Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts
गीत ~22 एकैनास बगे हुन्थ्यो पिरतिको खोला !
गीत ~
एकैनास बगे हुन्थ्यो पिरतिको खोला !
भेल बाढि चल्न थाले भेट होला न होला!
.
आँखाभरि सजाउँछु, मुटुभित्र साँच्छु
अधेरीमा पर्न दिन्न, जून संगै राख्छु
यस्ता कसम नखाएनी, प्रेम अमर होला
एकैनास बगे हुन्थ्यो, पिरतीको खोला !
.
पारीजात नहोस बरु, नहोस सुनाखरी
आँसु हाँसो मिसिएर, रहोस सधैं भरि
दुख सुख बाँच्न पाए, कस्तो हुन्थ्यो होला
एकैनास बगे हुन्थ्यो पिरतिको खोला !
कल्पना भावुक
गीत ~21 कस्तो होला सम्झनाको भारि बिसाउँदा
गीत
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुशी सिरानीमा माया मिसाउँदा !
.
रहरहरु लाजाउलान नजर थोरै झुक्ला
चाहनाको होडबाजीमा बोलि थोरै रुक्ला
मैले थोरै घुर्क्याउँदा तिमी रिसाउँदा
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुसी सिरानीमा माया मिसाउँदा !
.
पिरतिका आभाहरु मुहारमा पार्दै
अंगालोमा खुशी पोखि हर्ष आँसु झार्दै
पोखिएका आँसु माथि चुम्बन मिसाउँदा
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कल्पना भावुक
गीत 20 ~जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
गीत ~~
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
भाचिनु'नि पर्छ जीबन टुट्नु पनि पर्छ
हास्नु पनि पर्छ जीबन दुख्नु पनि पर्छ
सुनौला ति सपनालाई कसले छेक्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
सबै सपना बालुवाको घर मात्र हुन्नन्
आँसु जति झारेपनि तिनले दुख धुन्नन
सहज बाटो मात्र यहाँ कस्ले टेक्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
कल्पना गिरी 'भावुक'
इजरायल
फूल भित्र खोजेँ अनि
फूल भित्र खोजेँ अनि पात माथी खोजेँ मैले
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
माया दिने मन होरे मन'त सफा हुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
भावनामा किन बेर्थई बहकिनु सोचें मैले
नभेटेर लहरमा उही किनार रोजें मैले !
नभेटेर लहरमा उही किनार रोजें मैले !
दोबाटोको यात्री हुँ म एक्लै यात्रा गरिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
अँधेरीमै रम्ने सधै जिन्दगानी सोचे मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
कल्पना भावुक
गीत १९ कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
गीत
कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !पानी पनि रून थाल्छ बादल हुन पुग्दा
फेरी उस्तै खुशी हुन्छ धर्ति छुन पुग्दा
किन गर्नु जिन्दगीमा संधै आनाकानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
सुकिजाने शित पनि हाँस्छ फूल छुँदा
बगर पनि सुसाउँछ खोला नदि हुँदा
एकपल्टको जिन्दगी हो गरौँ मनोमानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
कल्पना भावुक इजरायल
गीत १८ दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन? .
गीत
झर्दा आँशु पुछिदिने टाढा हुन्छ किन ?
दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन?
.
आँखा चिम्ली यादगर्छु समिपमा हुन्छौ
नयन बाट कोशी बग्दा हत्केलाले चुम्छौ
एक्लै हुँदा मनको फूल काँडा हुन्छ किन
दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन ?
.
सपनाका सुनाखरी शित बनि झर्छन
गरिबीको पर्खाल लाग्छ नफक्रिदै मर्छन
मिलनमा नियती नै बाधा हुन्छ किन
दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन ?
.
कल्पना भावुक
गीत ~17 डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
गीत
डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
माया बस्ने मुटु भित्र ढुंगा पसे जस्तो लाग्यो
,
तलाउ झैँ नयन् हुँदा संसार डुब्या देख्न थालें
मुटु हलचल हुन्थ्यो जब बाहिर आँधी छेक्न थालेँ
घाम लुक्दा बादल भित्र सासै रुके जस्तो लाग्यो
भासिदैथे मेरा पाइला मुटु दुखे जस्तो लाग्यो
,
डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
माया बस्ने मुटु भित्र ढुंगा पसे जस्तो लाग्यो
,
नत रुके मेरा पाइला नत झुके नजर तिम्रा
मेरो कमि किन हुन्थ्यो म जस्ता त हजार तिम्रा
झरनाको साथ पनि मन सधै प्यासी लाग्यो
मन्दिरको प्रसाद थिएँ तिम्रा लागि बासि लाग्यो !
गीत ~16 लुक्दछ यो हाँसो ~
गीत~प्रबासमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
~
प्रबासमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु !
~
गोधुली साँझमा चरीको चिर्बिर बाँसुरी बजाउँकी
झरेका आँशु चिठ्ठीमा हाली कोशेली पठाउँकी
के गर्दै हौली साँझ र बिहान बढ्दैछ झन चासो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु
~
रातको निन्द्रा दिनको भोक कसैको पेवा भो
प्रबासी हुँदा यो मेरो जिबन अर्कैलाई सेवा भो
जिउँदै छु लाग्छ चिमोट्दा पनि दुख्दैन यो मासु
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु
~
प्रबाशमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन यि आँशु !
~
कल्पना भावुक
काठमाडौँ
गीत 15 धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके|
,
दिन बिथ्यो सम्झनामा पर्खाइमा रात ढल्थ्यो
एक्लै हुँदा जिन्दगीमा हुरी बतास संधै चल्थ्यो
चुटे पछी असिनाले रहरको फूल झारी सके
दुखे पछी मुटु माझ मैले इछ्या मारी सके |
,
रुप थियो बैश थियो रहर फुल्ने बाग थियो
अंगालोको चाह थियो प्रणयको राग थियो
टुटे पछी सारा सोप्ना मैले बस्ति सारी सके
फुटे पछी मनको बाध मैले जिउन छाडि सके |
,
धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके|
,
कल्पना भावुक
रचना,६ /२५/२०१२
गीत 14 छाडि नजानु है !
गीत ~~~ छाडि नजानु है !
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
,
रगत बग्ने मुटु भित्र माया कता खोजौं
तिमी सँगै मन मिल्यो अरु कसलाई रोजौं
निस्ठुरी भई यात्रा मोड्ने कसम नखानु है
नियतिको चाल उस्तो दोषी नठान्नु है
,
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
,
जून जस्तै शितलु म हुन नसकेनी
दुखेको त्यो अतितलाई धुन नसकेनी
खोली दिनु मन तिम्रो भित्र नबान्नु है
कोसिस गर्छु आँशु पुछ्ने दुख नमान्नु है
,
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
कल्पना भावुक
काठमाडौँ
गीत
तीजका गीत ( पुरुष गायन )
by बिष्णु पौडेल
महिला साथि हरुले अप्ठेरो नमान्नु होला मंरोरंजन मात्रै हो हो
तिजको रमाइलो हाहा
१ ..बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
२ .हामि पनि गाँउछौ अब सुन नारि तिम्रा गित !
तिम्रै खेदो नखनि त मरेननि धित !
३ .रुखो बोले भनि फेरी नभिजाए नयन !
अब तिम्रा चर्तिकला गर्छौ बयान !
४ मान्न छाडेउ रिति रिबाज पुराना ति संस्कृति !
नाङ्गै हिड्न थालेका छौ ल्याएउ बिकृति !
५ पुष माघमा मीनी स्कट के को हुन्थ्यो साडी झै !
बाङ्गा बाङ्गा खुट्टा बनाई लैना पाडी झै !
६ घरमा बुढो साचि राखि साथमा केटो लिएर !
खाका छौ भो लुकि लुकि रक्सी बियर !
७ घर देखि माईति सम्म फाटो ल्याउछौ कुरा लाई !
तिजमा उल्टा गित गाँउछौ साडि चुरा लाई !
८ नबारिमा धिरौला नत घरको सिरौला !
सक्छउ सबै हुन्छ हाम्लाई कहीले फीरौला !
९ दुई चार पैसा कमाउनिले भुईमा खुट्टा टेक्दैनौ !
त्यति भएसि अरुलाईत मान्छे देख्दैनौ !
तिजको रमाइलो हाहा
१ ..बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
२ .हामि पनि गाँउछौ अब सुन नारि तिम्रा गित !
तिम्रै खेदो नखनि त मरेननि धित !
३ .रुखो बोले भनि फेरी नभिजाए नयन !
अब तिम्रा चर्तिकला गर्छौ बयान !
४ मान्न छाडेउ रिति रिबाज पुराना ति संस्कृति !
नाङ्गै हिड्न थालेका छौ ल्याएउ बिकृति !
५ पुष माघमा मीनी स्कट के को हुन्थ्यो साडी झै !
बाङ्गा बाङ्गा खुट्टा बनाई लैना पाडी झै !
६ घरमा बुढो साचि राखि साथमा केटो लिएर !
खाका छौ भो लुकि लुकि रक्सी बियर !
७ घर देखि माईति सम्म फाटो ल्याउछौ कुरा लाई !
तिजमा उल्टा गित गाँउछौ साडि चुरा लाई !
८ नबारिमा धिरौला नत घरको सिरौला !
सक्छउ सबै हुन्छ हाम्लाई कहीले फीरौला !
९ दुई चार पैसा कमाउनिले भुईमा खुट्टा टेक्दैनौ !
त्यति भएसि अरुलाईत मान्छे देख्दैनौ !
गीत;.मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
गीत;.
मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
राखी दिन्छु गुनासोका खात माथि खातहरु
हिमचुली झैँ चिसा भए कयौं मेरो रातहरु
प्यास लाग्दा आँशु पिउँथें तिम्रो माया मिसाउदै
प्राण धान्न टोक्दै हिंडे जंगलका पातहरु
~~
पाईला मेरा गली सके तिमी यतै धाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
निर्दयी छन् सबै यहाँ ममताको नाउँ छैन
दुखेको छ अंग अंग हेर्दा कतै घाउ छैन
तिमी बस्ने आँखा मात्रै सकुसल बाचेको छ
जहाँ हेर्छु तिमी मात्रै खाली कुनै ठाउँ छैन
~~
धेरै मिलोस् खुशी तिम्लाई सधैँ सुख पाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल,इजराएल
मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
राखी दिन्छु गुनासोका खात माथि खातहरु
हिमचुली झैँ चिसा भए कयौं मेरो रातहरु
प्यास लाग्दा आँशु पिउँथें तिम्रो माया मिसाउदै
प्राण धान्न टोक्दै हिंडे जंगलका पातहरु
~~
पाईला मेरा गली सके तिमी यतै धाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
निर्दयी छन् सबै यहाँ ममताको नाउँ छैन
दुखेको छ अंग अंग हेर्दा कतै घाउ छैन
तिमी बस्ने आँखा मात्रै सकुसल बाचेको छ
जहाँ हेर्छु तिमी मात्रै खाली कुनै ठाउँ छैन
~~
धेरै मिलोस् खुशी तिम्लाई सधैँ सुख पाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल,इजराएल
गीत;आएनौ तिमी जीवनमा फर्केर।
गीत
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
अँधेरी रातको एकान्त पनले तिम्रो याद दिलाउँछ
लाग्दामा तिर्खा यो प्यास मेट्न यै आसुँ पिलाउँछ
बल्दछ आगो पोलेर मुटु फुट्ने भो चर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
आकाश माथि परेवी उड्छे पखेटा फिजाउँदै
बित्ने भो जोवन कल्पेर बस्दा परेली भिजाउँदै
भोलिको दिन सम्झेर ल्याउदा मन रुन्छ धर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
कल्पना भाबुक
काठमाडौं
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
अँधेरी रातको एकान्त पनले तिम्रो याद दिलाउँछ
लाग्दामा तिर्खा यो प्यास मेट्न यै आसुँ पिलाउँछ
बल्दछ आगो पोलेर मुटु फुट्ने भो चर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
आकाश माथि परेवी उड्छे पखेटा फिजाउँदै
बित्ने भो जोवन कल्पेर बस्दा परेली भिजाउँदै
भोलिको दिन सम्झेर ल्याउदा मन रुन्छ धर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
कल्पना भाबुक
काठमाडौं
गीत
गीत
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
कल्पना भाबुक
इजरायल
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
कल्पना भाबुक
इजरायल
गीत
खोलेको थिएँ हृदय मेरो तिमीले लुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ।
~~
जुन तारा बनी बसौंला भनी खुशीले टोलाउँथें
पर्देशी मायाँ भएनी तिम्लाई निदमै बोलाउँथें
दुख्यो कि मन बिछोड हुँदा किन शिर झुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ ।
~~
खोजेको थियो तनले साथ पिरती मनले
गरीब थिएँ छेकेछ बाटो त्यो तिम्रो धनले
बगेको थियो नदी झैं मन कसरी रुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ
~~
कल्पना भाबुक
रचना ; २८/२/२०६८
गीत~~~~भित्रीमन कस्तो छ
अँधेरी खोलाको उजेली ढुङ्गा दर्पण जस्तो छ ।
बाहिरी मन हेर्दा भगवान जस्तो,भित्रीमन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कास्मिरी सुट त्यो मुनी बुट हातमा घडी छ ।
गलाको टाइले सुहाउने उस्तै चार कुने बडी छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कालो छ कपाल ,सल्सले केस सिउँदो छ फाटेको ।
नसालु आँखा मिलेका दन्त किन हो हासेकों ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
नहेर मलाइ परेली सन्काइ मनमुग्द भेसमा ।
नघुमाउ नजर नगर लोभ पराइको देशमा ।।
~~~~~~~~~~~~~~~~~~~~~~~
अँधेरी खोलाको उजेली ढुङ्गा दर्पण जस्तो छ ।
बाहिरी मन हेर्दा भगवान जस्तो भित्री मन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पमना गिरी (भाबुक)
काठमाडौँ
हाल इजराएल
बाहिरी मन हेर्दा भगवान जस्तो,भित्रीमन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कास्मिरी सुट त्यो मुनी बुट हातमा घडी छ ।
गलाको टाइले सुहाउने उस्तै चार कुने बडी छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कालो छ कपाल ,सल्सले केस सिउँदो छ फाटेको ।
नसालु आँखा मिलेका दन्त किन हो हासेकों ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
नहेर मलाइ परेली सन्काइ मनमुग्द भेसमा ।
नघुमाउ नजर नगर लोभ पराइको देशमा ।।
~~~~~~~~~~~~~~~~~~~~~~~
अँधेरी खोलाको उजेली ढुङ्गा दर्पण जस्तो छ ।
बाहिरी मन हेर्दा भगवान जस्तो भित्री मन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पमना गिरी (भाबुक)
काठमाडौँ
हाल इजराएल
गीत ~~~ देश
झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर
स्वर्ग जस्तो देश छाडि हिडे सम्मान लुटाउन
संघर्स हो जीवन भन्दै थाले दु;ख फुटाउन
जान्न अब बस्छु आफ्नै देशको माया गरी
पराईको आँखा अघि हुन्न अब कठैबरी
झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर
हलो कुटो कोदालोमा किसान बनि रम्न सकु
गरिबीमा पेट भर्ने अन्न बनि झर्न सकु
माया गर्दै बस्छु अब फुलाउदै अफ्नो छाती
सगरमाथा देश भनि गर्व गर्छु आफै माथि
झुपडीमै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर
कल्पना गिरी भाबुक
काठमाडौँ
हाल इस्राएल
पसिनाको बुद रोप्छु देशको माटो समाएर
स्वर्ग जस्तो देश छाडि हिडे सम्मान लुटाउन
संघर्स हो जीवन भन्दै थाले दु;ख फुटाउन
जान्न अब बस्छु आफ्नै देशको माया गरी
पराईको आँखा अघि हुन्न अब कठैबरी
झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर
हलो कुटो कोदालोमा किसान बनि रम्न सकु
गरिबीमा पेट भर्ने अन्न बनि झर्न सकु
माया गर्दै बस्छु अब फुलाउदै अफ्नो छाती
सगरमाथा देश भनि गर्व गर्छु आफै माथि
झुपडीमै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर
कल्पना गिरी भाबुक
काठमाडौँ
हाल इस्राएल
गीत: बिबस्ताले बनाइ दियो तिमी सङ्ग टाढा
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा.........
ढुक्ढुकिमा बसेउ तिमी, मुटु मेरो थियो
दुई आत्माको एउटै सरीर, ईश्वरले दियो
चुँडाइ दिउँकी यो मुटुलाइ, बिर्सिएर जिउँन
फाटेको मन कहिलेइ पनी, सकिन भो सिउन
बिबस्ता ले बनाइ दियो, तिमी सङ्ग टाढा..........
भोक तिर्खा चैन छैन, निन्द्रा छैन साथमा
किन पायेँ यो जवानी, एक्लै हुन्छु रातमा
भेट्न जाउँत साहुको ॠणले, बाटो छेक्ने होकी
नजाउँ भने सुस्त सुस्त, माया घट्ने होकी
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले..............
आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा.........
ढुक्ढुकिमा बसेउ तिमी, मुटु मेरो थियो
दुई आत्माको एउटै सरीर, ईश्वरले दियो
चुँडाइ दिउँकी यो मुटुलाइ, बिर्सिएर जिउँन
फाटेको मन कहिलेइ पनी, सकिन भो सिउन
बिबस्ता ले बनाइ दियो, तिमी सङ्ग टाढा..........
भोक तिर्खा चैन छैन, निन्द्रा छैन साथमा
किन पायेँ यो जवानी, एक्लै हुन्छु रातमा
भेट्न जाउँत साहुको ॠणले, बाटो छेक्ने होकी
नजाउँ भने सुस्त सुस्त, माया घट्ने होकी
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले..............
गीत:मेरो माँया गइसकेछ क्षितिजमा लुक्न
मेरो माँया गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मृगतृष्णा जस्तो भयो अब तिम्रो मायाँ
बाचा टुट्यो भइदिने एक अर्काको छायाँ
भित्र भित्रै मन पनि थाल्यो अब दुख्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
बस्नु पर्यो आज यहाँ चाहानालाई बाँधि
हरपल मनमा चलाएर बिरहको आँधी
लक्ष्य बिहिन जीवनयात्रा थाल्यो अब रुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मृगतृष्णा जस्तो भयो अब तिम्रो मायाँ
बाचा टुट्यो भइदिने एक अर्काको छायाँ
भित्र भित्रै मन पनि थाल्यो अब दुख्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
बस्नु पर्यो आज यहाँ चाहानालाई बाँधि
हरपल मनमा चलाएर बिरहको आँधी
लक्ष्य बिहिन जीवनयात्रा थाल्यो अब रुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न
गीत:गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
निर्मोहिले डाहा गरि सजाय पो दियोकी,,
जिबन भरी रुवाउने संकल्प पो थियोकी,,
मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
मेरो जिबन लिलामभयो खबर तिम्रो बताऊ है,,
भेट कहिलेई नभएनी सपनीमा आउ है ,,
तिम्रो निम्ति सुम्पे मेरा सबै हार जित हरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
कल्पना गिरी भाबुक
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
निर्मोहिले डाहा गरि सजाय पो दियोकी,,
जिबन भरी रुवाउने संकल्प पो थियोकी,,
मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
मेरो जिबन लिलामभयो खबर तिम्रो बताऊ है,,
भेट कहिलेई नभएनी सपनीमा आउ है ,,
तिम्रो निम्ति सुम्पे मेरा सबै हार जित हरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll
कल्पना गिरी भाबुक
Subscribe to:
Comments (Atom)



