Social Icons

गजल~९४ बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ ! ,


भालेको  डाकमा उठेर किसान हलोजुवा  समाउँछ !
पटुकी बाधी आशाको मुस्कान ओठमा थमाऊछ !
,
रुँगेर  बस्छ  आलिका डिलमा भोक  र तिर्खालाई 
चौरासी ब्यन्जन माग्दैन उसले गुन्द्रुकमै  रमाउँछ !
,
फुटाइ बाँझो सम्याई आली हिल्याउछ खेतलाई 
भरेर  मानो  पाँजा  बटुल्न  ऊ  बिउ  जमाउँछ !
,
छरेर मानो  मुरी  उब्जाउने  सुन्दर छ  सपना 
उराठ  लाग्दा  ति  फाट्बारी  हरियो  बनाउँछ !
,
माटोमै फुल्छ माटोमै फल्छ  झर्दछ  माटोमै 
पुजेर धर्ति  रमाउदै  टिका माटोकै  लगाउँछ !
,
बाल र बृदा आफन्त जन सबैलाई  हसाउँदै 
बर्षदिन पुग्ने सुखको मानो बलैले कमाउँछ !
,
कल्पना भावुक
काठमाडौँ
हाल इजरायल 
६/२७ /२०१२ 

गजल~ किसान 

No comments:

Post a Comment