Social Icons

गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं १०१


गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 

बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न  सकुं 
गाडे लास कुहिने छ जलाई दिनु उड्न सकुं!
,
स्वाभिमानी कहलाउँ सुँघ्न पाउँ देशको माटो 
गीता बेद पुराण झैँ संस्कारी भै  उठ्न सकुं !
,
सगरमाथा शिर भए मेरा पाउ  मेची काली
बुद्ध मार्ग पहिल्याइ शान्ति बिगुल फुक्न सकुं !
,
जन्म दियौ कर्म दियौ दियौ असल संस्कार पनि  
सार्थक मान्दै यो जिन्दगी जननीलाई पुज्न सकुं !
,
जोगाउनुछ  आफ्नो ठानी राष्ट्र अनि राष्ट्रियता   
प्रबाश बाटै भए पनि  नेपाली पन  बुझ्न सकुं ! 
,
हार जितको लडाइँमा  सकारात्मक सोच बनोस 
देशको  झन्डा  समाएर शिखरमा  पुग्न सकुं! 
,
कल्पना भावुक 
काठमाडौँ 


No comments:

Post a Comment