Featured Posts
मुक्तक
सबै खुशिहरुले हसाउँदैनन् 
सबै फूलहरुनी बासाउँदैनन् 
 सच्चा प्रेम सधै अमर हुन्छ 
सबै प्रेमीहरुले फसाउंदैनन् !!
गजल१२१ मिठो बोले गालि रे यस्तै सुने आज
गजल
मिठो बोले गालि रे यस्तै सुने आज
तितो बोले तालि रे यस्तै सुने आज
झुटो खेति सप्रेछि किन चाहियो नाता
सत्य बोल्ने जालि रे यस्तै सुने आज
धनि सुत्ने नोट माथि सुनको घर छ रे
गरिबको घर नाली रे यस्तै सुने आज
स्टार पप डान्स र डिस्को भन्छन हुने
नहुनेको खालि रे यस्तै सुने आज
तिम्रो नेपाल देश हैन बन्करको खेति
र बिग्रेको बालि रे यस्तै सुने आज !
कल्पना भावुक
गजल~ 120 सपना पिएर बाँच्नुछ जिन्दगीमा
गजल
सपना पिएर बाँच्नुछ जिन्दगीमा
चाहाना सिएर बाँच्नुछ जिन्दगीमा !
.
चाहेको  गुलाब अर्कैले सिउरी दिँदा
काँडा नै लिएर बाँच्नुछ जिन्दगीमा !
.
बिर्सन सक्दिन छ तस्बिर आँखाभरी
यादमा खिएर बाँच्नुछ जिन्दगीमा !
.
यात्रा हो जिन्दगी मोडियोस त्यो मन एतै
सम्झना दिएर बाँच्नुछ जिन्दगीमा !
.
कल्पना भावुक
गजल ~119 बाँचुन्जेली जीन्दगीकै दासहुनु पर्छ
गजल ~ हुनु पर्छ 
बाँचुन्जेली जीन्दगीकै  दास हुनु पर्छ !
निरास हैन बाच्नलाई आश  हुनु पर्छ !
सर्बब्यापी कृतिमान छ भन्छन जीवित छ 
जीवित भए  एकमुठी  सास हुनु पर्छ !
बाच्नेहरु उखान जोडी  मर्ने रहर गर्छन  
मर्नलाइ'त प्राण उडी लास   हुनु पर्छ !
माया भन्ने शब्दलाइ दिन्छन सस्तो मूल्य  
मायालु त मुटु  भित्र  खास  हुनु  पर्छ !
कृतिम मुस्कान प्रसारणमा ब्यापार बढ्दैन है 
सुख  किन्न  मनको कालो  नास  हुनु पर्छ !
कल्पना भावुक 
गजल ~188 नजर भन्दा पर डुल्नु हुँदैनरे ! .
गजल ~
बिना   अनुमती   फूल्नु    हुँदैनरे !
नजर   भन्दा पर   डुल्नु   हुँदैनरे !
.
चुम्छ   भमराले   रस     देखेपछी
मिठो   बैश बोकी   झुल्नु   हुँदैनरे !
.
प्रेमको   परिभाषा   थाहा  नपाइकन  
मिलाई   मनमुटु   घुल्नु    हुँदैनरे !
.
भन्छ   तँ स्त्रीहोस्    दुस्ट  भगवानले
इछ्या   दबाउनु रे    खुल्नु  हुँदैन रे !
कल्पना भावुक 
नारी ~117 रुपियामा बेचिएकी माटो हैनन् नारी
नारी 
रुपियामा बेचिएकी माटो हैनन् नारी
मनलागि कुल्ची हिड्ने बाटो हैनन् नारी !
,
मन दिए माया दिन्छिन जीबन दिए साथ
बल्झिबल्झी दुखि दिने खाटो हैनन् नारी !
,
गाँस काटि भोक मेट्छिन् सबै खुशी पार्छिन
आफ्ना खुशी पिसिरहने जाँतो हैनन् नारी !
,
आमा छोरी बुहारिको सबै स्थान लिन्छिन 
च्यातिएर फेर्नु पर्ने गातो हैनन् नारी !
,
जन्म घर कर्म घर टुट्न दिन्नन् नाता 
खिया लागि चुइने टिनको पातो हैनन् नारी !
,
कल्पना भावुक 
गजल~116 जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
गजल
अन्जानमा समिप थियौ जानेपछी टाढा भयौ 
जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
.
मेला थियो सौन्दर्यको थियो मोल सम्पतिको 
हजारौमा तिमी अशल  छानेपछी टाढा भयौ !
.
समयको खेल होकि   नियतिले ठग्यो कुन्नि 
भनेजति  सबै कुरा    मानेपछी टाढा  भयौ ! 
.
साचै स्वार्थ भनु यात ढुङ्गा थियो छातीभित्र 
काँडा हैन फूलले नै   हानेपछी  टाढा भयौ !
.
कल्पना भावुक
गीत ~13 प्रिय तिम्रो चिठ्ठी पढ्दा
गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा
प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
तिम्रो खुशी खोजि हिड्दा समुन्द्र नै तरें
परिवारको सम्झनामा पटक  पटक मरें
चन्द्रमामा ग्रहण लाग्नु दोष मेरो देख्यौ 
ढुङ्गाको मन रैछ अनि कठोर हुँदै लेख्यौ !
सबै कुरा तिम्ले मात्रै भने जस्तो हुन्न 
बिदेसीको गुलाम् हुँदा कस्को मन रुन्न 
सबै पराइ सम्झी भन्थेँ तिमी  मेरो रैछौ 
भ्रम  रैछ यी आँखाको अर्कैको पो भैछौ !
प्रिय तिम्रो चिठ्ठी पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
kalpana bhaawuk 
गीत ~22 एकैनास बगे हुन्थ्यो पिरतिको खोला !
गीत ~
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !
भेल बाढि चल्न थाले भेट होला न होला!
.
आँखाभरि  सजाउँछु,  मुटुभित्र  साँच्छु  
अधेरीमा  पर्न दिन्न, जून संगै  राख्छु 
यस्ता कसम नखाएनी, प्रेम अमर होला 
एकैनास बगे हुन्थ्यो,  पिरतीको खोला  !
.
पारीजात  नहोस बरु, नहोस सुनाखरी 
आँसु हाँसो  मिसिएर, रहोस सधैं भरि 
दुख सुख बाँच्न पाए, कस्तो हुन्थ्यो होला 
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !
कल्पना भावुक 
गीत ~21 कस्तो होला सम्झनाको भारि बिसाउँदा
गीत 
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुशी सिरानीमा  माया  मिसाउँदा !
.
रहरहरु लाजाउलान नजर थोरै झुक्ला 
चाहनाको होडबाजीमा बोलि थोरै रुक्ला 
मैले थोरै घुर्क्याउँदा  तिमी  रिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुसी सिरानीमा  माया  मिसाउँदा !
.
पिरतिका  आभाहरु  मुहारमा पार्दै 
अंगालोमा खुशी पोखि हर्ष आँसु झार्दै 
पोखिएका आँसु माथि चुम्बन मिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कल्पना भावुक 
गीत 20 ~जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
गीत ~~
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
भाचिनु'नि  पर्छ जीबन  टुट्नु पनि  पर्छ 
हास्नु पनि  पर्छ जीबन  दुख्नु  पनि  पर्छ 
सुनौला ति  सपनालाई  कसले छेक्या छर 
जीबन संधै  काँडा हुन्छ  कहाँ लेख्या  छर .....
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
सबै सपना  बालुवाको  घर मात्र   हुन्नन् 
आँसु जति  झारेपनि तिनले  दुख  धुन्नन 
सहज बाटो  मात्र यहाँ  कस्ले  टेक्या  छर 
जीबन संधै  काँडा हुन्छ  कहाँ लेख्या  छर .....
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
 कल्पना गिरी 'भावुक'
   इजरायल 
फूल भित्र खोजेँ अनि
फूल भित्र  खोजेँ अनि  पात माथी  खोजेँ मैले
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
माया दिने  मन होरे  मन'त सफा  हुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
भावनामा  किन बेर्थई  बहकिनु  सोचें मैले
नभेटेर लहरमा उही किनार रोजें मैले !
नभेटेर लहरमा उही किनार रोजें मैले !
दोबाटोको  यात्री हुँ म  एक्लै यात्रा  गरिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
अँधेरीमै  रम्ने सधै  जिन्दगानी  सोचे मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
कल्पना भावुक 
गीत १९ कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
गीत 
कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
बालुवामा  फुल्नु  पर्ने रैछ  जिन्दगानी !पानी पनि रून थाल्छ बादल हुन पुग्दा
फेरी उस्तै खुशी हुन्छ धर्ति छुन पुग्दा
किन गर्नु जिन्दगीमा संधै आनाकानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
सुकिजाने शित पनि हाँस्छ फूल छुँदा
बगर पनि सुसाउँछ खोला नदि हुँदा
एकपल्टको जिन्दगी हो गरौँ मनोमानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
कल्पना भावुक इजरायल
मुक्तक
मुक्तक 
सोच्ने शक्ति जस्तो हुन्छ उस्तै संसार देख्छ मान्छे
मन मुटु छाम्न दियो टाउकोमा टेक्छ मान्छे
आत्मबिस्वास घटेपछि रातो पनि सेतो देख्छ
साँगुरिन्छ बिचार जब साँध सिमाना छेक्छ मान्छे !
भोकलाइ नुन मानिदिदा के फरक पर्छ?
बैगुनिलाई गुण मानिदिदा क फरक फर्छ ?
संका गर्दै सुनभित्र पित्तल खोज्छ मान्छे,
पित्तललाइ सुन मानिदिदा के फरक पर्छ ?
ठ्वाकठुक्क पर्दा पनि कुरा मिठो भो
बादल झैँ बर्षिदा पनि कुरा मिठो भो
नाचिने झैँ गर्दै छ आज ढुकढुकि मुटुले
टाढा बसाइ सर्दा पनि कुरा मिठो भो!!
मन मुटु छाम्न दियो टाउकोमा टेक्छ मान्छे
आत्मबिस्वास घटेपछि रातो पनि सेतो देख्छ
साँगुरिन्छ बिचार जब साँध सिमाना छेक्छ मान्छे !
भोकलाइ नुन मानिदिदा के फरक पर्छ?
बैगुनिलाई गुण मानिदिदा क फरक फर्छ ?
संका गर्दै सुनभित्र पित्तल खोज्छ मान्छे,
पित्तललाइ सुन मानिदिदा के फरक पर्छ ?
ठ्वाकठुक्क पर्दा पनि कुरा मिठो भो
बादल झैँ बर्षिदा पनि कुरा मिठो भो
नाचिने झैँ गर्दै छ आज ढुकढुकि मुटुले
टाढा बसाइ सर्दा पनि कुरा मिठो भो!!
हरेक रात सपनिले तिमीतिरै लगिरह्यो
ब्युझिएर भेट्न चाहें समयले ठगिरह्यो
धर्यताको बाध फुट्छ देब्रेपाटो संधै दुख्छ
प्रिय तिम्रो सम्झनामा संधै आँशु बगिरह्यो !!
ब्युझिएर भेट्न चाहें समयले ठगिरह्यो
धर्यताको बाध फुट्छ देब्रेपाटो संधै दुख्छ
प्रिय तिम्रो सम्झनामा संधै आँशु बगिरह्यो !!
कल्पना गिरी भावुक 
कविता
कविता
साहित्यकी ढुकढुकी वानीरा गिरी
प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु सम्म वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा पराग बनेर उभिरह्यौ !
हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ !
वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति बनेर
पालामा हैन मनमुटुमा दिप बनेर उजेलियौ र उभिरह्यौ !
शब्दका सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौआदरणीय र सम्माननीय प्यारी वानीरा
तिमी नेपाली भाषा बोलिने धर्तिभरि
मुस्कुरायौ र फुलीरह्यौ !
कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!
साहित्यकी ढुकढुकी वानीरा गिरी
प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु सम्म वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा पराग बनेर उभिरह्यौ !
हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ !
वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति बनेर
पालामा हैन मनमुटुमा दिप बनेर उजेलियौ र उभिरह्यौ !
शब्दका सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौआदरणीय र सम्माननीय प्यारी वानीरा
तिमी नेपाली भाषा बोलिने धर्तिभरि
मुस्कुरायौ र फुलीरह्यौ !
कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!
Subscribe to:
Comments (Atom)


 
