Social Icons

गजल ५६ साली हुनु अर्कै मज्जा ।

गजल:-
मायाँ गरी बोलाए त काली हुनु अर्कै मज्जा
एकलौटी भिनाजुकी साली हुनु अर्कै मज्जा ।
*
कष्टकर जीवन मात्र साथ लागि दिन्छ भने
जीवन सुलभ बनाउन जाली हुनु अर्कै मज्जा ।
*
नजर जुधाई वरिपरी बासनाले सुम्सुम्याउँदा
मायालु ओठ रंग्याउने लाली हुनु अर्कै मज्जा ।
*
हर क्षण हर मौसम खेतै भरी झुलिदिँदै
गरिबको पेट भर्ने बालि हुनु अर्कै मज्जा ।
*
भावनालाई पस्किएर सुन्दर रुप दिन सके
साहित्यिक माहोलको ताली हुनु अर्कै मज्जा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

No comments:

Post a Comment