Social Icons

गजल ~केहि छैन साथी ८८

गजल ~केहि छैन साथी 

लाग्छ आज आफैँ माथी भर छैन साथी!
जबर्जस्ती  माया गर्न कर  छैन साथी!
,
चोइटिन्छ सिंगो मुटु प्रेम बसाई सर्दा
शितल दिने पीपल सँग बर छैन साथी!
,
संघर्स मै बित्यो जीबन संघर्स मै बित्छ 
पर्खाइको  काल  पनि पर छैन साथी !
,
प्रतेक दिन घाम डुब्छ जीबन एकदिन डुब्छ 
प्रकृतिको  नियम सँग  डर  छैन साथी!
,
कल्पना भावुक 

गजल~~ जीत उस्तै उस्तै,८७

गजल~~ जीत उस्तै उस्तै,

तिम्रो मेरो जमानाको गीत उस्तै उस्तै
तिम्रो मेरो लहनाको  रित  उस्तै उस्तै |
,
छैठीमा नै  लेखिएछ मिलन यो  मुटुको 
तिम्रो मेरो भावनाको मित उस्तै उस्तै |
,
रसिलो छ बाग हाम्रो मौसम सुवासिलो 
तिम्रो मेरो चाहनाको धित उस्तै उस्तै |
,
बिस्वासको पर्खाल हाम्रो छैन शँका कत्ति 
तिम्रो मेरो  बहानाको  हित उस्तै उस्तै|
,
असिमित छ माया हाम्रो एउटै छ लक्ष्य    
तिम्रो  मेरो  सामनाको जीत उस्तै उस्तै|
,
कल्पना भावुक,काठमाडौँ 
हाल ,इजरायल |

गजल~बादल जस्तै सगर छुने रहरमा पुग्छ यो मन! ८६

गजल 
बादल जस्तै  सगर छुने रहरमा  पुग्छ यो मन! 
कल्पनाको झिलिमिली  सहरमा पुग्छ यो मन! 
,
जबर्जस्ती  लादिएका  बोझ  बाट मुक्त  हुँन  
ढुकढुकी नै रोकौ भनी  जहरमा पुग्छ यो मन! 
,
जिन्दगीका खुशी जती दुइ किनार लागे मेरा   
सन्तानको आँशु रोक्न कहरमा पुग्छ यो मन! 
,
कैले  डुबे गहिराइमा  कैले छाँगा बाट खसे 
भावनामा बहकींदा   लहरमा पुग्छ  यो मन! 
,
मानिसको जीबन  जस्तो अरु केहि भेटिन है   
खुशी दिदै सधैं  हास्ने ठहरमा पुग्छ यो मन!
,
कल्पना भावुक 
काठमाडौँ
हाल इजराएल 

गीत 14 छाडि नजानु है !

गीत ~~~ छाडि नजानु है !
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है
,
रगत बग्ने  मुटु भित्र  माया कता खोजौं 
तिमी सँगै मन मिल्यो अरु कसलाई रोजौं 
निस्ठुरी भई  यात्रा मोड्ने कसम नखानु है 
नियतिको चाल  उस्तो दोषी  नठान्नु है 
,
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है
,
जून जस्तै शितलु म  हुन नसकेनी 
दुखेको त्यो अतितलाई धुन नसकेनी 
खोली दिनु मन तिम्रो  भित्र नबान्नु है 
कोसिस गर्छु आँशु पुछ्ने दुख नमान्नु है 
,
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है

कल्पना भावुक 
काठमाडौँ 

गजल ~दुखेर देश रोयो ! ८५

गजल ~दुखेर देश रोयो |
जब   तिम्रो  सालिक  ढल्यो     दुखेर  देश रोयो  
आगो माथि सालिक   बल्यो    दुखेर देश  रोयो |
,
उता भाषण चर्को थियो      जनता  अलमलिने 
गाउँ  बस्ति  सहर हल्लियो    दुखेर  देश  रोयो|
,
संबिधानको कुरा  भन्नू   रंगमंच  खेल जस्तै 
ढाट्ने काम धेरै चल्यो      दुखेर देश रोयो |
'
सत्कर्मको बाटो बिर्सी      आमाको मान  लुट्यौ 
शान्ति  छैन  क्रान्ति  फल्यो   दुखेर देश  रोयो |
,
हात्ती आयो हात्ती आयो   भएरै  छाड्यो फुस्स 
जनताको  आशा  गल्यो     दुखेर  देश  रोयो |
,

कल्पना भावुक 
हाल,इजराएल 
काठमाडौँ 

गजल सृस्टिको नियम हो ८४


सृस्टिको   नियम हो    हारेर    जानै पर्छ!
जिउँने      रहरलाई      मारेर    जानै पर्छ !

आत्मा नै   अमर हुन्छ  सरीर त   खरानी हो 
कालसँगै   पाईलाहरु    सारेर     जानै पर्छ !
,
लालचको     भाँडो हाम्रो    भरिन्न  कैले पनि
अधुराछन्     ईक्षाहरु       बारेर    जानै पर्छ !
,
घमण्डलाई   छाडि अब     गुनिलो   बन्न सिकौ 
उमेरका      सबै रंग      छाडेर        जानै पर्छ !
,
कल्पना भावुक
काठमाडौँ

गजल दुख्छ जिन्दगानी! ८३

जिन्दागानी 
,
चन्द्र छुने   लक्ष्य बोक्छु    रुक्छ  जिन्दगानी!
सपना झैँ     खाडलमा       पुग्छ  जिन्दगानी!
,
सम्झनाले   भिजाउँछ   आँशु       पिलाउँछ 
खहरेको   भेल जस्तै   सुक्छ     जिन्दगानी!
,
खुशी भित्रै    हाँस्छु कैले   रुन्छु    खुशी भित्रै  
हाँसो खुशी   दुवै भित्र     दुख्छ   जिन्दगानी!
,
नयाँ  यूग  नयाँ  विचार   पोख्न    सक्नु पर्छ
समयको  साथ छोडे       चुक्छ   जिन्दगानी!
कल्पना भावुक
काठमाडौँ

मुक्तक

मुक्तकथुँगाहरु ~~~~~
1
तारे भीरका गीतहरु गाऊ परदेशी
देशलाई माया गर्न आऊ परदेशी
हुस्की ब्रान्डी डिस्को अब सबै भुलेर 
बनपाखा पधेरिमा छाऊ परदेशी!! 
2
सायद मायाले भनेको पनि यहि होला 
माया सँग जोडिएको अरु पनि केहि होला    
महसुस मै रम्नु पर्ने  हुनु पर्ने खुशी पनि 
कहिले काहिँ आँशु बग्ने माया त्यहि होला!!
3
निभ्न लाग्या दिप माथि तेल कति थपौ
छोडी जाने निस्ठुरिको नाम कति जपौ
यादहरु बल्झाएर जिउँदो लास हुनु भन्दा 
त्यागी दिन्छु देह अब  चोट कति खपौ
4
हिमाल पारि गाउँ भन्छौ बादुलुकै घर होला
तिमीलाई मेरो भन्दा जुन ताराकै भर होला
धरती र आकासको मिलन सम्भब हुदै हुन्न 
भेट नभै जिन्दगीमा मर्छु भन्ने डर होला !!
5
आँशु झार्दा दुख जाने भ्रममा नपर
बेलुकी हात सुन्य लाग्ने श्रममा नपर
अनुभब हो जीबन र त जीबन बनेकोछ
थोरै बल्झियोस जिन्दगी चरममा नपर !!
6
अनुहार त मैले चिनेकै हो जस्तै लाग्छ 
मेरो आफन्त भित्रकै हो जस्तै लाग्छ 
आफ्नो आफ्नो बिच जब दुरी बढ्छ नि 
अनि तस्बिर मित्रकै हो जस्तो लाग्छ!!
7
जहाँ हुन्छ सुद्द मन देवताको बास हुन्छ
नमरुन्जेल मानिसलाई राम्रै हुने आश हुन्छ
घमण्ड हो त्यो जो गन्दैन अरुको बिचारलाई
सुनै खावस सुनै लावस मरेपछी लास हुन्छ!!

कल्पना भावुक 
काठमाडौँ 

कथा ५

 अन्तिम  चिठ्ठी~~~~~~

     डुब्न  लागेको घामको पहेंला  किरणहरु डाँडा माथि  बिश्राम  गर्दाको द्रिस्य देख्ना साथै  मलाई मेरो घाँटी थिचिएर स्वास रोकिए  जस्तै हुँन थाल्छ  ! गोधुली साँझमा  उनकोबाटो हेर्दै मनभरी कुराहरु खेल्न थाल्छन्  अनि सम्झन थाल्छु बितेका मायालु पलहरुलाई|कति अनौठो छ सृस्टिको लिला ,ठाउँ अनुशारको प्रकृति र प्रकृति अनुशारको ठाउँको भेसभुषाले मानिसको स्वभाब र बिबेकलाई  पनि फरक पार्दो रहेछ | जहाँ जस्तो परिवेसमा हुर्कियो जस्तो शिक्षा पायो सोहि अनुशार व्यवहार पनि फरक हुने  रहेछ! यती मात्र कहाँ हो र जस्तो ठाउँमा र जुन संसारमा  मानिस पुग्दछ त्यही संसारको त्यहि  समाजको सिको टिप्दै परिवर्तन पनि हुदों रहेछ या हुँन बाध्य हुँदो रहेछ |

    साँझको छ बजेको थियो ! म भान्सामा  ब्यस्त थिएँ ससाना नानिहरुलाई खानपिनको तयारी गर्दै थिएँ | भान्साको  एक कुनामा  बजिरहेको आफ्नै लोकभाकाको  गीत सँग मन उडाउँदै ..... 

यसै मेरो सर्मै रानी जलेको मन छ ,
अझै रुखो सर्मै रानी नबोल चर्कन्छ.....

        रेडीयो  सँगै गुन्गुनाउँदै  उडेको मनलाई  अझ उड्न दिइरहेकी थिएँ  | सात बर्षकी  ठुली छोरी   स्कुलको गृहकार्यमा ब्यस्त थिइन र चार  बर्षकी सानी छोरी  भने म संगसंगै अघि र पछी  गर्दै खेल्दै थिइन|  मेरो मोबाइलको घन्टी बजेको सुनेर मामु हजुरको फोन आयो भन्दै ठुली छोरीले मलाई बोलाइन | म पनि सबै काम छाडेर हतारिदै फोन टिप्न दौडिएँ |  मोबाइलमा एसो के नजर लगाएकी थिएँ  मेरो प्राण प्यारो,मेरो मुटुको टुक्रा ,मेरो जिबनको आधा हिस्सा रबीनले पो कल गरेका रहेछन  |  हतार हतार उठाएर हेल्लो राजा भनेको मात्र के थिएँ  मेरी रानी सन्चै छौ भनेर उनको  कोकिल कण्ठबाट मायालु आवाज सुन्न पाउने बित्तिकै हतार हतार भने  म सन्चै छु तिमीलाई  कस्तो छ राजा?  यती भन्न साथ उनले,  मैले तिमीलाई एउटा चिठ्ठी लेखेर राजुको हातमा पठाएको  छु ऊ भोलि बिहान  घरमै आएर दिन्छ  प्यारी मेरो खबर सबै त्यसैमा छ| मोबाइलको पैसा सकियो राख भन्दै उनले फोन काटे |

       त्यस  चिठ्ठी भित्र के लेखेको होला, कस्तो खबर होला भन्दै कौतुहलताले मलाइ   कोट्याई रहेको छ | कैले हात पर्ला र पढौला भन्दै  म प्रतिक्षामा बसकी छु | बेडमा पल्टिएकी छु  अनगीन्ति सोचाइमा डुब्न थालेकी छु  रात   झनै लामो हुँदै गएको जस्तो लाग्दैछ  |आँखाभरी  उहाको चार बर्ष अघिको अनुहार सम्झिन्छु काँन भरी मायालु आवाज गुन्जिन्छ म तेसै चंचल हुन्छु कता कता इ हातहरु सल्बलाउछ्न् अधर मुस्कुराउछ  एक्लै बर्बराउन  थाल्छु |

तिमी  फर्केर आएपछी म जान दिन्न, जस्तो हुन्छ  त्यस्तैमा चित्त बुझाएर बस्ने ल ? म तिमीलाई कुनै गुनासो गर्ने ठाउ दिन्न राजा! तिम्रो यादमा तड्पिएर एक्लै  दिन रात बिताउनु भन्दा त बरु जे जस्तो छ म तेसैमा खुशी हुँन्छु| हुनेलाई हैन नहुनेलाई हेरेर चित्त  बुझाएर बसौं है भन्दै.........  म भुसुक्कै निदाएछु |
       समय एकै ठाउँमा कहाँ बस्थ्यो र   एक दुई गर्दै घडीले बिहानको  सात बजाई सकेको रहेछ | बेलुकी ढिला सुतेर होला सात बजे सम्म सुतेछु |  छोरीहरु स्कुल जाने हुँदा दिनभरिको खाली समयलाई सदुपयोग गर्न तरकारी लगाउने   गरेकी छु | राम्रो मल् जल गरेकीले  बारी थोरै भएपनि घरमा खाएर पनि दुइटी छोरीको स्कुलको फिस र टिफिन खर्च मैले तरकारी बेचेरै पुर्याउने गरेकी छु  |
        पुष महिनाको सनिबारको दिन   बारीमा घाम ताप्दै नानीहरु सँग बसेर साग केलाउँदै .. तिम्रो बाबाको चिठ्ठी आउछ राजु अंकलले लिएर आउनु हुन्छ तिमीहरुलाई धेरै माया र सम्झना पठाउनु भएको छ रे बाबाले भन्दै छोरीहरु सँग चिठ्ठीको प्रतिक्षामा बसेकी छु नभन्दै राजु भाइको आगमन हुन्छ .. |

      भाउजु नमस्कार! नमस्कार बाबु! कैले आउनु भयो के छ त उनको  खबर? सन्च बिसन्च भन्नुस न बाबु? म हतार हतार सोध्न थाल्छु |राजु बाबुले कता कता अन्कन गर्दै भाउजु ठिकै छ | दाइले सबै चिठ्ठीमा लेख्नु भएको छ नि हेर्नुस न है भन्दै टार्नुभयो  | मैले चिया बनाउछु भन्दा पनि म अहिले हतारमा  छु भनेर हिंडी हल्ल्नु भयो| घर गृहस्ती  राम्रै  सँग चलेको  भएता पनि सुन्दर भविष्यको खोजीमा वाहा चार वर्ष देखि विदेश  जानु  भएको थियो| मैले बारम्बार छुट्टी आउनुसन भन्दा पनि अनेक समस्या देखाएर आइडी नबनाई  आउँन  पाइन भन्दै अलमल्याई रहने मेरो रबीनको चिठ्ठी यस प्रकारको छ |

       मेरी हृदयकी रानी प्यारी रुपा  सन्चै छौ होलानी हैन ? अनि नानीहरुलाई कस्तो छ? ती कलिला कोपिलाहरुको  ख्याल गर है |रुपा तिमी त मेरो सुख दु;ख बाड्ने जीबन संगिनी हौ मेरो मुटु हौ हामी र हाम्रो सरिर अलग भए पनि हाम्रो मन मुटु आत्मा एकै छ रुपा | म कसरी बिर्सन सक्छु ती दुखका दिनहरुमा तिमीले हातमा हात राखेर मलाई दिएको साहस् र हिम्मत लाई | तिमीमा त्यो साहस र आट छ जसले गर्दा म यहाँ सम्म आइपुगेको छु|  तिमी त्यो  साहसी नारी हौ जो समाजका औलामा  बिरलै भेटिन्छन  | आज म तिमीलाई एउटा तितो सत्य भन्दै छु है तिम्रो आटिलो मन र मुटुलाई अझै दह्रो बनाऊ है रुपा |

        तिमीलाई थाहै छ रुपा   म यहाँ आए पछी  छ महिना जती काम  नगरी बसेँ | राजु भाई  सरु बैनी र शीलु हामी चारै जनाको एउटै  आपडमेन्ट छ राजु अबिबाहित केटो उस्ले त सरु सँग यहिँ बिवाह गरेर बस्यो शीलु  पनि उनकै दाजु भाउजुसंग यहाँ आएकी अबिवाहित केटि जो अहिले म सँग छिन| यती पढ्दा नपढ़दै मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो हातखुट्टा लल्याक लुलुक भएर गले र पनि हिम्मतका साथमा चिठ्ठी लाई अगाडी बढाएँ| शिलु  र म काम गर्ने एउटै अफिस हो उनको र मेरो भेट पनि त्यहि बाट सुरु भयो संधै भेट हुने र ठट्टा गर्ने बानिले गर्दा हामी एकार्कामा नजिक हुँन  पुगेउँ | मन नै त हो हास्दै बोल्दै जाँदा माया पनि बढ्दै जाँदो रहेछ | म एक्लो पुरूस अनि उनि एक्ली मस्त जवानकी तरुनी केटि| मैले शीलुलाई पनि अबिबाहित हुँ भनेर ढाँटेको थिएँ | हामीले एकार्कालाई चाहन थाल्यौ   मेरो र उनको हरेक कुराहरु चाहानाहरु मिल्न थाल्यो र हाम्रो एक अर्का प्रतिको चाहना जीबनभरि नछुटिने बाचाका साथमा जीबन साथी बनेर बिताउने निर्णय गरिउँ   | एसै क्रममा  एक दिन शिलुले दाजु भाउजुलाई बोलाएर हाम्रो प्रेमको बारेमा भनिन | वहाहरुले पनि स्वीकृति दिएपछि शिलु र म सँगै बस्न थालिउँ  म उनि सँगै रमाउँन  थालें भने   उनि म सँग |  उनि यहाकै नागरिक भएकी छिन यसो हुँदा म आफुलाइ  सुरक्षित भएको महसुस गर्छु|  उनि आधुनिक जमानाकी  शिक्षित केटि तिमी र उनीमा धेरै अन्तर पाएँ मैले |  यहाको सुख सुभिधा यहाको कल्चर  म भुल्न पनि सक्दिन| मलाई त्यहाको त्यो अत्यासलाग्दो जिन्दगी जिउन अब मन छैन अब हामी यतै बस्छौ रुपा दुख नमान है? आज दुई बर्सको छोराकी आमा भएर मेरो साथमा तिम्रो सम्पूर्ण हकअधिकार लिएर बसेकी छिन|  तिमी यो तितो सत्य लाई स्विकार है रुपा तिमी त साहासी नारि मन नदुखाउ है उही तिम्रो निस्ठुरी  पति रबीन....|

    चिठ्ठी पढिसकेपछी   म माथि  पर्न आएको घातले म मुर्छा परेर भुइमा लडेछु  | मेरी ठुली छोरीले  मामु मामु भन्दै मलाई बोलाउँदा मलाई सपना झैँ भएको थियो| बिस्तारै म उठेर र  तिनै मेरा दुई छोरीलाई अंगालो मार्दै धेरै बेर सम्म रोइरहें| रबिन  तिमीले त मलाई  धोका दियौ मलाई बिर्सिएर  डलर सँगै  नाता गस्यौ र बिदेशी भूमिमै शिलुको जवानी सँगै रमाउँन सफल भयौ | गरिब देशको राजा हुनु भन्दा धनि देशको कुकुर हुँन  मन्जुर भयौ तिमी| कुनै दिन आफु जन्मिएर  हुर्किएको  माटोको माया लाग्ला  ,मातृभूमीको यादले सताउला,आफ्ना र आफन्तको सम्झनाले बोलाउला तेती बेला तिमीलाई पश्चाताप हुनेछ ,धिक्कार्नेछ तिम्रो मातृभूमीले | तिमी जस्ता डलरमा लोभिएर जन्म भुमि नै त्याग्न सक्ने नागरिक माथि | म त ई दुई छोरीलाई लिएर हासी खुशी मेरो माटो सँग रमाउनेछु येही माटोको टिका लागाएर खुशी साथ नेपाल आमाको काखमा निर्धक्क शिर ठाडो गरेर हिड्ने छु |स्वाभिमानी भएर जिउनेछु तिमी जस्तो स्वाभिमान बेचेर हैन रबिन .....मलाई लाचार र कम्जोर नारी  नसम्झ  तिमी अब | म तिम्रो निम्ती पत्थर बनेर आफ्नै स्वाभिमानमा म र मेरा छोरीलाई हुर्काउने छु स्वाभिमानी भएर बाच्न सिकाउने छु |   तिमी तिम्रो स्वाभिमानलाई बेचेर बस  तिमी आफ्नो कर्तब्य र दाइत्व बाट हटेर बस  तिमीलाई सधैको  लागी बिदा भन्न चाहन्छु रबिन ..............

      अब त रबिन मेरो सपनाको साथमा पनि छैन  बिपनाको त कुरै नगरौ |समयले चाहे  खुशी लिएर  आओस चाहे  दु;ख  बितेर जानेनै रहेछ अब  रबिन न फर्केर  मेरो अंगालोमा नै आउछ न ऊ मेरो....जीन्दगीको कुनै क्षेणमा  म  एक्ली भएकी छु तर म हिम्मत हार्दिन  मेरो साथमा मेरा छोरीहरु  छन| मेरा आँखाका नानीहरु मेरो कलेजिका टुक्राहरु मात्र मेरा हुन्  म जे जस्तो भएर पनि म मेरा छोरीहरुलाई राम्रो शिक्षादिक्षा  दिन सकु   म मेरो जिन्दगी इनै छोरीहरुको निम्ती समर्पण गर्न सकु  ..!

गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै झरि दिन्छ्न फूल रूपी प्रितहरु 

निर्मोहिले डाहा गरि सजाय पो दियो कि,,
जिबन भरी रुवाउने संकल्प पो थियो कि ,,
मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपीला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु....... 
समाप्त ...............
कल्पना भावुक  काठमाडौँ
हाल,इजरायल