Social Icons

गजल ९३ ~यौबनको बाग चरेर जान्छ्यौकी?


गजल~~~~
मनको पाना खाली छ केहि  भरेर जान्छौकी !
बिस्वासको पात्र सहिछाप पनि गरेर जान्छौकी!
,
मायाको अर्थ आँशुमा हुन्छ पीडामा जिन्दगी 
हाँसेर बाच्न प्रीतीको सागर तरेर जान्छौकी !
,
भिरमा फुल्छन् सुनगाभा,गुराँस,पैयू र बुकी फूल 
प्रकृति चुम्न भिरको बाटो  चढेर जान्छौकी !
,
छेक्दिन जाऊ  कामना गर्छु विजय तिम्रै होस् 
लक्ष्यमा पुग्न कठोरता संगै  सरेर जान्छौकी
,
कल्पना  भित्र  डुबेर  मैले  ह्रदय  सुम्पिएँ 
यो तृष्णा मेट्न यौवनको बाग चरेर जान्छौकी!
,
कल्पना भावुक 
इजराएल 

No comments:

Post a Comment