Social Icons

कविता


मेरो शिर चुम्दै गर्दा 
स्वर्गानुभुती गर्दै 
खुशी छचल्किएका आँखाहरुले
तिम्रो सामिप्यताको 
महसुश गर्थें  म |
,
क्रुर राक्षसी 
बचनबाणी बर्सिएर    
अन्तर हृदयका  कन्दराहरुमा 
जथाभाबी रजाईं गर्दा 
पटक पटक धैर्यताको 
आभास गर्थें म |
,
तिम्रो अनुपस्थितिमा
प्रतिबिम्बित बनि 
मन संग र आफै संग 
बारम्बार आलोचित हुनु पर्दा 
नैरास्यताले  बिघ्न हुँदै 
लालची आँखाहरुमा  
अवाक्क हुन्थें म|
,
तर.... 
म बाध्य बनिरहें
तिम्रा हिंस्रक हर्कत  संग
अन्तस्करणमा उब्जिएका
ब्याकुल  परिस्थिती  हरुको 
सामना गर्दै  जाँदा 
जीबन
आधा  मरिसकेको हुन्थ्यो |
जिउँदो लास अघि 
रहरको कोशी बनेर  
जब पिपासु  नजर  तेर्सिन्थे 

ग्लास भरी   नशा बनेर भरिन्थे 
तिमी खुसिको चरम सिमामा पुगेर 
अहंकारले गर्जिंन्थ्यौ...गौरब गर्दै
बिजई घोसणा गर्‍थ्यौ  |
अब सुन
यो मेरो रहर थिएँन
परिस्थितिले अन्मरिएको
क्षणिक तृष्णा थियो त्यो |
चाँडै  नै 
मेरो बिवसतामा नाचेका तिम्रा धुसुरे औंलाहरु
अब रछ्यानका टोकरिमा समाहित हुनेछन 
लालचमा कामुक भइ भौंतारिने
तिम्रा आंगिक पुर्जाहरु 
एक इस्थुल अपाइज भै बांगिने छन 
तिम्रो बिवस परिस्थिती  मा 
चारैतिर बाट कोलाहल मच्चाउदै 
ट्वार्र ट्वार्र ट्वार्र  आवाजहरुमा
तिम्रो परिचय गुन्जिने छ 
तिमी निरास भएको हेर्न
मेरा निर्मल आँखाहरु 
समयको पर्खाइमा 
आतुर छन.....!!! 
,
कल्पना भावुक 

धुसुरे  हातहरुले 

इजरायल 

No comments:

Post a Comment