कुर्सी खोस्दै वेला गयो, नियम कानून् लेख्न सकेनौ ।।
खोज्यौ आफ्नै स्वर्ग मात्र, जनता भए नर्क बासी
नारा दियौ स्वर्ग देश, अशान्तीलाई छेक्न सकेनौ ।।
बानी पर्यो लुटि खाने, लगाइ बाली बिक्रितीकै
रित्तिए'नि राष्ट्र धन, विकास सिँडी टेक्न सकेनौ ।।
हेर आज मेची काली, गुहार मागि रोइ रा'छ
घाऊ माथी नाँच्न जान्यौ, मलम दलि सेक्न सकेनौ ।।
आज तिम्रै सत्कर्मले, जंगल बासी नाम पायौँ
विश्व पुग्यो हेर कहाँ?, पुच्छर सुद्ध भेट्न सकेनौ ।।
सकारात्मक सुझाबको प्रतिक्षामा .........
कल्पना गिरी (काली)
No comments:
Post a Comment