हे पैसा वाला दाइ अधुरो सपनाले रुवायो हामि सबै लाइ===
घर्,बारी धितो राखी ॠण जमाएर,,
परिवार खुशी राक्छु धन कमाएर,,
भन्दै हिंडे मन बाटै रमाइ, अधुरो सपनाले रुवायो हामी सबैलाइ ।।
आमा तिम्रो चोली फेर्छु,बाबा तिम्रो भोटो,,
आसिर्बाद दिनुस् मलाई घामले डाडा काट्यो,,
हतार गरे लाहुरे हुनलाइ, अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।
बैनी तिम्रो किताब किन्छु श्रीमती लाइ साडि,,
धन कमाइ कर्जा तिरि ल्याउछु कोठे बारी,,
यस्तै आसा बोकेर जानेलाइ, अधुरो सपनाले रुवायो हामी सबै लाइ।।
चालिस् डिग्री ताप सँगै छ्त्रे क्यापको भर्मा,,
अहिले सम्मा केही पठाउन पाको छैन घरमा,,
छाडी आए लाला र बाला लाइ,, अधुरो सपना ले रुवायो हामी सबै लाइ ।।
सुखा तलब्, दुख धेरै छैन कुनै आस,,
अपूर्ण छ जीवन मेरो सधैं रित्तो बास,,
सम्झी बस्छु नेपाल आमा लाइ,, अधुरो सपनाले रुवायो हामी सबैलाइ ।।
भाग्य एस्तई हो की मेरो समय को खेला,,
इश्वोर तिमी साक्षात भए नगर न झेल
कति पुजु देवी र देउतालाइ,, अधुरो सपना ले रुवायो हामी सबैलाइ ।।
घर जान मनलाग्छ पैसा छैन साथम,,
जती भको खेतबारी पर्यो साहुको हात्मा,,
ॠण बोकी आएछु रुनलाइ,, अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।
मात्रीभुमी आमालाइ सम्झी आसु झर्यो,,
देश को हालत बिगृनाले बिदेसिनु पर्यो,,
छैन सुख बिदेस जानेलाइ,, अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।
KALPANA GIRI==ISREAL~~NAMASKAAR~~

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment