निरास हुँदै कुरि राथे ,मेरै दाइ की साली रहिछौ।।
लोभ्याउने हाँसो तिम्रो, मृग नयनी सुन्दर आँखा,
कोमलता कि धनी तिमी, सुन्दरताकी डाली रहिछौ ll
बत्तिस लक्षण युक्त भइ ,गुणै गुणले सजिएकी,
छेउमा आएँ सुन्दै बुझ्दै ,तिमी सब्की ताली रहिछौ।।
उमेर पनि भन्दै थियो,जिबन साथी खोज भनि,
मलाई पर्खे जस्तो लाग्यो,तिमी साचै खाली रहिछौ।।
जान्नन् आँखा अन्त कतै,तिम्रो तस्वीर भन्दा बाहेक,
ज्योतिष हेर्दा थाहा भयो,मेरै बाग कि माली रहिछौ।।
तस्वीर हेर्दा गोरी देख्थे,मान्छे भने काली रहिछौ,
निरास् हुँदै कुरि राथे ,मेरै दाइ की साली रहिछौ।।

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment