Social Icons

गजल=मात लाग्छ (१८)

लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेउ लाग्नैपरे बात लाग्छ

कुनै बेला आँखाबाट तिमी ओझेल परिदिँदा
दिन पनि मेरालागी औँशी जस्तै रात लाग्छ

घुम्टोओढी हिडतिमी खाली सिउँदो देखेपछी
तिम्रो निम्ति मर्छुभन्दै फेरि याहाँ ताँत लाग्छ

पछ्यौरीले मुखछोपी हास्ने तिमी गरी देउ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ

ओठ टोकी नहेर है पराइको आँखा लाग्ला
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ

कल्पना गिरी भाबुक 
काठमाडौं

No comments:

Post a Comment