Social Icons

कथा ; समय


 कथा ; समय   
                           कालो बादलले आकाश डम्म ढाकिए पनि ठाउँ ठाउँबाट भने निलो गगन मजाले नियाल्न सकिन्छ ! पुर्णिमाको रात टहटह जूनको उज्यालोले धर्ति जगमगाइ रहेको छ ! लिनाको मन्द मुस्कानमा जिबनको सुख र सारा खुशी खोजिरहेको हुन्छ आशीर ! दायाँ बायाँ पनि युगल जोडीहरुको घुइचो लागेको छ! पार्क भरी यस्तै जोडीले ढाकेको महसुस गर्दा गर्दै उनको त्यो जुनेली रातमा लिनाको शिर आफ्नो काखमा राखेर  चन्द्रमा र लिनाको मुहार लाई एकै साथ नियाली रहेको हुन्छ आशीर ! आशीर हेरन..! त्यो आकाश र चन्द्रमाको कति अटुट र अजम्बरी साइनो छ है ? के हामी पनि हाम्रो प्रेमलाई त्यस्तै अजम्बरी बनाउन सक्दैनौ ? जो हामी मरेर गएपनि हाम्रो प्रेम सदा अमर बनिरहोस् ! 

                         लिना, तिमी भन्छौ भने म तिम्रा हरेक चाहनाहरुलाई सफल बनाउने प्रण गर्छु ! तर मेरो एउटा कुरा तिमीले मान्नु पर्छ ! तिमीले तिम्रो देश बिर्सेर सदा मेरो आसपासमा मुस्कानी फूल बनेर फुलिरहनु पर्छ! लिना दोधारमा पर्छे ! उसलाई कता कता खल्लो महसुस हुन्छ! किन कि ऊ आफ्नो देश छाडेर कामको सिलसिलामा प्राबासी भूमिमा आई पुग्दा दैब संयोग एउटै प्रोजेक्टमा काम गर्ने आशीर संग प्रेममा बाधिन पुगेकी हुन्छे ! दिन बित्दै गयो उनीहरुको प्रेम पनि कलिलो मुना बाट फूल्दै फक्रंदै गयो ! उता भने लिना आमा बाबाकी एउटै मात्र सन्तान थिइ त्यो पनि टाढा प्रबासी भूमिमा..! एकातिर बृद्ध हुन लागेका बाबु आमाको माया अर्को तिर फक्रिन लागेको जवानी अनि प्रेम उसलाई निर्णय लिन निक्कै गाह्रो हुन्छ ! तै पनि ऊ आशीर लाई दुखि देख्न नसकेर ( कहिले काहीं आमा बाबालाई भेट्न जान पाउने सर्तमा ) उसकै अंगालोमा बेरिन पुग्छे ! 

                          समय चिप्लेको र उमेरले नेटो काटेको पत्तै हुँदो रहेनछ ! हेर्दा हेर्दै उनीहरुबाट एक सन्तानको जन्म भयो! दुवै जागिरे छन् ! बिहानको आठ नबज्दै बाहिरिएका बेल्लुकाको आठ बजे मात्र भेट हुन्छन उनीहरु  ! छोरी हेर्ने शिसुस्याहार केन्द्र छदै छ!  दुबैको कमाइ पनि राम्रो छ ! कुनै कुराको कमि छैन उनीहरुको परिवारमा ! दिनदिनै छोरी पनि ठुली हुदै गइरहेकी छ बोली रहुँ खेलाई रहुँ  जस्ती...! जव जव छोरीको हाँसो लिनाको मनमुटु सम्म फैलिन्छ तव उस्ले पनि बाबा आमाको माया र ममता लाई झल्झली सम्झन थाल्छे ! लिना आफ्ना पति र छोरी बाट सन्तुस्ट र खुशी छे! तर पनि उसलाई केहि कुराको कमि महसुश भई रहेको छ! एउटी भएकी छोरी पनि दुरादेशमा! बृद्ध  भएका बाबु आमाको  दु;ख सुख बाँढ्ने र ममता पोख्ने ठाउँ पनि सपना झैँ भएको छ ! आमा, सधैं छोरीको सम्झनामा आँशु बगाईरहन्छिन्! बाबु आशाको त्यान्द्रो बटुल्दै बाटो हेरिरहन्छन ! यता लिना पनि जति जति छोरीलाई मायाले अंगाल्छे त्यति नै आमा बाबाको यादले छटपटिन थाल्छे र सम्झिन्छे उस्को बालापन! बिरामी परेको बेला उस्ले खाना नखाए सम्म उसकी आमा दिनभर भोकै हुन्थिन! बाबु अफिसबाट घर आउँदा रित्तो हात कहिल्यै फर्कंदैनथे! केहि न केहि लिएर नै आउँथे ! आज तिनै बृद्ध बाबा आमाको साहारा बन्न नसक्दा ऊ छोरीलाई अंगालो मार्दै आँशुका बलिन्द्र धारा बगाएर रुन थाल्छे ! जव घरमा आशीरको उपस्थिति संगै लिना माथी सयौं प्रश्न तेर्सिन्छन्  !  तब लिना एका एक बर्बराउँदै आफ्नो मनमा गुम्सिएका बेदनाका पोका हरु खोल्न थाल्छे ! बाबा आमाको आफु बाहेक बुढेसकालको सहारा कोहि पनि नभएको बताउँछिन् लिना ! छोरीको बाटो हेर्दा हेर्दै पर्खाइमा ति  बृद्ध नयनबाट बगेका आँशुले कुनै एउटा ताल बनि सक्यो होला ! उनीहरुको बुढेसकालको सहारा अनि आशा र भरोसाको पर्खाल म एउटै मात्र हुँ ! उनीहरुको मन मस्तिस्कमा कति पीडा र छटपटी बितिरहेको होला ! मलाई मेरा बाबा आमाको साथमा जानु छ!  र म उनीहरुको बाकी जीबनमा दिप बनेर उज्यालो छर्नुछ आशीर ! लिनाको रुन्चे अनि भावुक बोलीले आशीरको मन चसक्क हुन्छ अनि आफ्नो पुरुषार्थ जमाउँने रवाफ देखाउँन् थाल्छ! तिमी त पराई धन हौ, उमेर नपुगुन्जेल मात्रै बाबा आमाको ममता भित्र त्यस पछी त पति को घर नै सबै थोक हुन्छ ! छोरी भएर जन्मे पछी इ सम्पूर्ण कुरा हरुलाई बुझ्न पनि सक्नु पर्छ लिना! सधै माइती घरमै बस्ने भए किन बिहे गरेर आउनु, कुमारी नै बसेर बाबा आमाको सेवा गरेर बसे भैगो नि ! यस्तै यस्तै थोरै रुख्खो पन मिसिएको उपदेश सुरु हुन्छ आशीर बाट!

                        समय बदलिने हैन बदलिन्छ त मानिसको सोच बिचार र हेर्ने दृष्टिकोण ! त्यो सानो र शुखी परिवारमा पनि आज अभाब फैलिएको छ ! लिना बाबा आमालाई सम्झेर पागल भएकी छ! आशीर आफु पुरुष हुनुको घमण्ड डेग सर्न दिदैन ! बिचरी त्यो नाबालक छोरी, बाबु आमाले मुखा मुख गरेको देखेर ट्वाल्ल परेर हेरिरहन्छे ! डाँडा माथिको घाम ुडुबे पछी यो धर्ति मा उज्यालो देख्न एक युगको पर्खाइमा बस्नु पर्छ ! ति बृद्ध भएका बाबु आमा एक पटक अस्ताएपछी जीबन भरको पर्खाइ पनि असफल हुन्छ! यो नितिको नियम कसैले पनि बदल्न सक्दैन! एकदिन लिना उही सम्झनामा टोलाउँदै सुक्सुराउँदै बिगतका रमाइला क्षणहरुलाई मनमनै सुम्सुम्याउन थाल्छे! उस्को हात छोरीको शिरमाथि मन संगै दौडी रहेको हुन्छ! छोरीले जे जति बुझेकी छ आमालाई सम्झाउने र रुन सघाउने बातावरण बाट भने टाढिएकी छैन ! उता छोरी धेरै बर्ष सम्म नआए पछी टेली फोन सम्पर्क टाढिदै जाँदा एक दिन छोरी संग सम्पर्क बिहिन नै हुन पुग्छन बाबु आमा ! समयको दौरान संगै दुखित  मन पनि दौडिरहेको बेलामा एक दिन हुलाकीले लिनाको हातमा एउटा चिट्ठी थमाएर जान्छन ! हतार हतार खोलेर हेर्छे! चिठ्ठी भित्रको खबरले ऊ बिह्रल बन्छे र आशीरको अनुस्पस्थितिमै छोरी च्यापेर घरबाट बाहिरिन्छे लिना ! टिकेट को चाँजोपाँजो मिलेपछी जन्म घर तिरको उडान सुरु हुन्छ र ऊ जन्मथलोमा पाइला टेक्न पुग्छे छोरी लिनाको साथमा ! छोरीको आगमनमा आमाले तप्लक्क मोतीदाना खसाल्दै भुइँतिर हेर्छिन ! बाबा नदेखे पछी ऊ सबै कोठा चाहार्छे  र आमालाई अंगालो मारेर रुन थाल्छे ! अब उसले बाबालाई मात्रै भित्ताको तस्बिरमा देख्न पाउने छ! जून बाबाले अन्तिम क्षण लिना लिना भन्दै देह बिसाएका थिए!  उस्ले अब एउटा संकल्प नै गर्छे र भन्छे ! आमा! मैले मेरो प्राण भन्दा प्यारो बाबाको बोली सुन्न अब अर्को जुनीमा उहाकै छोरी भएर जन्मिनु पर्छ! म तपाईलाई छाडेर कहिँ जान्न यहिँ छोरीका साथमा तपाई संग सदाको लागि बस्न आएकी छु ! छोरीका कुरा सुनेर आमाले पनि हर्ष र बिस्मात दुवै मिसाएर आँशु झार्छिन ! दिन बित्दै जान्छ हजुरआमा र नातिनी रमाई रमाई खेलेको देखेर मख्ख परेर हेरिरहन्छिन लिना!

                        जवानी रहुन्जेल पराइको साथ र माया प्यारो भए पनि जब एउटी नारी आमा बन्छे तब सन्तानको ममता र दाइत्व आँखा अगाडी बिम्ब बनेर बसिदिन्छ ! आफुले आफ्नो सन्तान लाई जन्म दिंदा जति खुशी थिइन उनि! उसै गरी आफुलाई जन्माउदा आफु जस्तै खुशी भएका बाबा आमाको कल्पना गर्छे!  सबै कुराले सन्तुस्ट भए पनि आज फेरी कहीं  कतै केहि अभावको महसुश हुँदै छ लिना लाई ! हुन त उता आशीर लाई पनि श्रीमती र छोरीको बियोगले पागल नबनाएको भने होइन ! नत उस्ले लिना लाई भेट्ने आँट गर्छ नत एक्लै जीबन बिताउने नै! आफ्नै स्वार्थीपनले गर्दा आज ऊ सबै बाट टाढा भएको छ एक्लो भएको छ .....!!!

                    "यसै लाई जीवनको एउटा रित सम्झेर आज लिना आफ्नी आमा र आफ्नो प्रेमको  निशानी स्वरूप प्यारी छोरीको साथमा आनन्दले जीवन बिताई रहेकी छिन् "

  कल्पना भावुक
काठमाडौँ 
हाल ,इजराएल 

No comments:

Post a Comment