Social Icons

गजल ५३ बाबा आमा यो तीजमा

गजल
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
प्रबासमा आसुँ झारी दु:ख पीडा धुँदैछु म
दिदी बैनी संगै बसी खान पाइन नरुनु है ।
~~~
आँगनिमा साथी संगी नाँच्दै होलान रमाएर
गाउँ घर सम्झिएर गीत गाइन नरुनु है ।
~~~
दाजु लिन आए बरै मन खिन्न पार्नु होला
भनी दिनु यो चेलीले खुशी छाइन नरुनु है ।
~~~
बाँचे भने अर्को साल फर्की आउँछु खुशी लिई
सम्झनाले खायो मुटु कतै धाइन नरुनु है ।
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

No comments:

Post a Comment