Social Icons

गजल लिइ आउँछु।(१२)


घायल जी को मुसरायमा मेरो सानो कोशिस

तिम्रो तिर्खा मेटाउँने खोली लिइ आउँछु।
तिम्रो सिँउदो सजाउँने डोली लिइ आउँछु।।

पर्न हुन्न मनमा रात फालिदेउ अँधेरी।
मुस्कानको बर्षा हुने बोली लिइ आउँछु।।

उदासिनता नदेखाउ सैय हुन्न मलाई।
तिम्रो चिन्ता परसार्न झोली लिइ आउँछु।।


झार्नुहुन्न आँखाबाट मोति दाना कहिलै
तिम्रो जीवन रंग्याउँने होली लिइ आउँछु।।

इन्द्रेणी झै हाम्रो जीवन खुल्न सधैं दिउँला।
आशाबादी बिहानिको भोली लिइ आउँछु।।

गजल मिठो गीत गाएको थे (११)

अर्थ हैन जिन्दगी को मिठो गीत गाएको थे ।।
माँया लाग्दा दौडियेरा भेट्न भनी आएको थे।।

समय ले ठागियेका हामी दूबै उस्तै ठानी,
साथदिन्छौ भन्ने आस्मा मैले माँया लाएकोथे।

माया गर्दै मैले तिम्रो कोमल हात समाएर,
जुनी भरी साथ दिन चोखो कसम खाएको थे।।

ढुङ्गा जस्तै तिम्रोमन,मैनजस्तै पग्लन्छ कि?
तेसैलेत साउँनको झरी बनी आएको थे।

गजल ~~लक्ष्मण रेखा (१०)

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

जवानिको उन्माद लाइ, नसकेर थेग्न तिम्ले ।
बदनामी त सधै सिरमा, फूल संम्झी टागिरह्यौ ।।

दुर्भाग्यले टाढा बनाइ, दु:ख पाउदा बुढो भए ।
मेरो माँया लिलाम गर्न, थोत्रो सम्झी लागिरह्यौ ।।

तिम्रो लागी ख़ुशी साट्न, पसिनामा डुबिरहे ।
पराई बाँहु आफ्नो संझी , रातभरि जागिरह्यौ ।।

जवानिको रंग उडी, प्रश्चतापमा जले पछि ।
नियतिलाई दोषी संझी, आफ्नै मृत्यू मागिरह्यौ ।।

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

गजल=मन दुखाएर गयौँ।(९)

यती धेरै मन दुखाएर गयौँ।
आँखा भित्र आँसु सुकाएर गयौँ।।

मन भित्र चाहा नराखेर तिमी।
माँया लाई टाढा भुलाएर गयौँ।।

पिरतिमा खुशी फूलेजस्तै लाग्थ्यो।
भाबना त्यो मनको लुकाएर गयौँ।।

टोलाएर आँखा हेरे जस्तै गरी।
नबोली नै केही रुवाएर गयौ।।

पाउनुमा,मात्रै काहा हुन्थ्यो माँया।
चुपचाप मृत्‍यु बोलाएर गयौँ।।

भुल्दैनन् याहाँ  युगौयुग सम्म।
सबैलाइ चकित् बनाएर गयौँ।।

गीत:मेरो माँया गइसकेछ क्षितिजमा लुक्न

मेरो माँया गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मृगतृष्णा जस्तो भयो अब तिम्रो मायाँ
बाचा टुट्यो भइदिने एक अर्काको छायाँ

भित्र भित्रै मन पनि थाल्यो अब दुख्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

बस्नु पर्यो आज यहाँ चाहानालाई बाँधि
हरपल मनमा चलाएर बिरहको आँधी

लक्ष्य बिहिन जीवनयात्रा थाल्यो अब रुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

गीत:गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,

गाउन नपाई रुकी दिन्छ्न मेरा  सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

निर्मोहिले डाहा गरि सजाय पो दियोकी,,
जिबन भरी रुवाउने संकल्प पो थियोकी,,

मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

मेरो जिबन लिलामभयो खबर तिम्रो बताऊ है,,
भेट कहिलेई नभएनी सपनीमा आउ है ,,

तिम्रो निम्ति सुम्पे मेरा सबै हार जित हरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll


गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

 कल्पना गिरी भाबुक

दोहोरी मुक्तक =दिदि+भाइ


फणिन्द्र शान्त
काली रैछौ लाली दल्दा, देखें दिलवाली
झण्डै झण्डै बनायौ नि, वैंश गोड्ने माली
तिम्रो चाला देख्दा म त, छक्कै पर्छु गाठे
लाजै बिना भन्छौ बन्छु, तिम्रै यसपाली ।।
 
मन पराइ ति आँखा ले दिलवाली देखेउ,
अधिकार दिदै मन्मा माली को नाम लेखेउ,
किन पर्नु तिमी छक्क माया गर्दा पनि ,
लाजै बिना अघीलागी तिम्ले बाटो छेकेउ।।

 माया गर्न लागेकोथें तर जाल गर्यौ
माया गर्छु भन्दै मेरा सारा खुशी हर्यौ
बाटो छेक्न खोज्या हैन म त भाग्दै थिएँ
बाटो छेक्न खोज्यो भन्दै द्रिष्टी भ्रम्मा पर्यौ
 
किन तिमी तर्की तर्की म सँग भागेको?
केही हर्न खोज्या छैन खुशी हो मागेको
माया लाउन आट गर सुन्दरीछ छेउमा
कित तिम्रो पुरुष हुने घमन्ड जागेको?
 

माया गर्ने खोजेको हुँ, आफु जस्तै जोडी
आएकैहुँ तिम्रो सामु, सारा आफ्ना छोडी
स्वार्थी रैछौ तर तिमी, सारा खुशी लुट्यौ
हेर्दा मात्र राम्री रैछौ, मन भने कोडी।।
 सिरानी मा राखी सुते मैले तिम्रो फोटो,
तिम्लाइ पाउन सकीन मेरै भाग्य खोटो,
कस्तो मुटु रैछ तिम्रो कैलेही नपग्लिने,
मान्छे हेर्दा असल देख्थे रैछ बुद्दी छोटो।।

भाग्य खोटो बुद्धी छोटो, केही हैन हाम्रो
आगो पानी बिच नाता, नगाँसेकै राम्रो
शीत संझी राख्न खोजे, आफ्नै ताल भित्र
भुल भयो रैछौ तिमी, आगो भन्दा चाम्रो ।
 
मेरो माया तिमी नै हौ नभनिदेउ तेसो,
कसो गर्दा कुरामिल्छ्, बनाउ मेलो मेसो,
भुल हैन तिम्रो लागि, फूल भ इ दिन्छु,
अझै घुर्की लाएउ भने, लागि दिन्छु पासोll


बोली एक गर्ने अर्को, कति आए कति
पासो लाग्छु भन्छ उस्ले,जस्को छैन मती
पासो लाग्ने अनि मर्ने,नदेखाऊ घुर्की
बैगुनीले त्याग्दा मेरो, हुन्न कुनै क्षती।।
 

नजिक आउन खोज्दैछु तिमी भने कस्तो?
पड्किएको बोली तेलमा पानी परे जस्तो
कोही नहुँदा बुढेस्काल्मा दुःख पाउछौ हेर
अहिले भाछ तिमीलाइ मेरो माया सस्तो!!

मुक्तक:कल्पना+फणिन्द्र

तिम्रो रूपले तान्यो हेर छेउमा डेरा सार्दैछू,
तिम्रो लागि लायक बन्न आफुलाई खार्दैछु,
सोयाम्बरको माला गास्न फूल रोप्दै गर,
तिमिलाई अब मेरो माँया जाल्मा पार्दैछु

 फणिन्द्र शान्त
खोजे जस्तै पाएँ आज, अब माया गर्छु म त
मेरो लागि यसै लयक, तिम्रो छेउ सर्छु म त
फूल हैन दुबोँ माला , लगाउँला गला भरी
जाली माया भए पनि, तिम्रै जाल्मा पर्छु म त ।।


कल्पना गिरी भाबुक
अहा कस्तो ज्ञानी मान्छे,,आज मैले पाएको छु
तिम्ले माया गर्छु भन्दा,,मैले कसम खाएको छु
खुशी लाग्यो आज मलाई,, मेरै हुन्छु भन्दा खेरी
भेट हुँदा दिन भनि,, रुमाल चिनो ल्याएको छु।।
फणिन्द्र शान्त
ज्ञानी मात्र हैन हेर, मान्छे पनि हिरो छु
जाल गर्न खोज्यौ भने,जिरे भन्दा पिरो छु
माया गर्न सिपालुछु, भन्छन् सबै क्रिष्ण जी
नसोध है, ए मायालु, पढाइमा जिरो छु।।

कल्पना गिरी भाबुक
मलाई यस्तै चाइएको हो,, भित्रै बाट बुझीदिने,
मेरी दिल्की रानी भन्दै,, मनै देखि पूजिदिने
पढाइ पनि चाहिदैन,,चाहिदैन तिम्रो सम्पति
मलाई साथी चाँहीएको,, मात्र माया बुझिदिने ll
 फणिन्द्र शान्त
दिल्की रानी भन्ने छैन, जुठो भाडो गराउँनेछु
माया गर गर्छु म नि, दुख डाडा तराउँनेछु
रानी नानी भनिकन, चिल्लो माया गर्ने छैन
होस गर धन्को पछि, परे ज्यान मराउँनेछु।।

कल्पना गिरी भाबुक
रानी भन्दै तिमीलेत,, कुटे पनि हुन्छ मलाई
तिम्रो माया भन्दा ठुलो,, कुनधन हुन्छ भलाइ
सुख दु ख दुबै बाटि,, काख काखै रमाउला
तिम्रो भैइ सकेपछि,, कुन ज्यानले छुन्छ मलाई ll

फणिन्द्र शान्त
यति धेरै भरोसामा, नपर है गाल पर्ला
धेरै भए पोखिन्छ रे, हाम्रो माया चाढै मर्ला
काखै माथी सुताउँछु , अति धेरै माया गरी
अब भने किन्छु पोते, जेजे पर्ला त्यही टर्ला।

कल्पना गिरी भाबुक
कत्ति बस्छौ टाढा,टाढा,,अब छेउमै आउन सानु
मैले पाल्छु तिमीलाइ,, अब बिदेस पर्दैन जानु
भोक पनि नलागोस् भो,,तिम्रो काख पाए देखि
सजिएर पर्खि बस्छु,, पोते किनी चाडै आउनु

गजल~~~रातै ढल्यो आज (८)

तिम्रो बारे सोच्दा सोच्दै,  रातै टल्यो आज,
तिम्रो चित्र कोर्दा  कोर्दै,  हातै गल्यो आज।।

मायाँ बनि मुटु भित्र,  तिमी बसि दियौ,
तिम्रो लागि रुदा रुदै,  ऑतै बल्यो आज।।

तिम्रो दिल्मा मायाँ  रोप्न, कोशीस् धेरै गरे,
तिम्रो लागि हात जोडे,  सिरै ढल्यो आज।।

खान खोज्यो आँसु बगि, भिजि दिन्छ गाँस,
तिम्रो लागि खान छाडे,  ज्यानै थल्यो आज।।

सस्तो सिक्का ठानि मेरो, माया कुल्चि दियौ,
तिम्रो   इच्छा सुने पछि,   मनै जल्यो  आज।।

कल्पना गिरी 
काठमाडौं
हाल इस्राएल

मुक्तक

अ्मर माया थियो भने,पर्खिएर बस्थेउ।
हतारिदै मनको डेरा,किन अनत सारेउ।।
झुट्टो माया निस्ठुरिको,औसी पुर्णे जस्तो।
निचोरि यो मुटु किन,मलाई जिउदै मारेउ।।

गजल~~~खालीभयो जीन्दगी (७)

गजल

फूल सबै झरे नाङ्गो, डाली भयो जीन्दगी।।
आशा कुनै छैन बाँकी, खाली भयो जीन्दगी।।

हर मोडमा असफल्ता, अघि पछी लागे पछी,
हरुवाको सधैं प्यारो, गाली भयो जीन्दगी।।

भए जती आफ्नाहरु, बाटो मोडि अन्तै जाँदा,
सुन्य उजाड् बगैँचाको, माली भयो जीन्दगी।।

पटक् पटक् समयले, पराजीत गरे  पछि,
दोबाटोमा गफाडीको, ताली भयो जीन्दगी।।

टोल बस्ती चारैतिर, बैरी हावा चले पछि,
मैला मात्र जम्मा हुने, नाली भयो जीन्दगी ।

कल्पना गिरी
काठमाडौं



गजल:आँखा भित्र पसु,पसु लाग्छ (६)

लजाएर हेरी दिने आँखा भित्र पसु,पसु लाग्छ ।
खालीतिम्रो सिउदोमा सिन्दुर भैइ बसुबसु लाग्छ।

भेटहुने मोड हरुमा तर्कितर्की तिमी हिड्दा।
सधैं भरि मायागर्दै अगालोमा कसु,कसु लाग्छ।।

हरेक भेटमा तिम्रो रुप लाल् गुलाब झै भैदिदा।
भमरा झै अधरले गालाभरि डसु डसु लाग्छ।।

तिमी अर्कैको भैइ सकेको नमिठो खबर सुन्दा।
जोगी हुन अनुहारमा खरानी धसु धसु लाग्छ ।।

कबिता~~फर्की कैले आउने आमा

कहाँ गयौ मेरी आमा छाडी हामीलाइ,
कैले देखु कहाँ देखु पियारी आमा लाइ।
दिन गन्दै रात गन्दै बिती सक्यो बर्ष,
भेट्न पाए आमा लाइ हुन्थो होला हर्स।
कति होला दुख तिमीलाइ कति होला गाह्रो,
बाध्येता ले बनायौ मन ढुङ्गा भन्दा साह्रो।
सम्झाएर बस्छेउ होलाआफ्नै मन लाइ,
हाम्रो कुरा गर्छेउ होला साथीसङी लाइ।
सधैं आँखा भरिरहन्छ्न बाटो हेरिहेरि,
पैसा सगै हाम्रो माया नभुल्नु है फेरी।
काख भर्ने न्यानो माया जीवन सगी पनि,
बसेका छ्न मलाई नै पर्खिएर भनि।
लिइ आउनु न्यानो माया ल्याउनु चोखो मन,
आफ्नो सन्तान सबै भन्दा तिम्रो ठुलो धन।
बसेका छौ हामी यहाँ दिन गनि,गनि,
लेख्नु चिट्ठी हामीलाइ कैले आउने भनि,,
लेख्नु चिट्ठी हामी लाइ कैले आउने भनि।।

कबिता~~~ देश

किन बिग्ग्रीएको आज अगुवा हरुको मति,,
लथालिङ भताभुङ हुँदैछ देशको गती।

किन खेल्दैछौ इतिहासले धिकार्ने खेल्,,
लोकतन्त्र नहोस् हाम्रा लागि कागको बेल।

सहने सिमा सकिनै लागो भयो अब अति,
खोक्रो भैइसक्यो मुलुक लुट्छौ अज्झ कति।

बेर पछि दैलो भेटीनुको कुनै अर्थ हुन्न,
मरे पछि फेरी कुनै ओखति ले छुन्न।

आगन टेडो  छैन  ढंग  पुर्याएर  नाचे,
मुलुक लोकतन्त्र बाचाउ र आफुपनि बचेँ....

(कारगिल) लड़ाई माँ सम्बंधित (गीत)

कारगिल माँ खुशी ढल्यो भाग्य मेरो फुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

चाखेवाको जोड़ी थियो नौलो चिनाजानी,
मुटु भीत्र पस्दै थिये बनी उनकी रानी,
निस्ठुरी बैरीले त साथी मेरो लुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

कोपिला मै ओइली गयो पिरतिको फूल,
भाग्य लेखने दैब एस्तो नगर्नु है भुल,
किन गर्ने एक्लो यात्रा साथी मेरो छुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

हिउ आफै बलेपछि शीतल काहा खोज्ने,
हिड्ने अब पाईलै छैन बाटो किन रोज्ने,
अध्यारो भो जीबन मेरो प्रकाश सबै हट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll