने न'आउँने,  कस्तो गजल लेखौं  प्रिय?
आँखामा या मन भित्र, कुन संसारमा  देखौं  प्रिय ?
.
फूल टेके पाप लाग्ला, काँडा टेके बिजाउला
दुवै मेरो बाटो छेक्छन,  कहानेर टेकौं  प्रिय ?
.
हरेक साँझ गोधुलीमा, तिमी तिरै  उड्छ मन 
मन उडाउने हुरी बतास, कुन पर्दाले छेकौं  प्रिय ?
.
बिर्से  एक्लै   हुँने  डर,  सम्झे  संधै  दुख्छ  मुटु 
रातदिनै दुख्ने मुटु, कुन  मलहमले सेकौं  प्रिय ?
.
त छाड म छाड गरिगरी भावनाको ओहिरो लाग्छ 
दुवैको दिल शितल हुने, कस्तो शब्द फेकौं प्रिय?

कल्पना भावुक
काठमाडौँ 

No comments:

Post a Comment