Social Icons

गजल ***पारि जाउँकी वारि बसौ (३६)

पारी जाँउकी वारी बसौँ दोधारैमा पारिदियौ
कल्पित् मेरा भाबनालाई मनै भित्र मारिदियौ
===============================
सुस्त सुस्त मेरा पाइला लक्ष्यतिर बढ्दै थिए
तिमी सम्म पुग्नै लाग्दा पातालमै झारिदियौ
==============================
मेरो दृष्टी तिमी बाहेक अन्त कतै डुलाइन
तिम्रो मन फेरी अन्तै किन बसाइ सारिदियौ
==============================
सँगै यात्रा गर्दै जाँदा   जंघारमा  पुगे पछि
किनारैमा छाडि मलाई अर्कैलाई तारिदियौ
============================
तिम्रो मिठो बचनमा मँ त सधैं भुलीरहेँ
अरु सँगै रमाएर बोलिलेनै  टारिदियौ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल*** मरे भने (३५)

प्रदेशमा मरे भने  बिलाप् गर्दै नरुनु  है
एक्लो यात्रा गर्नुपर्दा कम्जोर पनि नहुनु है


फकाएर फसाउलान् तिमी एक्लो हुदाँखेरि
बेसुरमा परि तिमी तिन्का कुरा नसुन्नु है


लाउनु तिमी चुरापोते सिंदुर र टिका पनि
अशुभ् भनि कोहि आए सेतो पैरन् नचुन्नु है


सहन्सिल बन्नु तिमी सुशिल र शान्त प्रिय
आँसु खसाई तस्बिर माथि पानीले झैँ नधुनु है


बनिदेऊ उदाहरण समाजमा नौलो तिमी
मैले दिने  उपदेश्का सब्द बाणी नभुल्नु है

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

मुक्तक***

सिमसिम पानी बर्सिदिने बर्साद होकी जीन्दगानी?
मन्दिर बाट चाख्न देको पर्साद होकी जीन्दगानी?
दु;ख,अनि बेदना संग संगै वोइरो लाग्छन
झुपडीमा जन्म लिनु बर्बाद होकी जीन्दगानी ..... ??

गीत ~~~ देश

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

स्वर्ग जस्तो देश छाडि हिडे सम्मान लुटाउन
संघर्स हो जीवन भन्दै थाले  दु;ख फुटाउन
जान्न अब बस्छु  आफ्नै देशको माया गरी
पराईको  आँखा अघि  हुन्न अब कठैबरी

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

हलो कुटो कोदालोमा किसान बनि रम्न सकु
गरिबीमा पेट भर्ने अन्न बनि झर्न सकु
माया गर्दै बस्छु  अब फुलाउदै अफ्नो छाती
सगरमाथा देश भनि गर्व गर्छु आफै माथि

झुपडीमै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

कल्पना गिरी भाबुक
काठमाडौँ
हाल इस्राएल

केहि मुक्तक थुँगा हरु

(1)
सुख दु;ख जीन्दगी हो यसरी नै बाच्न सिक
लुकाएर  पिर व्यथा ओठ खोलि हाँस्न सिक
भावनाका फूलहरु क्षण भरमै  ओइली झर्छन
कठोर बनि आसुँ हरु आँखा भित्र साँच्न सिक

(2)
स्मृतिका पाना भरी तिम्रै नाम लेख्न पाए
हर रात सपनिमा तिमीलाई देख्न पाए
भेटिन्थ्यो कि बाच्ने आधार मेटिदिने तिर्खा
दुवै मन मिलाएर साथ राखी सेक्न पाए

(3)
त्यो मन बाट मैले बसाई अन्त कतै सारे भने
फूल्न खोज्ने  चाहना लाई कोपिलामै झारे भने
निस्ठुरीको नाम दिनु पश्चाताप को आँसु संगै
प्रेमिल तिम्रो भाबनालाई बिश्वासघातले मारे भने

(4)
आफ्नो भन्छन रगतको नाता नाताले मारेको देखे
स्नेहको  सद्भभाब छैन सब्द  हरुले बारेको  देखे
मानबरुपी दानब हरुको बास याहाँ बढेपछी
अशान्तिको बिजय हुदाँ बुद्धले  हारेको देखे

(5)
हिजो आज तिम्रो मेरो एउटै घरमा बास छ
तिम्ले हुन्न भनेपनि मलाई तिम्रै आश छ
तिर्खाएको यौबनले केवल तिम्रो साथ रोज्यो
दुइटा मुटु यौटै हुने समयको आभास छ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल 

गजल~~~~ आज तिम्रो जन्म दिन.(३४)

आज तिम्रो जन्मदिन के नै दिन सक्छु छोरा,
सुख सान्ति मिलोस् भनि देबतानै भाक्छु छोरा

बाध्यताले छोडी आए  तिम्रै लागि पर्देसमा
तिम्रो जीवन सुखी पार्न रातभरी जाग्छु छोरा

निस्वार्थ छ माया मेरो आमा हुदाँ गर्व गर्छु
तिम्रो ओठ्मा हासो ल्याउन दुखि डाडा नाग्छु छोरा

यो बिरानो मुलुकमा तिम्रै माया साथ राखी
आसिर्बाद्का सब्दहरु तिम्रै शिरमा राक्छु छोरा

बसन्तका लहरहरु सातौ पार गरि सक्यौ
सयौ वर्ष बाँच तिमी मत यहि माग्छु छोरा

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल~~~किन ? (३३)


  


जुनिभरी साथ दिने बाचा किन तोडी दियौ?
समाएर हात मेरो फेरी किन छोडी दियौ?

खुशियाली समेटेर गर्दै थियौ संगै यात्रा
आधा बाटो पुगी अन्तै यात्रा किन मोडी दियौ?

प्रिती फूल्ने डाली हाम्रो कोपिलामै निमोठेर
रमाएर अर्को संग नाता किन जोडी दियौ?

समेटेर पिरती यो जतनले राख्छु भन्दा
तिम्रा लागि धड्की दिने मुटु किन फोडी दियौ?

पिरतिको फलफूल फलाउने धोको मेरो
लत्याएर बागबाणी झाडी किन गोडी दियौ?

बेहुलीको स्रीन्गारले सजाउँने धोको मेरो
मलाई छाडी पराईको घुम्टो किन ओढी दियौ?
    
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~दिन्छु तिमीलाई (३२)


यौवनको उन्मादिलो मात दिन्छु तिमीलाई
बासनाले भरिएको रात दिन्छु तिमीलाई

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ सानु
प्यासहरू मेटिदिने आत दिन्छु तिमीलाई

अटुट नाता जोडीदिने बाचा लिई आऊ सानु
जुनिभरी बाधी राख्ने जात दिन्छु तिमीलाई

निराशाको सुस्केरामा कति रात काट्छौ सानु
पिरतीको रस भरी बात दिन्छु तिमीलाई

दु;ख पीडा जीन्दगीको पन्छाएर आऊ सानु
खुशियाली बहारको खात दिन्छु तिमीलाई

जीबन यो भार संझी चिन्ता गर्न छाड सानु
जुनिभरी साहाराको  हात दिन्छु तिमीलाई
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~~जल्छ भने (३१)


तिम्रो सामु म उभिदा इमान ढल्छ भने
बस्ति छाडी हिडीदिन्छु दियो बल्छ भने

जुन तारा झुटा भए नसकेर चिन्न
बिर्सिदेउ माया गर्न आत्मा जल्छ भने

यात्रा थियो शिखर चुम्ने बटुलेर आट
मुर्ती बनि बस अब पाऊ गल्छ भने

अध्यारोमा जताततै हान्न थालेउ झट्टी
नल गोडी पानी हाल आशा फल्छ भने

दुष्ट संझी पर सारेऊ नमिलाई हात
मियों बिनै दाई गर जीवन् चल्छ भने
  
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल ~~~अधेरिमा (३०)

अँधेरीमा रमेकै थेँ जुन बनि छायौ
गोधुलीमा अस्ताउन झुटो माया लायौ


छिया छिया भको छाती दुखिराछ अझै
मलम् बनि भित्रभित्रै चस्का हान्न धायौ


ज्वालामुखी चलाएर पोलिदियौ आशा
झुटो बोली चिप्लो दल्दै फेरी मुख बायौ


आँसु खुशी सुख दु;ख हाम्रो साझा भन्दै
मन भित्र कपट राखी प्रिती गीत गायौ


आखिरीमा छोडि जाने रैछौ जाली तिमी
माया गर्ने बाहनामा सुस्तसुस्त आयौ


कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~ लिई आऊ (२९)

जवानीको नसा चढ्यो मात लिई आऊ  l
लजाउँदै बोली दिने बात लिई आऊ ll


चादनीले घुम्टो खोल्दै चिहाउन लागिन l
चाहनामा नछुटिने साथ लिई आऊ ll


प्रभातमा लाली छर्दै बोलाउँछिन उषा l
बहानामा नबिउँझने रात लिई आऊ ll


अंग अंग बिझाउँछ्न तड्पी बस्नु पर्दा l
सिमलको भुवा जस्तै  हात लिई आऊ ll


नस्वीकार्दा  समाजले हेला हुन्छौं कि त l
भावनाको नाम दिने जात लिई आऊ  ll

कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल= पाएकी छु (२८)

दिमाग पुरै हल्लाउने काम पाएकी छु
जसोतसो जीवन धान्ने दाम पाएकी छु

बिदेस भनि गर्व गर्छन  सबै नेपालमा
कत्ति प्यारो सुसारेको नाम पाएकी छु

नत टुङ्गो बोलीको छ सुन्य हुन्छ माया
छाक टार्न आधा पेट माम पाएकी छु

परिश्रम नै प्यारो सम्झी  दु;ख गर्छु भन्दा
पीडा नभई मुटु पोल्ने घाम पाएकी छु

पुस्तिकाका  साथी भाई आफ्नै सम्झिएर
मनको बह हल्का गर्ने ठाम पाएकी छु

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल


गजल~~~छितिज पारि (२७)

क्षितिज पारि टाढाथिएँ मारेछौ नि आश ।
पराई लाई मुटुभित्र दिएछौ नि बास।।


नसालु ति नजरले पराईलाई  तानी।
मिलनको सुन्दर सपना पारेछौ नि नास।।


चन्चल् मन बाधिराख्न नसकेर होला।
जुनभन्दा घाम झनै देखेछौ नि खास।।


सस्कार अनि नैतिकताको बन्धनलाइ तोडि।
हाम्रो सुन्दर परिवार नै गरेछौ नि  ह्रास।।


मुटु भित्र धड्की दिने बाचा लाइ तोडी।
धड्कनको साथ छोडि रोकेछौ नि सास।।

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~~तिमी भए (२६)

साथ दिने तिमी भए दुनिया नै भुलिदिन्थेँ
नजरमा तिमी भए दृष्टि बनी खुलिदिन्थेँ

वैलिएर झर्न नपाई शीरमाथि सजाउन
लाइदिने तिमी भए डालीविनै फुलिदिन्थेँ

हत्केलामा माया राखी केशराशि सुम्सुम्याउन
काख दिने तिमी भए सधैँभरि झुलिदिन्थेँ

सृष्टिलाई रङ्गीन फूल सिर्जिएर छाडिराख्न
मिसिएर तिमीसँग रङ्गसरि घुलिदिन्थेँ

पग्लिएर नदी भई सागरसम्म पुग्नुभन्दा
बादलझै उड्दै आए हिमाल भै चुलिदिन्थे

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~कल्पना 'भाबुक ' र देवी प्रसाद ढुंगाना बीच दोहोरि (२५)

देवी प्रसाद ढुंगाना--------------->>>>- कल्पना गिरि "भाबुक"

दुख मा नि रुन्चे हाँसो हाँस्नै पर्यो अब          प्रगति को मुल भेट्न शिखर चड्नै पर्छ
मृत्यु लाई साँची राखी बाँच्नै पर्यो अब    =    संघर्ष  का डांडाहरु काट्नै पर्यो अब

जीवन हो रे सुख दुख खहरे को बाढी              बानि पर्यो भत्ता खाने घुम्ने कुर्शी माथि
समुन्द्रको पानि जै सो नाँच्नै पर्यो अब     =    फेरी पनि झुक्याएर ढाट्नै पर्यो अब

नशा हो रे जिन्दगि यो प्याला धेरै थोरै            बेहोसीमा बाच्ने यहाँ धेरै देखे मैले
बीच सडक ढल्ने गरि मात्नै पर्यो अब         =    घाम दिन किरण बनि फाट्नै पर्यो अब

यमराजले लान्छ अरे पुर्याएर मिति                बिश्वाश हुन्न अरे यहाँ जग  स्वार्थी छरे
काल सँग अटुट नाता गाँस्नै पर्यो अब        =    भरोसा पो कसलाई गर्ने जाँच्नै पर्यो अब

छैन रै छ ठाउँ यहाँ इमानदारी लाई                  कत्ति रुनु सधै भरि बगाएर आँशु
इमान जमान मनमा भ'का मास्नै पर्यो अब  =   सच्चा मित्र भेटे मैले हाँस्नै पर्यो अब

दुख सुख दुई पाटा जिन्दगीका उस्तै                 यस्तै खुशी लिई आऊ बेला बखत तिमि
सुख खोज्न दुखि पाटो ताछ्नै पर्यो अब        =   मित्रताको गित गाइ  नाँच्नै पर्यो अब

प्रतिक्षाको भोलि खोज्दा पाइन्छ र कहाँ        =    चित्कार सँगै डर्ने हरु धेरै देखि सके
भोलि हेर्न थोरै आशा सांच्नै पर्यो अब                अशान्तिमा  शान्ति ध्वनि  बास्नै पर्यो अब