हसिलो त्यो मुहारमा किन आँशु झार्यौ भन
सहयात्री बन्छु भन्दा किन बाटो बार्यौ भन
तिम्रा लागि चन्द्र टिप्छु तिमी जीवन भन्थ्यौ
साहसिलो मन थियो किन आज मार्यौं भन
गजल (४८) गजलले,
गजल
दुखियाको आत्मकथा बोल्छ गजलले,
मन भित्रको पिरव्यथा खोल्छ गजलले |
श्रीखण्डको रुप हो यो बुझ्न सक्नु पर्छ,
जिन्दगीमा मिठो रङ्ग घोल्छ गजलले |
लेख्ने मात्र प्रयास गरे जीवन सुगम बन्छ,
बिग्रिएको दिमाग लाई टोल्छ गजलले |
खोट,गाली गलौजमा जसको मन रम्छ,
तिनका लागि दुख्छ अनि पोल्छ गजलले |
कल्पना गिरी(भाबुक)
दुखियाको आत्मकथा बोल्छ गजलले,
मन भित्रको पिरव्यथा खोल्छ गजलले |
श्रीखण्डको रुप हो यो बुझ्न सक्नु पर्छ,
जिन्दगीमा मिठो रङ्ग घोल्छ गजलले |
लेख्ने मात्र प्रयास गरे जीवन सुगम बन्छ,
बिग्रिएको दिमाग लाई टोल्छ गजलले |
खोट,गाली गलौजमा जसको मन रम्छ,
तिनका लागि दुख्छ अनि पोल्छ गजलले |
कल्पना गिरी(भाबुक)
गीत
गीत
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
दिन बित्यो महिना बित्यो बिते धेरै सालहरु
जम्मा गरे यी आँशुका हुन्थे कति तालहरु
याद आउँदा तिम्रो तस्बिर अंगालोमा बेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
रंग फेर्यो बसन्तले बर्षात लाई बोलाउँदै
थाके आँखा तिम्रै बाटो हेरी हेरी टोलाउँदै
सम्झनामा तिम्रो चित्र मस्तिस्कमा केरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ ।
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
दिन बित्यो महिना बित्यो बिते धेरै सालहरु
जम्मा गरे यी आँशुका हुन्थे कति तालहरु
याद आउँदा तिम्रो तस्बिर अंगालोमा बेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
रंग फेर्यो बसन्तले बर्षात लाई बोलाउँदै
थाके आँखा तिम्रै बाटो हेरी हेरी टोलाउँदै
सम्झनामा तिम्रो चित्र मस्तिस्कमा केरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ ।
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल
***गजल*** (४७) पाएँ
***गजल***
~~
भाग्य मेरो यस्तै रहेछ आफ्नै बाट घात पाएँ
न्यानो मिठो मायाँ खोज्दा पीडा दायी हात पाएँ।
~~
आशा बोकी आउँथ्यो बिहान रहर् संगै साँझ पर्थ्यो
बदलामा आँशु संगै निस्सासिदो रात पाएँ ।
~~
रंगि चंगी बगैंचामा नाना थरी फूल थिए
थुंगा टिपी सजाउँ भन्दा ओइलिएको पात पाएँ ।
~~
भावनाका लहर संगै गगन चुम्ने इच्छ्या मेरो
पंक्षि बनी उडुँ भन्दा मनुस्यको जात पाएँ ।
~~
कल्पनामा डुब्छु सधैं हेर्दा हेर्दै फूल्यो जीवन
आँशु लुकाई हाँस्न खोज्दा चोटै चोट्को खात पाएँ ।
~~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल
~~
भाग्य मेरो यस्तै रहेछ आफ्नै बाट घात पाएँ
न्यानो मिठो मायाँ खोज्दा पीडा दायी हात पाएँ।
~~
आशा बोकी आउँथ्यो बिहान रहर् संगै साँझ पर्थ्यो
बदलामा आँशु संगै निस्सासिदो रात पाएँ ।
~~
रंगि चंगी बगैंचामा नाना थरी फूल थिए
थुंगा टिपी सजाउँ भन्दा ओइलिएको पात पाएँ ।
~~
भावनाका लहर संगै गगन चुम्ने इच्छ्या मेरो
पंक्षि बनी उडुँ भन्दा मनुस्यको जात पाएँ ।
~~
कल्पनामा डुब्छु सधैं हेर्दा हेर्दै फूल्यो जीवन
आँशु लुकाई हाँस्न खोज्दा चोटै चोट्को खात पाएँ ।
~~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल
गीत
गीत
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
कल्पना भाबुक
इजरायल
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
कल्पना भाबुक
इजरायल
गीत
खोलेको थिएँ हृदय मेरो तिमीले लुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ।
~~
जुन तारा बनी बसौंला भनी खुशीले टोलाउँथें
पर्देशी मायाँ भएनी तिम्लाई निदमै बोलाउँथें
दुख्यो कि मन बिछोड हुँदा किन शिर झुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ ।
~~
खोजेको थियो तनले साथ पिरती मनले
गरीब थिएँ छेकेछ बाटो त्यो तिम्रो धनले
बगेको थियो नदी झैं मन कसरी रुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ
~~
कल्पना भाबुक
रचना ; २८/२/२०६८
गजल (४६) ढोका खुल्लै राखेको थें
ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल
गजल (४५) आउँदैछु
हजारौ भिड्मा त्यो तिम्रो रुप चुनेर आउँदैछु
प्रियसी तिम्रो धड्कनको पुकार सुनेर आउँदैछु
~
बिछोडका दिन भुलेर हामी सङ्सगै रमाउँला
आँशुको थोपा आँखाको तालमा थुनेर आउँदैछु
~
प्रेमको दियो बालेर सधैँ पर्खियौ मायाले
मिलनको सुन्दर सपना मनमा बुनेर आउँदैछु
~
बिछोड भइ च्यातियो मन दु;खलाइ सहँदा
प्रेमको बास जतन गरी तुनेर आउँदैछु
~
आँखाको आँशु पुछेर अब् हँसाउछु सधैलाई
खुशीलाई डाकी दु;खलाई झिरमा उनेर आउँदैछु
~
भविस्य हाम्रो सुनौलो पार्न पुकारी देबलाई
भोलिको लागि योजना सुन्दर गुनेर आउँदैछु ,
प्रियसी तिम्रो धड्कनको पुकार सुनेर आउँदैछु
~
बिछोडका दिन भुलेर हामी सङ्सगै रमाउँला
आँशुको थोपा आँखाको तालमा थुनेर आउँदैछु
~
प्रेमको दियो बालेर सधैँ पर्खियौ मायाले
मिलनको सुन्दर सपना मनमा बुनेर आउँदैछु
~
बिछोड भइ च्यातियो मन दु;खलाइ सहँदा
प्रेमको बास जतन गरी तुनेर आउँदैछु
~
आँखाको आँशु पुछेर अब् हँसाउछु सधैलाई
खुशीलाई डाकी दु;खलाई झिरमा उनेर आउँदैछु
~
भविस्य हाम्रो सुनौलो पार्न पुकारी देबलाई
भोलिको लागि योजना सुन्दर गुनेर आउँदैछु ,
गजल ४४ संबिधान लेख्ने मिती
संबिधान लेख्ने मिती फेरी पनि सार्न थाल्यौ
देशलाई अन्योलको जाल भित्र पार्न थाल्यौ
,,
आफन्तलाई गुमाउनेको ओभाएका छैनन् आँखा
शान्तिकामी जनताको आशा फेरी मार्न थाल्यौ
,,
जाति भेद मेट्नु थियो नयाँ रेखा कोर्ने भयौ
एकताको उचो शिर फेरी तल झार्न थाल्यौ
,,
सबैलाई प्यारो सत्ता खोसीदिने डर सधैँ
संबिधान लेख्ने बेला आफ्नै कुर्सी बार्न थाल्यौ
,,
श्रमजिबी जनताको आउने डर छ आधीबेरी
आफ्ना साखा संतानलाइ बैतरणी तार्न थाल्यौ
,,
बाचा बन्धन पुरा गर्ने ह्रास भयो नैतिकता
नारीहरुको अधिकार दिने भन्दै टार्न थाल्यौ
,,
सहिदको बलिदान जाने होकी तेसै खेर
राजनिती जुवा भयो गणतन्त्र हार्न थाल्यौ
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
देशलाई अन्योलको जाल भित्र पार्न थाल्यौ
,,
आफन्तलाई गुमाउनेको ओभाएका छैनन् आँखा
शान्तिकामी जनताको आशा फेरी मार्न थाल्यौ
,,
जाति भेद मेट्नु थियो नयाँ रेखा कोर्ने भयौ
एकताको उचो शिर फेरी तल झार्न थाल्यौ
,,
सबैलाई प्यारो सत्ता खोसीदिने डर सधैँ
संबिधान लेख्ने बेला आफ्नै कुर्सी बार्न थाल्यौ
,,
श्रमजिबी जनताको आउने डर छ आधीबेरी
आफ्ना साखा संतानलाइ बैतरणी तार्न थाल्यौ
,,
बाचा बन्धन पुरा गर्ने ह्रास भयो नैतिकता
नारीहरुको अधिकार दिने भन्दै टार्न थाल्यौ
,,
सहिदको बलिदान जाने होकी तेसै खेर
राजनिती जुवा भयो गणतन्त्र हार्न थाल्यौ
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
मुक्तक हरु
स्वर्ग जस्तो सुन्दर देश टुक्रा टुक्रा पार्ने भयौ
एकताको भावनालाई फेरी अब मार्ने भयौ
जाती जाती लड्न थाले बाँकि के पो रहला र
नेपाल यो नाम अब ईतिहासमा सार्ने भयौ
,,
घाम पानी छल्न मात्र सबैलाई छाता प्यारो
रगतको नाता भन्दा भावनाको साथ प्यारो
बिना स्वार्थ एकै पाईलो सर्दैन की जिन्दगीको
सबैलाई सधैँ लाग्छ माया दिने जात प्यारो
,,
तिमीले दिएका हरेक दु;ख सहन सक्छु म
जस्तो सुकै हालतमा पनि जिउँन सक्छु म
त्यो मनले मान्छ भने बिष बोकी आऊ
हाँसी हाँसी तिम्रो सामु पिउँन सक्छु म
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल (इजराएल)
एकताको भावनालाई फेरी अब मार्ने भयौ
जाती जाती लड्न थाले बाँकि के पो रहला र
नेपाल यो नाम अब ईतिहासमा सार्ने भयौ
,,
घाम पानी छल्न मात्र सबैलाई छाता प्यारो
रगतको नाता भन्दा भावनाको साथ प्यारो
बिना स्वार्थ एकै पाईलो सर्दैन की जिन्दगीको
सबैलाई सधैँ लाग्छ माया दिने जात प्यारो
,,
तिमीले दिएका हरेक दु;ख सहन सक्छु म
जस्तो सुकै हालतमा पनि जिउँन सक्छु म
त्यो मनले मान्छ भने बिष बोकी आऊ
हाँसी हाँसी तिम्रो सामु पिउँन सक्छु म
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल (इजराएल)
मुक्तकहरु ...
छेउको सियो माझतिर सर्नेछ एकदिन
गरिबको दु;ख् दर्द टर्नेछ एकदिन
बुद्ध जन्मिएको देश हरेस खान हुन्न
शान्ति दिप जली क्रान्ति मर्नेछ एकदिन
,,
एउटै गाउँमा बस्थ्यौँ हामी हाम्रो एउटै जात थियो
चिठ्ठी लेख्थे दिनमा एउटा दिने अर्कै हात थियो
तिम्रो बाटो हेरिकन मेरो जुनी बित्यो कान्छा
कम्जोर पारि मलाई मार्ने तिम्रो माया घात थियो
,,
सिंगै मुटु दिएको थे टुक्रा पार भन्यौ
दिल भित्र राखेको थे तल झार भन्यौ
समय त उस्तै रैछ मात्र तिमी फेरीएछौ
भेट हुदाँ बाच्ने इछ्या सबै मार भन्यौ
,,
समिपमा तिम्रो म छु देखेनौ नि कान्छा
बर्षौ टाढा हुदाँ चिठ्ठी लेखेनौ नि कान्छा
अमर नाता जीन्दगीको छुटाऊदिन भन्थ्यौ
एउटै थुँगा पिरतीको फेकेनौ नि कान्छा
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ हाल इजराएल
गरिबको दु;ख् दर्द टर्नेछ एकदिन
बुद्ध जन्मिएको देश हरेस खान हुन्न
शान्ति दिप जली क्रान्ति मर्नेछ एकदिन
,,
एउटै गाउँमा बस्थ्यौँ हामी हाम्रो एउटै जात थियो
चिठ्ठी लेख्थे दिनमा एउटा दिने अर्कै हात थियो
तिम्रो बाटो हेरिकन मेरो जुनी बित्यो कान्छा
कम्जोर पारि मलाई मार्ने तिम्रो माया घात थियो
,,
सिंगै मुटु दिएको थे टुक्रा पार भन्यौ
दिल भित्र राखेको थे तल झार भन्यौ
समय त उस्तै रैछ मात्र तिमी फेरीएछौ
भेट हुदाँ बाच्ने इछ्या सबै मार भन्यौ
,,
समिपमा तिम्रो म छु देखेनौ नि कान्छा
बर्षौ टाढा हुदाँ चिठ्ठी लेखेनौ नि कान्छा
अमर नाता जीन्दगीको छुटाऊदिन भन्थ्यौ
एउटै थुँगा पिरतीको फेकेनौ नि कान्छा
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ हाल इजराएल
मुक्तक हरु,,
मुटु भित्र राख्न मैले भुल गरेछु
बिझ्यौ तिमी काँडा बनि फूल परेछु
याद मात्र हैन अब साथ पनि लैजाऊ
तिम्रो जीवन पार गर्ने पुल परेछु
,,
रुँदा रुदै अलिकती हाँसो मेरो देखिएछ
हाँस्दा हाँस्दै क्षण भर्मै आँशु पनि पोखिएछ
खै कसरी पुरा गरौ अधुरो यो जिन्दगीलाई
आभागी यो भाग्य मेरो कुन मितीमा लेखिएछ
,,
धेरै सँहे घाम पानी बादल बनि छाउँछौ की त?
सहयात्री बनि मेरो जिन्दगीमा आउँछौ की त?
मुटु भित्र तिम्रो याद पल पल धड्की दिन्छ
प्रस्ताब राखे जीबन साट्ने अब माया लाउछौ की त ?
,,
चाहेरनि प्रिये तिम्रो हुँन सकिन
आँशु बगाइ बेदना धुन सकिन
टोलाएरै रात बित्छ तिम्रो सम्झनामा
आएर त्यो अङालोमा रुन सकिन
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
बिझ्यौ तिमी काँडा बनि फूल परेछु
याद मात्र हैन अब साथ पनि लैजाऊ
तिम्रो जीवन पार गर्ने पुल परेछु
,,
रुँदा रुदै अलिकती हाँसो मेरो देखिएछ
हाँस्दा हाँस्दै क्षण भर्मै आँशु पनि पोखिएछ
खै कसरी पुरा गरौ अधुरो यो जिन्दगीलाई
आभागी यो भाग्य मेरो कुन मितीमा लेखिएछ
,,
धेरै सँहे घाम पानी बादल बनि छाउँछौ की त?
सहयात्री बनि मेरो जिन्दगीमा आउँछौ की त?
मुटु भित्र तिम्रो याद पल पल धड्की दिन्छ
प्रस्ताब राखे जीबन साट्ने अब माया लाउछौ की त ?
,,
चाहेरनि प्रिये तिम्रो हुँन सकिन
आँशु बगाइ बेदना धुन सकिन
टोलाएरै रात बित्छ तिम्रो सम्झनामा
आएर त्यो अङालोमा रुन सकिन
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
गजल (४३ ) आँशु बोकी आँखा भित्र
आँशु बोकी आँखा भित्र हास्नु पर्छ साथी
आत्मबल देखाउँदै बाँच्नु पर्छ साथी
दिन पछी रात फेरी झुल्के घाम आउँछ
तेसै गरी पीर बेथा लास्नु पर्छ साथि
स्वार्थ रैछ संसार भनी स्वार्थ बनि आफैँ
भावनाको चोखो नाता गाँस्नु पर्छ साथी
बिस्वासमा अड्छ संसार बुझ्न जान्नु पर्छ
रुखो माया मैन बनाई टास्नु पर्छ साथी
सकारात्मक सोच बोकी बढे पछी अघी
असत्यलाई जरै बाट मास्नु पर्छ साथी
आत्मबल देखाउँदै बाँच्नु पर्छ साथी
दिन पछी रात फेरी झुल्के घाम आउँछ
तेसै गरी पीर बेथा लास्नु पर्छ साथि
स्वार्थ रैछ संसार भनी स्वार्थ बनि आफैँ
भावनाको चोखो नाता गाँस्नु पर्छ साथी
बिस्वासमा अड्छ संसार बुझ्न जान्नु पर्छ
रुखो माया मैन बनाई टास्नु पर्छ साथी
सकारात्मक सोच बोकी बढे पछी अघी
असत्यलाई जरै बाट मास्नु पर्छ साथी
गजल (४२ ) माया मर्दैन
कोशेली त्यो फिर्ता गर्दा चोखो माया मर्दैन भो,
भाबनामा बहन्छ मन तर सागर तर्दैन भो,,
लुकी छिपी बस्छ माया रङ्ग फेर्छ जिन्दगीले
शिशिरमा पात झर्ला तर जोश झर्दैन भो,,
नाता जोडे घर बन्छ मिल्छ खुशी घरमा नै
बसाइ सार्न सजिलो छ तर मन सर्दैन भो,,
बुझ्न जाने जीवन पनि अनमोल रत्न होरे
माया बोकी छेऊ आउदा आतिनु चै पर्दैन भो,,
उज्यालो छ संसार हेर भित्रि आँखा खोल्नु पर्छ
हिम्मत जोडी लाको माया कहिलेनी डर्दैन भो
भाबनामा बहन्छ मन तर सागर तर्दैन भो,,
लुकी छिपी बस्छ माया रङ्ग फेर्छ जिन्दगीले
शिशिरमा पात झर्ला तर जोश झर्दैन भो,,
नाता जोडे घर बन्छ मिल्छ खुशी घरमा नै
बसाइ सार्न सजिलो छ तर मन सर्दैन भो,,
बुझ्न जाने जीवन पनि अनमोल रत्न होरे
माया बोकी छेऊ आउदा आतिनु चै पर्दैन भो,,
उज्यालो छ संसार हेर भित्रि आँखा खोल्नु पर्छ
हिम्मत जोडी लाको माया कहिलेनी डर्दैन भो
गजल (४१) भयो जिन्दगी
उमेर छदाँ सबै चढ्ने कार भयो जिन्दगी
उमेर गयो आफैँलाइ भार भयो जिन्दगी
************************
कमाएर दिन सक्ने बल बुद्धि घटेर
फाल्नु पर्ने चुँडिएको तार भयो जिन्दगी
************************
जन्म लिए नया सोच अनि नया शैलीले
अर्थहीन बिचारको सार भयो जिन्दगी
************************
सन्तानलाई सुख दिन कति बाधा चिरिए
दाँत सबै झरी भुत्ते धार भयो जिन्दगी
************************
चाउरिई छाला साथ छोडे सबै अङ्गले
ढल्यो उमेर आफैँलाई बेकार भयो जिन्दगी
*************************
जिजीविषा घटे पनि मरी जाऊँ नलाग्ने
काल रूपी बैरीसँग हार भयो जिन्दगी ।
******************************
रोग शोक बढ्दै गए घट्दै गए चाहना
सबैलाई छिछि भो धिक्कार भयो जिन्दगी
कल्पना गिरी {भाबुक}
उमेर गयो आफैँलाइ भार भयो जिन्दगी
************************
कमाएर दिन सक्ने बल बुद्धि घटेर
फाल्नु पर्ने चुँडिएको तार भयो जिन्दगी
************************
जन्म लिए नया सोच अनि नया शैलीले
अर्थहीन बिचारको सार भयो जिन्दगी
************************
सन्तानलाई सुख दिन कति बाधा चिरिए
दाँत सबै झरी भुत्ते धार भयो जिन्दगी
************************
चाउरिई छाला साथ छोडे सबै अङ्गले
ढल्यो उमेर आफैँलाई बेकार भयो जिन्दगी
*************************
जिजीविषा घटे पनि मरी जाऊँ नलाग्ने
काल रूपी बैरीसँग हार भयो जिन्दगी ।
******************************
रोग शोक बढ्दै गए घट्दै गए चाहना
सबैलाई छिछि भो धिक्कार भयो जिन्दगी
कल्पना गिरी {भाबुक}
Subscribe to:
Posts (Atom)



