Social Icons

गजल ९२ ~एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!

गजल ~~
एउटै व्यथा चर्केको छ दुइ मुटुमा हेर!
त्यसैलेत फुर्छन् यस्ता गजलका शेर!
,
न लोभिनु  दायाँ बाँया सुन्दर फूल देख्दा 
संधैलाइ   बसेकी छु  तिम्रो  मुटु'नेर!
,
नियतिको खेल माथि दैबले हात राखुन
भेट नहुँदै हाम्रो बाचा नजाओस है खेर!
,
हुरी बतास चल्न सक्छ टुट्न सक्छ बन्धन 
प्रेमदीप  जोगाइ  राख्नु  तेल थपी धेर !
,
कल्पनाको यादमा दुबी चर्किएला मुटु 
मन बुझाउन  मेरो  तस्बिर अंगालोमा बेर !
,
कल्पना भावुक 
इजराएल 

No comments:

Post a Comment