Social Icons

गीत 15 धेरै दशक जिन्दगीको एक्लैएक्लै टारी सके,


धेरै दशक जिन्दगीको एक्लैएक्लै  टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके| 
,
दिन बिथ्यो सम्झनामा पर्खाइमा रात ढल्थ्यो 
एक्लै हुँदा जिन्दगीमा हुरी बतास संधै चल्थ्यो 
चुटे पछी असिनाले रहरको फूल झारी सके 
दुखे पछी मुटु माझ  मैले इछ्या मारी सके | 
,
रुप थियो बैश थियो रहर फुल्ने  बाग थियो 
अंगालोको चाह थियो  प्रणयको राग थियो 
टुटे पछी सारा सोप्ना मैले  बस्ति सारी सके 
फुटे पछी मनको बाध मैले जिउन छाडि सके |
,
धेरै दशक जिन्दगीको एक्लैएक्लै  टारी सके,
फर्की नआऊ हे निस्ठुरी मैले बाटो बारी सके| 
,
कल्पना भावुक
रचना,६ /२५/२०१२ 


No comments:

Post a Comment