Social Icons

गजल ५७ भाइटीकामा

गजल
भाइटीकामा आउँन पाइन दोधारमा परी सम्झ
नफक्रिने फूल थिइ हाँगा बाट झरि सम्झ ।
*
म पनि त निस्ठुरी हुँ उसको मात्र दोष हैन
भनी मन बुझाउँदै सात समुन्द्र तरी सम्झ ।
*
एउटै रगत थियो हाम्रो चिन्न गल्ति गरेपछी
चेली माइती बिचको नाता छुटाराम गरी सम्झ ।
*
मखमलि फूल फुल्दा आँगनीमा भैली डुल्दा
प्रदेशमा आँशु खसाई अन्जुलिमा भरी सम्झ ।
*
सयौं जुनि बाँच तिमी आशिर्बाद दिएँ मैले
भार थिइ यो धर्तिको अर्कै लोक सरी सम्झ ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५६ साली हुनु अर्कै मज्जा ।

गजल:-
मायाँ गरी बोलाए त काली हुनु अर्कै मज्जा
एकलौटी भिनाजुकी साली हुनु अर्कै मज्जा ।
*
कष्टकर जीवन मात्र साथ लागि दिन्छ भने
जीवन सुलभ बनाउन जाली हुनु अर्कै मज्जा ।
*
नजर जुधाई वरिपरी बासनाले सुम्सुम्याउँदा
मायालु ओठ रंग्याउने लाली हुनु अर्कै मज्जा ।
*
हर क्षण हर मौसम खेतै भरी झुलिदिँदै
गरिबको पेट भर्ने बालि हुनु अर्कै मज्जा ।
*
भावनालाई पस्किएर सुन्दर रुप दिन सके
साहित्यिक माहोलको ताली हुनु अर्कै मज्जा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५५ खै फुलेको जिन्दगीमा

गजल
*
आश लाग्दो फूल बनी खै फुलेको जिन्दगीमा
मन पर्ने बाग बनी खै झुलेको जिन्दगीमा ।
*
स्वास फेर्नै गाह्रो भइ धड्कनले बोलाउँदा
सितल शान्त पवन बनी खै डुलेको जिन्दगीमा।
*
चट्टान झैँ कठोर बनी लत छाडी आइदिँदा
मायाँ अनी सदभावले खै चुलेको जिन्दगीमा ।
*
जिबन यो कैले सम्म प्रतिक्षामा राखौ मैले
खुल्ला निलो गगन सरी खै खुलेको जिन्दगीमा।
*
दुनियाँको आँखा सामु अंगालोमा बाँधिएर
प्रित बस्ने रंग संगै खै घुलेको जिन्दगीमा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५४ दशैँ

गरिबको छाप्रो भित्र खै कसरी आउँछ दशैँ
दुख माथि आँशु थप्दै खै कसरी छाउँछ दशैँ
~
सन्तान भए परदेशी बा आमाको काख सुन्य
धुरु धुरु रुवाएर आँशु पिउँन लाउछ दशैँ
~
खशी बोका काटी काटी रमाउदै आगनीमा
माल्सिरिको धुन सँगै कस्तो गीत गाउँछ दशैँ
~
बर्सै पिच्छे चाडबाड हुनेलाई त स्वर्ग होला
गरिबको मुटु च्यात्न फेरी किन धाउँछ दशैँ
~
कल्पना गिरी (भाबुक)
काठमाडौं
हाल इजराएल

गजल ५३ बाबा आमा यो तीजमा

गजल
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
प्रबासमा आसुँ झारी दु:ख पीडा धुँदैछु म
दिदी बैनी संगै बसी खान पाइन नरुनु है ।
~~~
आँगनिमा साथी संगी नाँच्दै होलान रमाएर
गाउँ घर सम्झिएर गीत गाइन नरुनु है ।
~~~
दाजु लिन आए बरै मन खिन्न पार्नु होला
भनी दिनु यो चेलीले खुशी छाइन नरुनु है ।
~~~
बाँचे भने अर्को साल फर्की आउँछु खुशी लिई
सम्झनाले खायो मुटु कतै धाइन नरुनु है ।
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५२ सानु

गजल
~
मेरो निम्ति थोरै ठाउँ साँची देउन सानु
प्रियसीको मायाँ संझी बाँची देउन सानु।
~
पठाए'थें कोसेली त्यो स्विकार गर्छौ भनी
दोबाटोमा फेरियोकी जाँची देउन सानु।
~
संझनाले घोच्यो मुटु गाह्रो भयो बाँच्न
हाम्रो मायाँ छेक्ने बार भाँची देउन सानु ।
~
बर्सौं पछि भेट हुँदा मुस्कानले बेरी
खुशी भई उन्मादले नाँची देउन सानु ।
~
कल्पना गिरी
काठमाडौं
हाल; इजरायल