Social Icons

गजल ५१ सुस्त सुस्त आउँछु भन्थें

गजल
**
सुस्त सुस्त आउँछु भन्थें तर म त छिटो भैछु
भित्री मिठास भरिएको करेली झैं तितो भैछु।
**
भेल सरी तिम्रो मायाँ सम्हाल्न लाई गाह्रो हुदाँ
सग्लो सितो बन्छु भन्दा पाक्दा पाक्दै लिटो भैछु।
**
जव सुन्छु तिम्रो बोली बढ्न थाल्छ मनमा मायाँ
दुई दिनको बिछोडमा ज्यान सुकेर सिठो भैछु ।
**
जिजिबिसा घट्दै जाँदा चिन्ता झनै बढ्दै थियो
तिम्रो समिप परे पछी अल्लारे त्यो ठिटो भैछु।
**
मख्ख पार्दै बोल्यौ अनी खोली दियौ मनको ढोका
लिटो पिठो जे भएनी तिम्रो लागि मिठो भैछु।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

No comments:

Post a Comment