Social Icons

फूल भित्र खोजेँ अनि

फूल भित्र  खोजेँ अनि  पात माथी  खोजेँ मैले
नभेटेर  सुवास त्यो  उही काँडा  रोजे मैले !
माया दिने  मन होरे  मन'त सफा  हुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
भावनामा  किन बेर्थई  बहकिनु  सोचें मैले
नभेटेर लहरमा  उही किनार  रोजें मैले !
दोबाटोको  यात्री हुँ म  एक्लै यात्रा  गरिदिन्छु
ढुंगा माटो  साथी मेरा  उसकै भर  परिदिन्छु
अँधेरीमै  रम्ने सधै  जिन्दगानी  सोचे मैले
तारालाई  पन्साएर  जूनकीरी नै  रोजें मैले
कल्पना भावुक 

No comments:

Post a Comment