Social Icons

गीत;.मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है

गीत;.

मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
राखी दिन्छु गुनासोका खात माथि खातहरु
हिमचुली झैँ चिसा भए कयौं मेरो रातहरु
प्यास लाग्दा आँशु पिउँथें तिम्रो माया मिसाउदै
प्राण धान्न टोक्दै हिंडे जंगलका पातहरु
~~
पाईला मेरा गली सके तिमी यतै धाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
निर्दयी छन् सबै यहाँ ममताको नाउँ छैन
दुखेको छ अंग अंग हेर्दा कतै घाउ छैन
तिमी बस्ने आँखा मात्रै सकुसल बाचेको छ
जहाँ हेर्छु तिमी मात्रै खाली कुनै ठाउँ छैन
~~
धेरै मिलोस् खुशी तिम्लाई सधैँ सुख पाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल,इजराएल

No comments:

Post a Comment