Social Icons

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

कविता

कविता
साहित्यकी ढुकढुकी वानीरा गिरी

प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु  सम्म 
वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा  पराग बनेर उभिरह्यौ  !

हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका  असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म 
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ  !

वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी  सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति  बनेर
पालामा हैन मनमुटुमा दिप  बनेर उजेलियौ र उभिरह्यौ  !

शब्दका  सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ  पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौ
आदरणीय र सम्माननीय प्यारी वानीरा 
तिमी नेपाली भाषा बोलिने धर्तिभरि 
मुस्कुरायौ र फुलीरह्यौ !

कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!

कविता ईच्छामृत्यु-पत्र

बिक्रम सुब्बा
कविता    ईच्छामृत्यु-पत्र
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
ओछ्यान परेकी तिम्रै वारिसको नाताले
तिम्रो अग्रिम-मरणको मेरो ईच्छापत्र लेखिरहेछु -
अर्थात, मेरा काखमा अखण्ड शिर राखेर, मसँग
मुलायम-मुलायम माया बोल्दा-बोल्दै तिम्रो प्राण जाओस्
मौरीको रानीजस्तै लोकन्तीका झुण्डामा राखेर
मेरा घरको अग्नी-मण्डपमा तिमी पुर्‍याईएपछि
स्वागत-बडाइँका दर्जनौँ जोरनाले बन्दुक बजाउँदे
पच्चिसौँ च्याब्रुङ र नौमतीबाजा घन्केको साईतमा
पहिलो पटक जिउ नै सिरिङ्ग पार्ने तिम्रो हात छुँदै
मैले 'सौभग्यवती भव:' भनेर सिन्दुरले
तिम्रो भर्जिन सिउँदोमा हालेको भविष्य-वाणी पुगोस्
अर्थात, नरकको दैँत्यलाई पनि, तिम्रो
निधारमा 'विधवा' शब्द लेख्ने मौका नमिलोस्  
अर्थात, सिन्दुर-पोतेमै सजिएको तिम्रो सकल शरिर
घाटको अग्नी-देवलाई प्रसाद चढाउँन सकुँ
अंतिम घडीमा मेरा आँशु पनि कदापी खस्न दिन्न
अर्थात, तिम्रो रुद्रघण्टीमा घिडघिड तगारो पस्न दिन्न
महान अर्धाङ्गिनीलाई लगनको लुगामै विदा दिन सकुँ
यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा, तिम्रो लागी
यही सम्मानीय मृत्युको ईच्छा-पत्र लेखिरहेछु पृये!

…तिम्रा कोखबाट निसृत लालाबालाका हात-पखेटा उम्रिसके 
अब तिनका आकाशको कुनै चिन्ता लिनु पर्दैन
अर्थात, खुशिसाथ तिमी पार्थिवयात्रा थाल 
रहलपहल घरघरायसी धन्दाहरू मैँझारु गरेर, मैले पनि 
त्यही क्रुर लाम्चो-अर्थी चढेर कात्रोको पहिरनमा
तिमीसम्म आउँने पर्यटन गर्नुछ पृये !
अर्थात, हामी दुई त एक मुटुका
आधा-आधा अनमोल धातुहरू कतै खोजेर-भेटेर
ईमान्दार देउताको आरनमा ढलोट दिव्य-आत्मा हौँ
अर्थात, हीराभन्दा बलियो हाम्रो प्रेमको ढिक्कोलाई
फुटाएर हरण गर्ने रावण कतै जन्मेकै छैन
तेसो त, मेरो देहको पनि म्याद पुगिसक्यो पृये!, बरु
मेरा आत्माको लागि पनि एक असल कुलको गर्भ खोजिदिराख्नु  
अर्थात, पवित्र नश्लका आत्माले अनिवार्य अवतार लिनु पर्छ
अनि फेरि भाँडाकुटीको भोज-भतेर सहित
हाम्रा पुतलीहरूको रमाईलो विहेको साईतमा
प्रणयका अनेक अध्याय र परिच्छेदहरू थप्नु पर्छ
अर्थात, फेरि कैलाशकुटमा हाम्रो एक चिटिक्क याक्सा थपेर
धुतुमुने र परीहरूले सिकुवा-आँगन भरिदिनुपर्छ
अर्थात, जनम-जनम सृष्टी-मुन्धुम बुन्दै जानुपर्छ
चखेवा जोडीको माया त
अजर-अमर पो हुन्छ त बाबै !

...अर्थात, कसैले चाहेपनि हामी कहिल्यै मर्दैनौँ पृये!
एकबारको पञ्चतत्व ध्वस्त भएपनि सिद्धिने होईन यो   
पवित्र प्रेमात्माहरू त झन् ज्योतीपुञ्जभै उदाउँछन्  
अर्थात, आत्म-मिलन भइसकेपछि अपरम्पार हुन्छन् 
त्यसैले मायालु पत्नी, तिम्रो नीजि निधारमा म
बारम्बार 'सौभाग्यवती'को छाप लगाईरहन चहान्छु
तसर्थ, अधिकृत वारिसको हैसियतले, तिम्रो खातिर
जुनी-जुनी विधवा नहुने ईच्छामृत्यु-पत्र लेखिरहेछु
एक अटल फैसला-पत्र लेखिरहेछु
…अर्थात, म लाखौँचोटी विधुर भएर हेला सहन्छु बरु, तर
'विधवा' तोकेर तिमी कतै लेखिनु मञ्जुर छैन मलाई
अर्थात, मेरै काखमा तिम्रो सर्वाङ्ग शरिर राखेर, मसँग
चोचोमोचोमा माया बोल्दा-बोल्दै प्राण जाओस्
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
तिम्रो यही ईच्छा-मृत्युको नोट-पत्र लेखिरहेछु

…अर्थात, हेर्दाहेर्दै आफ्नो सेनापती ढलेपछि
'विराङ्गना'को वीरचक्र-तक्माले शुसोभित गरेर
बाँकी युद्धको कमाण्ड सम्हाल्न चाहान्छु म
यही हो मेरो अन्तिम ईच्छा पृये…, त्यसपछि
शिरमा विजयको पगरीसहित म पनि उतै आउँनेछु…
तेसो त, मायाको रणभूमिमा मायात्माहरूलाई जित्ने
स्वर्गमालोकमा पनि कुनै देउता जन्मेका छैनन्…
र नरकमा पनि कुनै दैत्य जन्मेका छैनन्
अर्थात, चोखो प्रेमको वगैँचामा
आत्मा त एक अजम्बरी फुल हो पृये!
bikram subba 

कविता ; मेरो कविता मेरो देशको खातिर!


कविता ;  मेरो कविता मेरो देशको खातिर!
आमा
सुनन..
त्यो कपुत छोराको खोजीमा किन अपाहिज  बन्छौ ?
तिम्रो ममता बाट बुर्लुक्क माथी उफ्रिएर
निसास्सिने गरी
तिम्रै छातीमा
ड्याम्म बुट जुत्ता बजारेको बिर्सियौ
आमा...!
तिम्रो सग्लो अनि सुन्दर स्वरुप माथि
निर्माणका निर्धारित धर्साहरु कोर्दै
प्रयोगसालामा राखिएको रवरको टुक्रा सम्झेर
मनोमानित आकार दिने बहानामा
तिम्रो प्राकृतिक सुन्दरतालाई
बकुल्लाको घाटी बनाएका बिर्सियौ ?
जहाँ
आँखा चिम्लिएर निशाना लगाउने होडबाजीमा
ऊ प्रथम बनोस!

आमा...!
तिमीले संसार हेर्ने आँखा पनि गुमाएकी छौ 
तिनै कपुत हरुका खातिर
तिनकै भुडीका खातिर
प्रत्येक गाँसमा सन्तानको नाम लेखेर राख्यौ 
परेलीको डिलमा  टिलपिल भएको आँशु  
परेलिमै सुकाई छोराको पर्खाइमा 
मुसुक्क हाँसेर 
घुटुक्क थुक निल्दै किलकिले भिजायौ
तर
स्वअस्तित्व बचाउँनको खातिर
तिम्रै सन्तानले
तिम्रै सन्तानलाई मुला बनाएर
घिरौला बनाएर
छाप्काऊँदै रक्तकुन्डको होलीमा
नृत्य गरेको बिर्सियौ आमा ?
 आमा...!
ति सन्तानको पर्खाइमा
त्यो चिरा चिरा परेको छाति 
अझै आशाको झिल्को बोकेर
खुइया गर्दै
रंग बिनाका
नुनिला आँशुको बाढी नबगाउ आमा !

अब त तिमीले
यस्तो सन्तानको आशा गर्नु पर्छ 
जो जन्मदै शान्तिको माला
घाटीमा पहिरिएर आवस 
स्वाभिमानी बर्कोले जिउ ढाकेर आवस 
असल कर्मका खातिर
जननी जन्म भूमिका खातिर
सुदूर क्षितिज नियाल्न शान्तिको प्रतिक
अनि
प्रेमको प्रतिक बनेर आवस 
तिमी भन्दा शक्तिसाली अरु कोहि छैन आमा!
त्यसैले.... त्यसैले
एउटा अशल सन्तानको खोजि गर
आमा..!
जो तिम्रो खातिर
एक मुठी पानीले सम्पूर्ण भोक मेट्न सकोस
एक त्यान्द्रो कपडाले सम्पूर्ण लाज ढाक्न सकोस
तिम्रो एक उपदेशले ब्रम्हाण्ड हाँक्न सकोस् 
हर्षका साथ तिम्रो नाम
खुला छातीमा स्वाभिमानले लेख्न सकोस
आमा..!
ममताको पर्खालले दुस्मनको गोली छेक्न सकोस !

कल्पना गिरी "भावुक"

कविता


मेरो शिर चुम्दै गर्दा 
स्वर्गानुभुती गर्दै 
खुशी छचल्किएका आँखाहरुले
तिम्रो सामिप्यताको 
महसुश गर्थें  म |
,
क्रुर राक्षसी 
बचनबाणी बर्सिएर    
अन्तर हृदयका  कन्दराहरुमा 
जथाभाबी रजाईं गर्दा 
पटक पटक धैर्यताको 
आभास गर्थें म |
,
तिम्रो अनुपस्थितिमा
प्रतिबिम्बित बनि 
मन संग र आफै संग 
बारम्बार आलोचित हुनु पर्दा 
नैरास्यताले  बिघ्न हुँदै 
लालची आँखाहरुमा  
अवाक्क हुन्थें म|
,
तर.... 
म बाध्य बनिरहें
तिम्रा हिंस्रक हर्कत  संग
अन्तस्करणमा उब्जिएका
ब्याकुल  परिस्थिती  हरुको 
सामना गर्दै  जाँदा 
जीबन
आधा  मरिसकेको हुन्थ्यो |
जिउँदो लास अघि 
रहरको कोशी बनेर  
जब पिपासु  नजर  तेर्सिन्थे 

ग्लास भरी   नशा बनेर भरिन्थे 
तिमी खुसिको चरम सिमामा पुगेर 
अहंकारले गर्जिंन्थ्यौ...गौरब गर्दै
बिजई घोसणा गर्‍थ्यौ  |
अब सुन
यो मेरो रहर थिएँन
परिस्थितिले अन्मरिएको
क्षणिक तृष्णा थियो त्यो |
चाँडै  नै 
मेरो बिवसतामा नाचेका तिम्रा धुसुरे औंलाहरु
अब रछ्यानका टोकरिमा समाहित हुनेछन 
लालचमा कामुक भइ भौंतारिने
तिम्रा आंगिक पुर्जाहरु 
एक इस्थुल अपाइज भै बांगिने छन 
तिम्रो बिवस परिस्थिती  मा 
चारैतिर बाट कोलाहल मच्चाउदै 
ट्वार्र ट्वार्र ट्वार्र  आवाजहरुमा
तिम्रो परिचय गुन्जिने छ 
तिमी निरास भएको हेर्न
मेरा निर्मल आँखाहरु 
समयको पर्खाइमा 
आतुर छन.....!!! 
,
कल्पना भावुक 

धुसुरे  हातहरुले 

इजरायल 

कविता ,आशल सन्तान

कविता;

बाबु आमा देव हाम्रा मन्दिरमा  छैनन् 
मन्दिरमा बसेका जो बाबु आमा हैनन!

भोकै बसी पालि पोसि  संसार टेखाउछन 
आफ्नो भाग्य आफैँ लेख्न बाटो देखाउछन!

आदर गरौँ सम्मान गरौँ  घृणा नगरौं है  
बा आमाका आँखा भरि  आँशु नभरौ  है!

सुनै खाओस सुनै  लाओस बुढो हुनै पर्छ 
अजम्बरी  कोही छैन  सबले  जानै  पर्छ!

पुजनीय बा आमालाई जसले हेला गर्छ 
कुनै दिन त संझी संझी पछुताउनै पर्छ!

प्रण गरौ आजै बाट अशल सन्तान बन्न
कु-संस्कारी कुलंघार नपाउँन  है  भन्न !

कविता  यो दिवसमा मिलि कशम खाउँ  
अशल सन्तान बनि हामी कमाउँ है नाउँ   !

कल्पना भावुक 

कविता ~आउँछु

कविता ~आउँछु
,
कहिले  याद बनेर आउँछु 
कहिले  मात बनेर आउँछु 
नयनलाई कोशी बनाउँदै 
कहिले  चाहत बनेर आउँछु| 
,
कहिले  प्रित बनेर आउँछु  
कहिले  हित बनेर आउँछु   
मुटुको धड्कन  हुँदै   
कहिले  मित बनेर आउँछु|
,
कहिले  रित बनेर आउँछु
कहिले  गीत बनेर आउँछु
आँखाको बाटो हुँदै
कहिले  जीत बनेर आउँछु|
,
म जसरी आए पनी मलाई चिन्छौ नी हैन?

नचिनेमा त्यो आँखाको भुल हुने छ
गोधुलिमा हराउँने धुल हुने छ
मुटु बिच गाडिएको सुल हुने छ
निमोठेर फालिएको फूल हुने छ |
,
नचिनेमा मेरो प्रेम  लात  हुनेछ
पुर्णिमामा ग्रहण लागी घात हुनेछ
भिरपाखा रंग्याउदै गुरास झैँ फुले पनि
तिम्रा लागी ओइलिएको पात हुनेछ
तिम्रा लागी ओइलिएको पात हुनेछ.....!

कविता ~भावनाको मनखेत भित्र

भावनाको मनखेत भित्र

रहरका बेर्नाहरुलाई
फूल रुपी जीबन दिन  
कलम रुपी  हलोले
कहिले  जोत्दै 
कहिले  सम्याउँदै
निरन्तर लागी रहेछु।* 
यो प्यासी  मन
नत अघाउँन सक्छ
नत सन्तुस्टी हुँन  सक्छ  
विगत देखी वर्तमान सम्म*
स्वप्न * गगनमा
सपनाको ताज महल चुल्याउदै
भन्न सकुं 
कि * म सन्तुस्ट * छु

म 
निथ्रुक्क चाहानाले भिजेको हेर्न चाहने
तिम्रा लालाइत लोभी नजर
अब उप्रान्त
गिद्धे  दृष्टि फ्याँक्दै   नभौँतारिनु *
सहानुभूतीको बहानामा,  
भविष्यको गोरेटोमा
पाखा भरी सुनखरी भै फुलेर
सुनौला मनहरुमा रमाउदै,  
चुहिएका
परेली ओठहरुमा
सन्तोष र विजयी मुस्कुराहट बोकी 
भन्न सकु
म पूर्ण छु! सन्तुष्ट छु!!

कल्पना 'भावुक'
काठमाडौँ
हाल इजरायल 

हिटलर को जन्म

कविता
हिटलर को जन्म

पर्खाइको लामो अन्तराल पछी
मुर्झाएका मेरा प्रतेक चाहनाहरु
तिम्रो सामु परेपछी
तिम्रो एक मुस्कान सँगै
अनि लजालु पन सँगै
सुगन्ध छर्दै
जुरुक्क उठ्नेछन्!
जब तिमीले
बाहु पासमा बाधेर
एक चुम्बन दिनेछौ
काउकुतिका रेखाहरु सल्बलाउदै
बिधुतिय  तरंग  सँगै
उर्जा थपेर
भौतारिनेछन् मेरा नजर
तिम्रा कामुक अंग तिर!
अनी
लामो सुस्केरा सँगै
चाहनालाइ प्रस्फुटन गर्दै
सयन कक्ष तिर
लम्कदै
इसारामै बोलिनेछन्
सारा मनका कुण्ठाहरु
पोखिने छन्
बिछ्यौना भरी रहर बनेर!
असंतुस्टि
दुइ आत्माहरु
अतृप्त प्यास मेट्दै
तृप्त नहुन्जेल
चलिरहने छ
त्यो प्रक्रिया
तिमी र म बिच
न त त्याहा
कसैको बिघ्न हुने छ
न कसैको बिरोध नै |
तिमी
अनि म,
सुनसान त्यो रात
यौबनले खारिएको
रात
यौबनको नसामा 
चुर्लुम्म
डुबेको रात
दुइ आत्मीय पात्र बिच
एक 
घमासान युद्द चल्ने छ,
र 
केहि क्षणमा
मेरो गर्भ भित्र
एउटा 
जिबित आत्माको प्रवेश हुने छ
अनि बिस्तारै 
ऊ बढ्दै जानेछ!
जब ऊ पूर्ण हुन्छ
जन्मने छ यो धर्तीमा 
हिटलर  बनेर
अनि मासिने छन्
सबैका कर्तुतहरु  
अनि पेलिनेछन्
तिनीहरु  सँगै
तिनका तानसाही बिचारहरु  
मनुस्य  रुपी मखुण्डो सँगै
ध्वस्त हुने छन्
निसाचारहरु!
र जन्म हुनेछ 
स्वतन्त्र  बिचारको
उच्च बिचारको
नया नेपालको
बस नया नेपालको ! 

कल्पना भाबुक
काठमाडौँ
हाल इजरायल !