Social Icons

मुक्तक

१
भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेटु भनी इछ्याहरु तिमी तिर बढ्दा खेरि
तिम्रा भने पाइलाहरुले बाटो अन्तै फेर्छन
२
हास्नु बोल्नु माया लाउनु भावनाको गीत संझ
आँशु खुशी मिलन बिछोड नियतिको रित संझ
दोभानमा भेट हुदै छुटिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संझ |
३
किन रुनु सब्द भित्र हासेर नै बोले हुन्छ
हृदयका पानाजती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेला संझ
थकाइ र बेदनालाई एकै ठाउँमा पोले हुन्छ
४
बसन्तमा पलाउन सिसिरमा झर्न सिक
हर्सका आँशु झार्न प्रतिक्षा गर्न सिक
अरुको खुशी हेर्दै बाच्नु पर्ने दुनियामा
छितिजको लक्ष्य चुम्न समय सँगै सर्न सिक

कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल.

मुक्तक

१
पर्खेर बस्दा बुढो भो छायाँ चौतारी मुनिको
पवन तैले भनीदे खबर कस्तो छ उनीको
न पाए साथ न छुट्यो माया अध्कल्चो जिन्दगी
जिउदै मारी नलैजा प्राण पिरती हुनेको
२
संघर्सको मैदानमा दु;ख सुख सबै आउछन
हत्केलाका ठेला देखि ठेशहरुले माया लाउछन
सुन्दर शान्त तलाउ झैँ कहाँ हुन्छ जिन्दगानी
लुकाएका खुशिलाई आँशुहरुले चिहाउछन!!
३
तिमीलाई मिलोस् खुशी धेरै दु;ख म सहि दिन्छु
चोट लागि तिमी रुए मलम म भई दिन्छु
थपेर मेरो पनि आयु सयौँ बर्ष बाच तिमी
मरे स्वोर्ग बासहोस् तिम्रो म नर्क गाइ दिन्छु


कल्पना गिरी भाबुक
काठमाडौँ

मुक्तक

चाहनाको आगमनले प्रबाश भयो जिन्दगि,
आफन्त र आफ्नोपनको आभास भयो जिन्दगी,
अन्तर मनका पीडा भाब आदानप्रदान गर्दै जादा,
भावनात्मक साइनो बाट उपहास भयो जिन्दगी ||

गजल (५०) संम्हालेर राखें फूल

गजल

~
संम्हालेर राखें फूल ओइलिएर झर्‍यो,
तिम्रो बाटो हेर्दा हेर्दै आधा बैंश मर्‍यो।
~
पिरतीमा सुख्खा लाग्यो उजाडियो यौवन,
आशा मात्रै देखाई रह्यौ मेरो बोली टर्‍यो।
~
माया गर्छु साथै मर्छु भन्दै हत्ते गर्‍थ्यौ,
सहयात्री बन्छु भन्ने मन कता सर्‍यो।
~
भलो चाहें सधैँ तिम्रो पूजा गरि रहें,
चाहनाको खात माथि फेरी घात पर्‍यो|
~
खुशी पार लागे मेरा तिम्ले बार हाल्यौ,
कोमल तिम्रा भाबनाले आज सागर तर्‍यो।
~
कल्पनामा डुब्छु सधैँ भोलि कस्तो होला,
भाविले नै भाबुक माथि यस्तो जाल गर्‍यो|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गीत;आएनौ तिमी जीवनमा फर्केर।

गीत

~

नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
अँधेरी रातको एकान्त पनले तिम्रो याद दिलाउँछ
लाग्दामा तिर्खा यो प्यास मेट्न यै आसुँ पिलाउँछ
बल्दछ आगो पोलेर मुटु फुट्ने भो चर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
आकाश माथि परेवी उड्छे पखेटा फिजाउँदै
बित्ने भो जोवन कल्पेर बस्दा परेली भिजाउँदै
भोलिको दिन सम्झेर ल्याउदा मन रुन्छ धर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
कल्पना भाबुक
काठमाडौं

गजल (४९) खुशीको सुसेली

खुशीको  सुसेली सुनेरै रमाएँ 
मितेरी हितैको चुनेरै  रमाएँ 

दिलैमा बसेछौ लगाई सुराकी
परेली   भिजेका थुनेरै रमाएँ 

तिमीछौ अगी जो लजायो जवानी 
छुटेको  मजेत्रो  बुनेरै  रमाएँ 

मनैले मनायौ  लजाई पनैमा
सुनौलो बिहानी कुरेरै   रमाएँ 

 लय छन्दः भुजङ्गप्रयात
१२२ १२२ १२२ १२२
iss iss iss iss

 कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल; इजराएल

मुक्तक

पछाडी फर्केर हैन देशलाई अगाडी बढेर हेर
ईतिहास जिउदैछ गोर्खालीको एक पटक पढेर हेर
कति पुस्ता बित्छन डलरमा आखिर नेपालि नै त हो
तिमीले खाने र पढ्ने अक्षेरमा एक पटक गढेर हेर

मुक्तक

हसिलो त्यो मुहारमा किन आँशु झार्यौ भन
सहयात्री बन्छु भन्दा किन बाटो बार्यौ भन
तिम्रा लागि चन्द्र टिप्छु तिमी जीवन भन्थ्यौ
साहसिलो मन थियो किन आज मार्यौं भन

गजल (४८) गजलले,

गजल
दुखियाको आत्मकथा बोल्छ गजलले,
मन भित्रको पिरव्यथा खोल्छ गजलले |

श्रीखण्डको रुप हो यो बुझ्न सक्नु पर्छ,
जिन्दगीमा मिठो रङ्ग घोल्छ गजलले |

लेख्ने मात्र प्रयास गरे जीवन सुगम बन्छ,
बिग्रिएको दिमाग लाई टोल्छ गजलले |

खोट,गाली गलौजमा जसको मन रम्छ,
तिनका लागि दुख्छ अनि पोल्छ गजलले |
कल्पना गिरी(भाबुक)

गीत

गीत

***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले  सास फेरिरहेँ ।
***
दिन बित्यो महिना बित्यो बिते धेरै सालहरु
जम्मा गरे यी आँशुका हुन्थे कति तालहरु
याद आउँदा तिम्रो तस्बिर अंगालोमा बेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
*** 
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
रंग फेर्‍यो बसन्तले बर्षात लाई बोलाउँदै
थाके आँखा तिम्रै बाटो हेरी हेरी टोलाउँदै
सम्झनामा तिम्रो चित्र मस्तिस्कमा केरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ ।
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ । 
***
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

***गजल*** (४७) पाएँ

***गजल***
~~
भाग्य मेरो यस्तै रहेछ आफ्नै बाट घात  पाएँ
न्यानो मिठो मायाँ खोज्दा पीडा दायी हात पाएँ।
~~
आशा बोकी आउँथ्यो बिहान रहर् संगै साँझ पर्थ्यो  
बदलामा आँशु संगै निस्सासिदो  रात पाएँ ।
~~
रंगि चंगी बगैंचामा नाना थरी फूल  थिए
थुंगा टिपी सजाउँ भन्दा ओइलिएको पात पाएँ । 
~~
भावनाका लहर संगै गगन चुम्ने इच्छ्या मेरो
पंक्षि बनी उडुँ भन्दा मनुस्यको जात पाएँ ।
~~
कल्पनामा डुब्छु  सधैं हेर्दा हेर्दै फूल्यो जीवन          
आँशु  लुकाई हाँस्न खोज्दा चोटै  चोट्को खात पाएँ । 
~~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गीत

गीत
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें  परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।

कल्पना भाबुक
इजरायल      

गीत


खोलेको थिएँ हृदय मेरो तिमीले लुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ।
~~
जुन तारा बनी बसौंला भनी खुशीले टोलाउँथें
पर्देशी मायाँ भएनी तिम्लाई निदमै बोलाउँथें
दुख्यो कि मन बिछोड हुँदा किन शिर झुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ ।
~~
खोजेको थियो तनले साथ पिरती मनले
गरीब थिएँ छेकेछ बाटो त्यो तिम्रो धनले
बगेको थियो नदी झैं मन कसरी रुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ 
~~
कल्पना भाबुक
रचना ; २८/२/२०६८  

गजल (४६) ढोका खुल्लै राखेको थें

ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी  खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै  हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल (४५) आउँदैछु

हजारौ भिड्मा त्यो तिम्रो रुप चुनेर आउँदैछु
प्रियसी तिम्रो धड्कनको पुकार सुनेर आउँदैछु
~
बिछोडका दिन भुलेर हामी सङ्सगै रमाउँला
आँशुको थोपा आँखाको तालमा थुनेर आउँदैछु
~
प्रेमको दियो बालेर सधैँ पर्खियौ मायाले
मिलनको सुन्दर सपना मनमा बुनेर आउँदैछु
~
बिछोड भइ च्यातियो मन दु;खलाइ सहँदा
प्रेमको बास  जतन गरी तुनेर  आउँदैछु
~
आँखाको आँशु पुछेर अब् हँसाउछु सधैलाई
खुशीलाई डाकी दु;खलाई झिरमा उनेर आउँदैछु
~
भविस्य हाम्रो सुनौलो पार्न पुकारी देबलाई
भोलिको लागि योजना सुन्दर गुनेर आउँदैछु ,