मुक्तक
सबै खुशिहरुले हसाउँदैनन् 
सबै फूलहरुनी बासाउँदैनन् 
 सच्चा प्रेम सधै अमर हुन्छ 
सबै प्रेमीहरुले फसाउंदैनन् !!
गजल१२१ मिठो बोले गालि रे यस्तै सुने आज
गजल
मिठो बोले गालि रे यस्तै सुने आज
तितो बोले तालि रे यस्तै सुने आज
झुटो खेति सप्रेछि किन चाहियो नाता
सत्य बोल्ने जालि रे यस्तै सुने आज
धनि सुत्ने नोट माथि सुनको घर छ रे
गरिबको घर नाली रे यस्तै सुने आज
स्टार पप डान्स र डिस्को भन्छन हुने
नहुनेको खालि रे यस्तै सुने आज
तिम्रो नेपाल देश हैन बन्करको खेति
र बिग्रेको बालि रे यस्तै सुने आज !
कल्पना भावुक
गजल~ 120 सपना पिएर बाँच्नुछ जिन्दगीमा
गजल
सपना पिएर बाँच्नुछ जिन्दगीमा
चाहाना सिएर बाँच्नुछ जिन्दगीमा !
.
चाहेको  गुलाब अर्कैले सिउरी दिँदा
काँडा नै लिएर बाँच्नुछ जिन्दगीमा !
.
बिर्सन सक्दिन छ तस्बिर आँखाभरी
यादमा खिएर बाँच्नुछ जिन्दगीमा !
.
यात्रा हो जिन्दगी मोडियोस त्यो मन एतै
सम्झना दिएर बाँच्नुछ जिन्दगीमा !
.
कल्पना भावुक
गजल ~119 बाँचुन्जेली जीन्दगीकै दासहुनु पर्छ
गजल ~ हुनु पर्छ 
बाँचुन्जेली जीन्दगीकै  दास हुनु पर्छ !
निरास हैन बाच्नलाई आश  हुनु पर्छ !
सर्बब्यापी कृतिमान छ भन्छन जीवित छ 
जीवित भए  एकमुठी  सास हुनु पर्छ !
बाच्नेहरु उखान जोडी  मर्ने रहर गर्छन  
मर्नलाइ'त प्राण उडी लास   हुनु पर्छ !
माया भन्ने शब्दलाइ दिन्छन सस्तो मूल्य  
मायालु त मुटु  भित्र  खास  हुनु  पर्छ !
कृतिम मुस्कान प्रसारणमा ब्यापार बढ्दैन है 
सुख  किन्न  मनको कालो  नास  हुनु पर्छ !
कल्पना भावुक 
गजल ~188 नजर भन्दा पर डुल्नु हुँदैनरे ! .
गजल ~
बिना   अनुमती   फूल्नु    हुँदैनरे !
नजर   भन्दा पर   डुल्नु   हुँदैनरे !
.
चुम्छ   भमराले   रस     देखेपछी
मिठो   बैश बोकी   झुल्नु   हुँदैनरे !
.
प्रेमको   परिभाषा   थाहा  नपाइकन  
मिलाई   मनमुटु   घुल्नु    हुँदैनरे !
.
भन्छ   तँ स्त्रीहोस्    दुस्ट  भगवानले
इछ्या   दबाउनु रे    खुल्नु  हुँदैन रे !
कल्पना भावुक 
नारी ~117 रुपियामा बेचिएकी माटो हैनन् नारी
नारी 
रुपियामा बेचिएकी माटो हैनन् नारी
मनलागि कुल्ची हिड्ने बाटो हैनन् नारी !
,
मन दिए माया दिन्छिन जीबन दिए साथ
बल्झिबल्झी दुखि दिने खाटो हैनन् नारी !
,
गाँस काटि भोक मेट्छिन् सबै खुशी पार्छिन
आफ्ना खुशी पिसिरहने जाँतो हैनन् नारी !
,
आमा छोरी बुहारिको सबै स्थान लिन्छिन 
च्यातिएर फेर्नु पर्ने गातो हैनन् नारी !
,
जन्म घर कर्म घर टुट्न दिन्नन् नाता 
खिया लागि चुइने टिनको पातो हैनन् नारी !
,
कल्पना भावुक 
गजल~116 जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
गजल
अन्जानमा समिप थियौ जानेपछी टाढा भयौ 
जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
.
मेला थियो सौन्दर्यको थियो मोल सम्पतिको 
हजारौमा तिमी अशल  छानेपछी टाढा भयौ !
.
समयको खेल होकि   नियतिले ठग्यो कुन्नि 
भनेजति  सबै कुरा    मानेपछी टाढा  भयौ ! 
.
साचै स्वार्थ भनु यात ढुङ्गा थियो छातीभित्र 
काँडा हैन फूलले नै   हानेपछी  टाढा भयौ !
.
कल्पना भावुक
गीत ~13 प्रिय तिम्रो चिठ्ठी पढ्दा
गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा
प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
तिम्रो खुशी खोजि हिड्दा समुन्द्र नै तरें
परिवारको सम्झनामा पटक  पटक मरें
चन्द्रमामा ग्रहण लाग्नु दोष मेरो देख्यौ 
ढुङ्गाको मन रैछ अनि कठोर हुँदै लेख्यौ !
सबै कुरा तिम्ले मात्रै भने जस्तो हुन्न 
बिदेसीको गुलाम् हुँदा कस्को मन रुन्न 
सबै पराइ सम्झी भन्थेँ तिमी  मेरो रैछौ 
भ्रम  रैछ यी आँखाको अर्कैको पो भैछौ !
प्रिय तिम्रो चिठ्ठी पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
kalpana bhaawuk 
गीत ~22 एकैनास बगे हुन्थ्यो पिरतिको खोला !
गीत ~
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !
भेल बाढि चल्न थाले भेट होला न होला!
.
आँखाभरि  सजाउँछु,  मुटुभित्र  साँच्छु  
अधेरीमा  पर्न दिन्न, जून संगै  राख्छु 
यस्ता कसम नखाएनी, प्रेम अमर होला 
एकैनास बगे हुन्थ्यो,  पिरतीको खोला  !
.
पारीजात  नहोस बरु, नहोस सुनाखरी 
आँसु हाँसो  मिसिएर, रहोस सधैं भरि 
दुख सुख बाँच्न पाए, कस्तो हुन्थ्यो होला 
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !
कल्पना भावुक 
गीत ~21 कस्तो होला सम्झनाको भारि बिसाउँदा
गीत 
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुशी सिरानीमा  माया  मिसाउँदा !
.
रहरहरु लाजाउलान नजर थोरै झुक्ला 
चाहनाको होडबाजीमा बोलि थोरै रुक्ला 
मैले थोरै घुर्क्याउँदा  तिमी  रिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुसी सिरानीमा  माया  मिसाउँदा !
.
पिरतिका  आभाहरु  मुहारमा पार्दै 
अंगालोमा खुशी पोखि हर्ष आँसु झार्दै 
पोखिएका आँसु माथि चुम्बन मिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कल्पना भावुक 
गीत 20 ~जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
गीत ~~
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
भाचिनु'नि  पर्छ जीबन  टुट्नु पनि  पर्छ 
हास्नु पनि  पर्छ जीबन  दुख्नु  पनि  पर्छ 
सुनौला ति  सपनालाई  कसले छेक्या छर 
जीबन संधै  काँडा हुन्छ  कहाँ लेख्या  छर .....
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
सबै सपना  बालुवाको  घर मात्र   हुन्नन् 
आँसु जति  झारेपनि तिनले  दुख  धुन्नन 
सहज बाटो  मात्र यहाँ  कस्ले  टेक्या  छर 
जीबन संधै  काँडा हुन्छ  कहाँ लेख्या  छर .....
ओइलेपछि   रुने फूल  कस्ले देख्या  छर 
जीबन संधै   काँडा हुन्छ  कहाँ लेख्या छर .....
 कल्पना गिरी 'भावुक'
   इजरायल 
फूल भित्र खोजेँ अनि
फूल भित्र  खोजेँ अनि  पात माथी  खोजेँ मैले
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
नभेटेर सुवास त्यो उही काँडा रोजे मैले !
माया दिने  मन होरे  मन'त सफा  हुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
चोखो माया जस्ले दिन्छ उस्ले दिल छुन्छ भन्थे
भावनामा  किन बेर्थई  बहकिनु  सोचें मैले
नभेटेर लहरमा उही किनार रोजें मैले !
नभेटेर लहरमा उही किनार रोजें मैले !
दोबाटोको  यात्री हुँ म  एक्लै यात्रा  गरिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
ढुंगा माटो साथी मेरा उसकै भर परिदिन्छु
अँधेरीमै  रम्ने सधै  जिन्दगानी  सोचे मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
तारालाई पन्साएर जूनकीरी नै रोजें मैले
कल्पना भावुक 
गीत १९ कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
गीत 
कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
बालुवामा  फुल्नु  पर्ने रैछ  जिन्दगानी !पानी पनि रून थाल्छ बादल हुन पुग्दा
फेरी उस्तै खुशी हुन्छ धर्ति छुन पुग्दा
किन गर्नु जिन्दगीमा संधै आनाकानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
सुकिजाने शित पनि हाँस्छ फूल छुँदा
बगर पनि सुसाउँछ खोला नदि हुँदा
एकपल्टको जिन्दगी हो गरौँ मनोमानी
बालुवामा फुल्नु पर्ने रैछ जिन्दगानी !
कल्पना भावुक इजरायल
मुक्तक
मुक्तक 
सोच्ने शक्ति जस्तो हुन्छ उस्तै संसार देख्छ मान्छे
मन मुटु छाम्न दियो टाउकोमा टेक्छ मान्छे
आत्मबिस्वास घटेपछि रातो पनि सेतो देख्छ
साँगुरिन्छ बिचार जब साँध सिमाना छेक्छ मान्छे !
भोकलाइ नुन मानिदिदा के फरक पर्छ?
बैगुनिलाई गुण मानिदिदा क फरक फर्छ ?
संका गर्दै सुनभित्र पित्तल खोज्छ मान्छे,
पित्तललाइ सुन मानिदिदा के फरक पर्छ ?
ठ्वाकठुक्क पर्दा पनि कुरा मिठो भो
बादल झैँ बर्षिदा पनि कुरा मिठो भो
नाचिने झैँ गर्दै छ आज ढुकढुकि मुटुले
टाढा बसाइ सर्दा पनि कुरा मिठो भो!!
मन मुटु छाम्न दियो टाउकोमा टेक्छ मान्छे
आत्मबिस्वास घटेपछि रातो पनि सेतो देख्छ
साँगुरिन्छ बिचार जब साँध सिमाना छेक्छ मान्छे !
भोकलाइ नुन मानिदिदा के फरक पर्छ?
बैगुनिलाई गुण मानिदिदा क फरक फर्छ ?
संका गर्दै सुनभित्र पित्तल खोज्छ मान्छे,
पित्तललाइ सुन मानिदिदा के फरक पर्छ ?
ठ्वाकठुक्क पर्दा पनि कुरा मिठो भो
बादल झैँ बर्षिदा पनि कुरा मिठो भो
नाचिने झैँ गर्दै छ आज ढुकढुकि मुटुले
टाढा बसाइ सर्दा पनि कुरा मिठो भो!!
हरेक रात सपनिले तिमीतिरै लगिरह्यो
ब्युझिएर भेट्न चाहें समयले ठगिरह्यो
धर्यताको बाध फुट्छ देब्रेपाटो संधै दुख्छ
प्रिय तिम्रो सम्झनामा संधै आँशु बगिरह्यो !!
ब्युझिएर भेट्न चाहें समयले ठगिरह्यो
धर्यताको बाध फुट्छ देब्रेपाटो संधै दुख्छ
प्रिय तिम्रो सम्झनामा संधै आँशु बगिरह्यो !!
कल्पना गिरी भावुक 
कविता
कविता
साहित्यकी ढुकढुकी वानीरा गिरी
प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु सम्म वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा पराग बनेर उभिरह्यौ !
हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ !
वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति बनेर
पालामा हैन मनमुटुमा दिप बनेर उजेलियौ र उभिरह्यौ !
शब्दका सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौआदरणीय र सम्माननीय प्यारी वानीरा
तिमी नेपाली भाषा बोलिने धर्तिभरि
मुस्कुरायौ र फुलीरह्यौ !
कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!
साहित्यकी ढुकढुकी वानीरा गिरी
प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु सम्म वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा पराग बनेर उभिरह्यौ !
हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ !
वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति बनेर
पालामा हैन मनमुटुमा दिप बनेर उजेलियौ र उभिरह्यौ !
शब्दका सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौआदरणीय र सम्माननीय प्यारी वानीरा
तिमी नेपाली भाषा बोलिने धर्तिभरि
मुस्कुरायौ र फुलीरह्यौ !
कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!
गजल ११५ गरिब छ
गरिब छ 
दुर्गन्ध छ अफ्ठ्यारो छ बाटो गरिब छ
रुखो अनि खडेरी छ माटो गरिब छ !
रुखो अनि खडेरी छ माटो गरिब छ !
शिशिर छ र तुसारो छ छैन बसन्त
नफेरिने जिन्दगीको पाटो गरिब छ !
नफेरिने जिन्दगीको पाटो गरिब छ !
गग्रेटो छ  गाग्री  छैन टाढा  पधेरो
अमुक छ बोल्दैन उ लाटो गरिब छ!
सरिर आफै बिझाउँछ ओढ्ने हुँदैन
मध्यान्नामै देक्छ तारा छानो गरिब छ !
अमुक छ बोल्दैन उ लाटो गरिब छ!
सरिर आफै बिझाउँछ ओढ्ने हुँदैन
मध्यान्नामै देक्छ तारा छानो गरिब छ !
गजल ११४ सपनाका तात लागि
सपनाका तात लागि 
सपनाका तांतलागि किन आउछ संधै राति
मेरा लागि बिपना नै बनेको छ प्रिय साथी !
धर्तिकै छ माया मोह थामेको छ मेरो वजन 
पानी हुँदै झर्छु बरु उड्नु छैन बादल माथि !
मान्छे न हो बोल्दै जाँदा धेरैथोरै गल्ति हुन्छ  
झुट बोलेर  जित्नु भन्दा  नबोलेरै  हार्न जाति 
निभ्नु रैछ मनको दिप उत्ताउलो चमक थियो 
हाँसिहाँसी बिदा दिन्छु हुदिन म बिस्वासघाति
जिब्रो न हो तितो मिठो अशल खराब सबै लिन्छ 
बेस्वाद अनि बेमज्जाले  चाख्छ स्वाद नानाभाती
सत्य कथामा आधारित कथा मेरी आदी ९
आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन ! बोलि मधुरो अस्पस्ट अनि  अनुहार रातो देखिन्छ! आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको! म यता उता गर्दै समय काटिरहेकी छु! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाइ सुनाउना निक्कै आतुर छु!
             नर्शले बोलाइन  र रुममा जाने आदेस दिईन ! म  रूममा पसेंर   बजैलाई सोंधे, भोक लाग्यो? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ  उनि खाँदै भन्छिन नेपाल फोन गरिस त? अह, किन? बुथमा अघिदेखि  एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौ  अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु !
             दिउसोको खाना पछी सबै बिरामिले  बिश्राम   गर्ने हुँदा म पनि बजुलाइ बिस्तारामा पल्टाएर फेरी बाहिर निस्किएँ ! अनि उहि अघिको बुथ ( फोन गर्ने ठाउँ) तिर लम्कियें !त्यो मोटे अझै बोलिरहेकै थियो मलाई मनमनै रिस उठ्यो  हैन यसले यो बुथ यसको ससुराली बाट दाइजो ल्याको होकी के हो? कति यहि मात्र बोलि रहन्छ? गएर झपारौ जस्तो पनि नलागेको कहाँ हो र? तर  पनि धैर्यता गर्दै एउटा बेन्चमा गएर प्रतिक्षा गर्न थालें ! उता नेपालमा  पाँच बजिसकेको थियो ! यहि बेलामा बोल्न पाएदेखि बाबु छोरा सबै संग बोल्न सकिन्थ्यो नत्र एकछिनमा त सानो छोरो  सुतिहाल्छ मैले फेरी उसको बोलि सुन्न भोलि पर्खनु पर्ने हुन्छ नत्र...मन हतारिएर खप्नु भएको छैन उता मोटेले बुथ छाडेको छैन यहाँ नया छु आजै बजुलाई लिएर  हस्पिटल आएकी छु!
            कुर्दाकुर्दै  चार बजिसकेछ  अब त नेपालमा रातको आठ पनि बजिसक्यो  बाबुहरू पनि सुतिसके होला मन त्यसै निरास र अमिलो भएको छ!  बेलाबेलामा बजुलाई पनि हेर्न जानु पर्ने हुँदा कोठा भित्र पसेर के निस्केकी थिएँ फोन त फिलिपिनीको हातमा माछो नउम्कियोस भनेर समय झैँ दुइ हात मजबुत छन्  ! उफ्फ़ आज मेरो दिन बिग्रेकै हुनुपर्छ! सायद मेरो बोल्ने साइत जुरेकै  छैन ऊ मस्त  कुरा गरिरहेकी छ ! सायद उ पनि मेरा जस्तै साना साना बाबुनानिहरु संग बोल्दै होलि र त आफ्नै सुरतालमा पिंजडा बाट  छुटेको चरी झैँ एकसुरमा  दाँया बाँया नहेरी  काखैमा नानि राखे झैं बेला बेला किस गर्दै बोलीको ब्रेक लगाउंदै छ !  अब भने मलाई बन्दै रिष उठेन भक्कानिएर रुन मन लाग्यो! मोबाइलबाट गर्नलाइ  ब्यालेन्स छैन! एउटा भएको बुथ प्याक छ! निरास भएर झोक्रिदै बेन्चमा बसे ! एकोहोरो नेपाल मात्रै सम्झना आयो परिवार संग रमाएर बसेका दिन देखि बिदा भएर हिंडेका बेलासम्मलाइ सम्झिन पुगिछु! बसेकै ठाउँमा घुक्क घुक्क गरेको आवाजले कसैले भन्यो किन रोएको के भयो ? कता कता लाज पनि लाग्यो र हतार  हतार उठेर बाथरुममा पसें अनि ऐना अगाडी आफ्नै अनुहार हेरेर बेसरी रोएँ!
          भोलि पल्ट बिहानको नास्ता खाएपछि बजुलाई भनेर  बुथमा आएँ आश्चर्य के भने तेहि  हिजोको मोटे सुक्क सुक्क गर्दै फोन समातेर रुँदै रहेछ! सोंचे, यो म भन्दा पनि निक्कै दुखेको छ यसलाई कसले घात गर्यो?  या यो किन सल्लो सुसाए झैँ सुस्ताउंदै खडेरीको मूल फुटे झैँ आँखाबाट मोतीको सागर बगाउँदैछ  ? मेरो मनमा खुल्दुली मच्चियो जान्ने उत्सुकताले म उसको छेउसम्म तानिएँ !उसले पुलुक्क मलाई हेर्यो  म खिस्स बनावटि हाँशो हाँसे !
           नमस्ते! उसले पनि नमस्ते फर्कायो!  मैले सोधें  म तपाइलाई हिजो बाट  नियाली रहेकिछु! तपाई हिजो पनि एसरि नै रुनु हुँदै थियो र  आज पनि रुँदै हुनुहुन्छ ! तपाई त छोरा मान्छे सार्वजनिक ठाउमा यसरि रुँनुको बजाय के होला जान्न सक्छु? उ मौन बन्यो र बाइ पनि नभनी फोन बुथमा अड्काएर म भएतिर फर्कियो !
तपाइ कहाँ बाट आउनु भएको?
नेपालबाट !
यहाँ के काम गर्नु हुन्छ?
कियरगिभर्को काम गर्छु!
आएको कति भयो?
तिन बर्ष !
अझै कति बस्नु हुन्छ ?
थाहा छैन 
बिबाहित?
हजुर!
श्रीमान कहाँ हुनुहुन्छ?
नेपालमै !
बालबच्चा ?
दुइटा छोरा !
को संग छन्?
उहाले नै हेर्नु हुन्छ !
तपाइलाई  उनि हरुको याद आउँदैन?
मलाई झनक्क रिष पनि उठ्यो २४ घण्टा उनीहरुकै यादमा डुबेको कसले देख्ने ?पल पल कोल्टे फेर्दा  झरेका आँशुको कथा यहि मनलाइ मात्र थाहाछ यो कस्तो जिन्दगी ! प्रश्न गर्नलाई पैसा पनि नचाहिने रहेछ नत्र त्यसले यो मुटुमा तिर लाग्ने गरि किन यो प्रश्न गर्थ्यो? मनमनै सोंचे अनि आफुलाई समाल्दै मैले भने त्यहि याद आएरत हिजो बाट  यो बुथमा आँखा तन्काइरहेकि छु तपाईले बोल्न दिनु भएकै हैन! म रुखो आवाजमा उत्तर दिन्छु ! उ फेरी कुरा अघि बढाउँछ र भन्छ कति बर्षकि  हुनु भो? किन चाहियो ? तपाई मेरो इन्टरभिउ लिंदै हुनुहुन्छ हो?  हैन किन रिसाको? भन्न मिल्दैन भने नभन्नुस ! म केहि बेरको मौनता पछी उत्तर दिन्छु ३४ बर्ष ! बाबुहरुनी कत्रा कत्रा छन्? एउटा १२ बर्षको र अर्को 6 बर्षको !कति चाडै बिहे गर्नु भएछ है, कठैबरी सानै रहेछन आमाको कति याद आउँदो हो साथिले आमा भनेर बोलाउंदा पनि सपना झैँ लाग्दो हो तिनीहरुलाई  ति निर्दोष आँखाले  आमाको ममता कति खोज्दाहुन् कति निस्ठुरी है तपाई ? उसको यो प्रश्नले म झस्किएँ मेरो मन बिथोलियो र  आँखा रसाए! मैले कठोर हुँदै भने उनीहरुकै उज्वल भविस्यको खातिर म यहाँ संघर्ष गर्दैछु यो मेरो रहर हैन मेरो बाध्यता हो बुझ्नु भो ? अनि दाया बाया नजर लगाएर यसो उ भएतिर हेरेको त उ त झन् बर्बरी आँशु झार्दै निगुर्मुन्टि न भएर बसेको रहेछ!  मैले भने किन रुनु भएको ? तपाइभित्र कस्तो पींडा छ ? जो तपाइले जतिबेलै आँशु झारिरहनु पर्छ?  म अब उ तिर फर्किएँ र सोध्न लागें ! उ उत्तर नदिकन बसिरहेको थियो दुइटा प्रहरी आएर उसलाई लिएर रुम भित्र छिरे ए दाइ सुन्नुस न तपाइको नाम....?  म उसलाई प्रश्न गर्दै थिएँ नाम पनि जान्न पाइन त्यो मोटेको! साँझ परिसकेको थियो म पनि बजु भएतिर हानिएं मनमा उत्सुकताले  घच्घच्याई रह्यो ....
          नौ बजेको छ बजुको सबै काम सकेर कफीको चुस्की संगै बुथ भएको बेन्चमा बसेर मोटे आउने  प्रतिक्षामा नजर दौडाइ रहेकी छु नभन्दै उ ह्वीलचियरका पांग्रा दुवै हातले गुड्काउँदै बुथ भएतिर आयो साथमा दुइ प्रहरी आएका छन! म बिस्तारै मोटे भएतिर लम्किन्छु  नमस्ते ! सन्चै हुनुहुन्छ?  म भेटघाटको औपचारिकता पुरा गर्छु ! नमस्ते भन्दै उ म तिर फर्कियो उसको चेहरा निक्कै उज्यालो छ आँखा निलो गगन झैँ सफा र उत्सुक देखिन्छन! ओठमा मलिन मुस्कान सहित उ मलाई सोच्छ नास्ता  भयो? हजुर भयो तपाइको नि? मेरो पनि भयो उ बोल्छ ! म फेरी प्रश्न गर्छु तपाइको नाम? मुसुक्क हाँसेर भन्यो यतिका चिनजान पछी? एली !
         मलाई उसको आँशुको रहस्य जान्नु थियो उसको जिन्दगी  पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएं  तपाई आज निक्कै खुशी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्छ्हुन्न मलाई थाहा भएन तर तपाई कस्तो पीडा बोकेर  बाच्नु भएको छ भन्न  मिल्छ भने प्लिज....मैले अनुरोध गरें ! उ बर्बराउन थाल्यो ....
          म १८ बर्ष पुरा भएपछी आर्मीमा भर्ति भएं ! लेबनानको र इजरायलको बोडर्मा ट्रेनिंगको लागि लगियो ! तिन बर्ष सम्मको लामो बसाइमा मेरो मित्रता आदि नामकी एक युवती  संग भयो ! उनि पनि ट्रेनिग मै भएकिले हाम्रो भेटघाटका दिनहरु रमाइला र मिठा हुन थाले! यसै क्रममा उनको र मेरो मन मिल्यो! अनि हामीले एकाअर्कासंग जिन्दगी संगै जिउने संगै मर्ने बाचा गरिउ  ! अनि त्यसपछी के भयो? म हतारिनछु ! उनले भने  उनको र मेरो प्रेमले  लगभग छ महिना पार गरिसकेको थियो ! हाम्रो सम्बन्ध सागर भन्दा गहिरो आकास भन्दा फराकिलो भएर मुस्कुराइ रहेको थियो ! हामि एकार्का प्रति धेरै बिस्वास  गर्थ्यौ! एक दिनको कुरा हो  क्याममा उनि र म एक्लै भएको बेलामा हामीले मन मात्र नभएर तन पनि  एकअर्कालाई सहज सुम्पिएका थियौ! उनि टक्क अडिन्छन!  तेस्पछी? म फेरी उनलाई झक्झक्याउंछु ! उनि असाध्यै राम्री थिइन सबैको आँखा उनि माथि पर्थे! मेरो एउटा साथीले उनलाई मन परउदोरहेछ! एकदिन उसले आदिलाई मेरै छेउमा आएर प्रेम प्रस्ताब राख्यो ! आदिले अस्विकार गरिन र मेरो र उनको सम्बन्धको बारेमा भनिन उ निरास भएर फर्कियो !
          दिउसोको खान खाने बेला भएछ तपाई पनि खानुस र म पनि बजुलाई खान दिन्छु यो तपाइको जिबनकहानी भरे पुरा गर्ने है मलाई बोलाइन भनेर म दौडिएँ ! मन भने तेही अल्झीरहेको थियो उनि संगै! दिउँसोको खान पछि  उनि फोन गर्ने निहुँले बुथमा  आए र म पनि बजु सुताएर उनको अगाडी आएर काँन  ठाडा पार्दै बसे ! उनि अघिको कहानी पुरा गर्नतिर लाग्छन!  साँझाको  बेला थियो उनि बेथ कफे  ( कफी पिउन) गएकी थिइन् म उनको प्रतिक्षामा बरण्डा बाट छितिज नियाँलदै  बसिरहेको थिएँ ! मेरो अगाडी उनलाई मन पराउने केटा देखा पर्यो र भन्यो आदि मेरी हो म उसलाई तैले भन्दा बढि माया गर्छु त्यसैले आजै बाट उसलाई हेर्न छाडिदे भनेर धम्कि दियो ! मैले उसलाई सम्झाउने कोसिस गरें उ मुर्ख झैँ उसैका कुरामा अडिक भएर म माथि हातपात गर्न थाल्यो ! उसको र मेरो झगडा निक्कै बेर चलिरहेको थियो खै के के भयो थाहा छैन  मैले एक्कासी आफुलाई हस्पिटलको बेडमा पाएँ मेरो एउटा खुट्टा काटिएको थियो यति भन्दा उसका आँखा टिलपिल भएर भुइमा पोखिसकेका थिए म बाकि काहानी सुन्न हतारिदै थिएँ ! प्लिज भन्नुस न!
             म सानै हुँदा मेरी आमाको निधन भयो आमाको अनुहार धमिलो छाँया जस्तै अलिअलि याद छ! बाबाले अर्की आमा ल्याएर बस्नु भयो !सौतेनी आमाले हेला गरेपछि  म काकाको घरमा गएर बस्न पढ्न थालें ! मलाई पढ भन्ने कोहि थिएन मेरो सुन्दर भविस्यको  कल्पना गर्ने पनि कोहि थिएन जसोतसो दस सम्म पढेर आर्मीमा भर्ति भएँ त्यो पनि आज यो अवस्थामा आफुलाई भेटेको छु खै के भनौ?  सुख दुख बाँडे मन हल्का हुन्छ रे पीडा आँशुले बगाएर लैजान्छ रे त्यसैले नरोक्नुस अब पुरा भन्नुस यो अधुरो कहानिले म बिथोलिंछु एली... मैले भने !  उ बोल्न थाल्यो, साथी र म बिचको झगडाले गोलि सम्म चलेको थियो  मैले हानेको गोलिले उसको छाति वारपार भएर उसले त्यहि जिन्दगी  बिसाएछ म भाग्ने हुँदा माथि बाट  बजारिएर दुवै गोडा काम नलाग्ने गरि...यो अवस्थामा छु! मलाई ज्यान मारेको अभियोगमा जेल चलान गरियो म यो ह्वीलचियरमा बसेको बाह्र बर्ष भयो ! पांच बर्ष देखी क्यान्सर रोघका कारण आधा  मरिसकेको छु!  डाक्टरले दिएको म्याद अब दुइ हप्ता मात्र बाँकि छ!
            यति भनि सक्दा मैले मेरा आँखामा फेवाताल भरिएको चालै पाइनछु उसले नै तिमी  पहिले आँशु पुछ भन्दा पो झसंग भएँ! उनि अघि बोल्दै गए ! मलाई भेट्न आदि आइरहन्छिन! म यो बुथ बाट  धित मरुन्जेल उनि संग कुरा गर्दै रुने गर्छु! उनि जागिर खाने हुँदा संधै आउन पाउदिनन हाम्रो मायाँको चिनो  छोरी छिन तर उनलाई म बाबु हुँ भनेर  थाहा छैन!  किन? म क्यान्सरको रोघी छु भनेर छोरीलाई ढाटेका छौ!  एक त जेलमा त्यसमाथि पनि म मर्दै छु भन्दा उसलाई कस्तो घात पर्ला? सो उनि बिना बाबुकी छोरी भनेर भनेकी छिन उनकी आमाले ! आज आदि अफिस सकिएपछी छोरी लिएर मलाई भेट्न आउदै छिन बिहान म  खुशी हुनुको  कारण त्यहि हो!  डाक्टरले भनेको मेरो स्वस्थस्थिती हिजो भन्दा आज निक्कै बिग्रिसकेको छ रे भोलि यहाँ बाट डिस्चार्ज हुँदै छु! जेलमा छोरी ल्याउदिनन सायद मैले मेरी छोरीलाई देख्न पाउने आज अन्तिम  दिन हो! मैले एक शब्द पनि छोरी भनेर काखमा राख्न नपाइ मर्ने भएँ! आदि रुएर कम्जोर भैसकेकी छन् मैले कत्ति भन्दा पनि उनले बिहे गर्न मानिनन मैले भनेको छु मेरो निधन पछी तिमीले जसरि पनि बिहे गर्नु भनेर तर उनि जवाफ दिन्न !  अब त्यो छोरीलाइ कसरी र कस्तो जिन्दगी दिन्छिन थाहा छैन!  सायद तेस्को जिन्दगी  पनि कतै मेरै जस्तो......उनि संगसंगै म पनि निक्कै बेर  आँशुमा डुबेर आफ्नो स्थान तर्फ लांगे ! भोलि पल्टदेखि त्यो बुथ जतिबेलई खालि हुन्थ्यो तर म गोजीमा काड बोकेरै बसिरहें त्यो दिनबाट हस्पिटल बसाइ दिक्क लाग्दो भयो |
कल्पना भावुक 
इजरायल!
कथा ८
म तेस्तै ११ बर्षकी थिएँ ! बाबा आमाले बसिबियालोको लागि सानो सानो किराना पसल घरमै राख्नु भएको थियो ! जाडोको मौसम पारेर आमाले बिहान बेलुका चिया पनि बनाउनु हुन्थ्यो ! त्यहाँ सामान बेच्ने भन्दा पनि बढी तासको खेल चल्थ्यो! तास खेल्नेहरुले नै चियाको चुस्की धेरै लिने हुँदा पसल राम्रै संग चलेको थियो ! तास खेल्नेहरुमा बुढापाकाहरु नै धेरै थिए त्यसमा पनि मेरो बुबा त नम्बर एक मै पर्नु हुन्थ्यो ! म घरकी सबै भन्दा सानी सदस्य (कान्छी छोरी) !मलाई सानोतिनो काम पालैपालो सबैले अर्हाउने गर्थे,यानेकि म सबैका लागि सजिली रिमोट थिएँ!
           कार्तिक कै बेला हुनु पर्छ! बर्षायामको पसिनाको फल पहेलपुर् भएर खेतबारीमा झुल्दा मेहेनती अनुहारहरु खुशिले गद गद भएर हर्षउल्लासका साथ बिजइ घोषित गर्दै थिय ! हुन पनि किसानलाई त्यो भन्दा ठुलो पुरस्कार के हुन सक्छ र मानो रोपेर मुरी उब्जदै छ अनि वर्षाको भेल संगै बगेका पसिनाका थोपाहरु सुनिला रंगमा रंगिन सफल भएको छ !कोहि धान काट्ने कोहि ओसार्ने कोहि कुनिउ लगाउने कामले कसैलाई फुर्सद थिएन ! भनौ मलाई पनि फुर्सद नै थिएन ! कान्छी खेतमा खाजा पुर्याउन जा है खेतालाहरु भोकाइ सके ,कुनिउ लाउनेहरुलाई चिया लिएर जाजा, पसलमा तास खेल्नेहरुलाई सलाई देन चुरोट खान पर्यो रे, ति बाख्रालाई घाँस हलिदेन भोकले कराई रहेछन, भैसीलाइ पानी खुवाउन लानु पर्ने ,उ साथीहरुले गाईबस्तु खोलेर ल्याएछन बेला गइ सक्यो......यस्तै यस्तै कामहरु हजुरमा देखि लिएर घरका सबै सदस्यले मलाई रिमोट सम्झेर अह्राउन  ! सानी थिएँ सबैकि सजिली थिएँ भ्यासम्म गर्थें पनि ! ठुला मान्छे ठुलै काममा व्यस्त हुने हुँदा म नै थिएँ सबैका लागि एक मात्र रिमोट जसलाई जता मन लाग्यो उतै घुमाउन सजिलो सामग्री ! ठुला मान्छेले साना मान्छेलाई अह्राउन कति सजिलो छ है हाम्रो समाजमा ?
            एक दिन हाम्रो घरमा धानको दाइं हाल्ने धमाधम थियो! घरका सदस्य आआफ्नै तालमा आआफ्नो काम गर्न व्यस्त थिए! मेरो भागमा दाइमा गोरु धपाउने परेको थियो ! बिहान देखि गोरुका पछिपछी हिड्दा गलेर भुतुक्क भै सकेकी म साँझको पाच बजिसक्दा पनि दाइ सकिएकै थिएन! एकोहोरो बाटो हिड्ने हो भने निक्कै लामो यात्रा थकित यात्री हुने थिएं  म   तर पनि त्यो  काम काम मै गनिदैनथ्यो! जून काम सानामान्छेले गर्छन ठुलाका लागि त्यो काम नै नहुने रहेछ उफ्फ़ .... आगन भरि सुकुल ओछ्याईएको थियो ! सबै बुढापाकाहरु तासमा मस्त थिए ! आमाले कल बाट पानी ल्याउन अर्हाउनु भयो ! म पनि चुपलागेर गाग्री बोकेर आगनमा गएँ र पानी भर्न थालें ! दिनभरिको गोरु धपाईले गलेर भुतुक्क भएकि म यति पानी लगेर खाना खान्छु र सुत्छु भनेर सोच्दै गाग्री बोकेर अघि बढें ! ख्यालै गरिनछु जुंगे (दर्जी) दाइ बसेकै सुकुल टेकेर पानी बोकेर गएछु ! माथि पानी पुर्याएर राख्न पनि भ्याएकी थिइन सिर्कनो सवाट पिडुलामा बर्सिदा तोरीका फूल देखे मैले! बिजुली चम्केको आभास भयो !यसो पछाडी फर्खेर हेरेको त त्यहाँ दमाइ बसेको देखिनस? तेही सुकुल टेकेर हिड्नु पर्छ ? भनेर बुबाले कडकिदा पो बल्ल मैले थाहा पाएँ म किन कुटाइ खाँदैछु भनेर !
           ति जुंगे दाइले सुनेर के सोचे होला ? उनि पनि त मान्छे नै हुन् नि, मेरो मनले यस्तै भन्न थाल्यो! सबै खाना खाएर सुत्न गए आमा भने मैले नखादा निक्कै दुखि भएर मलाई सम्झाई रहनु भएको थियो! आमाको मन न हो छोराछोरी भोकै बसेको कहाँ देख्न सक्छ र ! म निक्कै जिद्दी थिएँ मैले खान मानिन र भोकै सुतें !निन्द्रा परेन मनमा एककिसिमको सोचले गाजिरह्यो ! अस्ति म उनका घरमा लुगा लिन जाँदा भाउजुले मलाई चिया र पाउरोटी खाने भनेर सोधिन र खाएकी पनि थिएँ! यो कुरा बुबाले थाहा पाउनु भयो भने? मेरी स्कुलकी साथी पनि हाम्रो समाजको नजरमा सानै जातकी हो, उ संग त जुठो पनि चल्छ मेरो , मैले कति पटक उसका घरमा खाना खाएकिछु, उ मेरी मिल्ने साथी म उसलाई म जस्तै देख्छु उसको र मेरो सरिर पनि उस्तै छ मात्र म भन्दा अलिक मोटि छ! उ र म बिचको फरक भनेको ओजनमा दुइ चार किलो तल माथि हौला बस... तिनै जुंगे दाइले सिलाएको लुगा हाम्रा बाबाले पनि लाउछन, आमा पनि तिनै लुगा लगाएर खाना पकाउनु हुन्छ मैले के गल्ति गरे? म आधा रातसम्म सुतिन यस्तै के के सोचिरहें खै कति बेला निधाएं थाहा छैन !
            जुगे दाइका बारीमा रायोको साग लह लह थियो! आमाले जुगेनी भाउजुलाई सागको कुरा गर्नु भएको रहेछ भोलिपल्ट मलाई साग लिन पठाइयो ! तिनै दाइका बारीमा फलेको साग पकाएर आमाले सबैलाई खाना खान बोलाउनु भयो! सबै खान बसेकै बेला मैले भने त्यो साग त सुँगुरको खोर छेउमा लिदी भएको ठाउबाट टिपेर दिनु भएको हो भाउजुले ! साग टिप्दा भाउजुले सुँगुर पनि छुनु भएको थियो त्यो सागले त सुँगुर पनि छोएको छ म हिजोको रिष पोख्न थालें ! बुबाले नकराइकन भात खान आदेश दिनु भयो ! ठण्डीको बेलामा भेटेको रायोको साग कतिमिठो मानेर भात संग बुजा हाल्दै थिए  सबैजना तर म चुप भइन ! हिजोको कुटाइले मेरो दिल धेरै दुखेको थियो त्यसैले म  बोल्न थालें! उनीहरुले सिलाको लुगा लाउन हुने,बारीको साग खान हुने ,संगै बस्न बोल्न हुने छोएको खान किन नहुने? मलाई किन पिट्नु भएको ? म ठुली भएपछी दमाइ संगै बिहे गर्छु अनि बल्ल ठिक्क हुन्छ भनेर मुख चलाउन लागें ! बुबाले फेरिपनि मलाई थप्पड लाउनु भयो त्यसपछि म आँशुका ढिका बर्बरी झार्दै बिना अवाज रुना थालें  ! त्यो ठुलो हातको झापड यो सानो गलामा पांच औलाको छाप र दुखाइ दिलसम्म पुगेको थियो ! मलाई त्यो दिन एउटा सोचाइ आयो यो सोच बाट इनिहरुलाई बाहिर निकालेरै छाड्छु केहि थोरै भएपनि परिवर्तन गरेरै छाड्छु !
           छुवाछुतको पर्खाल मैले यसरि भत्काएं कि   मेरा अलिक टाढाका साथीहरुलाई अरु नै जातको हौँ भन है भनेर घरमा ल्याउने संगै खाने र संगै  सुत्ने गर्न थालें! त्यो कुरा कसैलाई पनि थाहा भएँन ! म भित्र भित्रै खुशी हुन्थें र जुन बेला उहाहरुले थाहा पाउनु भयो त्यो बेला म ठुली भैसकेकी थिएँ! छोएको नखाएपनि घरमा पस्न र बस्न छुट दिन थालेका थिए !जो होचो उसका मुखमा घोचो भने झैँ मान्छेले आफु भित्र भएको रिषको आवेग पोख्ने ठाउँ सानै मान्छे हुँदो रहेछ यो पाठ पनि मैले तेही बेला सिके !
         रुढिबादी समाजका पुराना मान्छेमा अझै पनि यो भ्रम छदै छ! सानो जातले छोएको खान हुन्न  बिवाह गर्न हुन्न भनेर !मेरो घरमा आफ्नै नाता भित्रका मेरा दाइले तिनै सानो जातकी भाउजु ल्याउदा दाइको घरपरिवारमा निक्कै ठुलो रडाको मच्चिएको थियो! घर बाट उनिहरुलाई निकालिएको थियो ! दशैँ तिहारमा पनि दाजु भाउजु एक्लै भएका थिए! मलाई यो देखेर साह्रै नरमाइलो लागिरहन्थ्यो! ति भाउजुको बोलि ब्यबहार कति मिठो थियो तर सबैले सानो जातकी भनेर हेला गर्थे! म उहाहरूकैमा दशैको टिका थाप्न जान्थे तिहारमा दुबो र तेलले छेकेर दाजु भाउजुलाई टिका लागाइदिंथे भाउजु मलाई देखेर खुशी हुनुहुन्थ्यो र म वहाको खुशी देखेर आनन्दित हुन्थे ! तिनै भाउजु हुन् जसले मलाई आफ्नो खुट्टामा आफै उभिन सिकाएकी छिन ! आत्मनिर्भर हुन सहायोग  गरेकी छिन!
         मेरी भाउजु आज  दुवै किड्नी फेल भएर नाजुक अवस्थामा छिन ! किड्नी tranesfar गर्नु पर्ने अवस्था आएको छ! मैले गर्ने सहयोग त छदै छ तर तिम्रो यो अवस्था सुनेर म धेरै दुखि छु भाउजु !
        म हरेक दिन भगवान संग प्राथना गर्छु यति राम्रो मन र बिचार भएकी मेरी भाउजुलाई अझै बाच्न देउ  भगवान!  लान्छौ भने त्यस्ता खराब मान्छेलाई लैजाउ जो समाजमा  घमण्ड र अहंकारले  ठुलो हुँभन्ने  भ्रम फिजाएर गरिब र असहाय प्रति अन्याय गरिरहेका छन् !
       घरपरिवारले जस्तो दृस्टीकोण बाट हेरे पनि जुन दर्जामा राखे पनि मेरो हरेक खुशीमा रमाउने मेरी भाउजु आज पनि तिमीलाई म धेरै सम्मान गर्छु र सम्झिरहन्छु ! जब मलाई भाउजुको याद आउछ महाकवी लक्ष्मीप्रसाद देबकोटाको याद आउँछ !
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुदैन 
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !!
कल्पना भावुक
इजरायल !
गीत १८ दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन? .
गीत 
झर्दा आँशु पुछिदिने टाढा  हुन्छ किन ?
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन?
.
आँखा चिम्ली यादगर्छु समिपमा हुन्छौ
नयन बाट कोशी बग्दा हत्केलाले चुम्छौ
एक्लै हुँदा  मनको फूल काँडा हुन्छ किन 
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन ?
.
सपनाका सुनाखरी शित बनि झर्छन 
गरिबीको पर्खाल लाग्छ नफक्रिदै मर्छन  
मिलनमा नियती नै बाधा हुन्छ  किन 
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन ?
.
कल्पना भावुक 
गजल-नअटेरै हो कि माया ..112
गजल-नअटेरै हो कि माया ...
नअटेरै हो कि माया आँखाबाट पोखिएको 
नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको !
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै रुन्छु 
रुनैथ्यो त प्रेमी नजर किन यता  ठोकिएको?
हत्केलामा ठेला देख्छु निधार मरुभूमि लाग्छ 
साथ्मा भए  देख्ने थिएँ का छ भाग्य छोपिएको? 
छातीभरी  बैश फुल्दा हृदयमा तिमी  बस्यौ 
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि रोजिएको !
कल्पना भावुक 
इजरायल
गजल १११ ~~ मेरी आमा
गजल ~ मेरी आमा !
सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा 
अज्ञानी छु सानो छोरो  ज्ञानी हुन्छ मेरी आमा !
,
सताउछु  रुवाउछु  कत्ति  दुखः दिन्छु तिम्लाई 
हासी हासी फकाउछेउ दिब्य गुणछ मेरी आमा !
,
लापत्ता छन् मेरा बाबा दुस्मनले हेरे तिम्लाई 
डराउदिन  बद्लालिन तिम्रै खुनछ  मेरी आमा !
,
कैले  हुँला  प्रवासमा  कैले  हुँला तिम्रै काख 
इ कानले तिम्रो मात्र आवाज सुन्छ मेरी आमा !
,
धर्य गर भविस्य त्यो बनाउछु आफ्नै हातले 
यो कालेले  तिम्रो दुख चाडै फुन्छ मेरी आमा !
,
कल्पना भावुक 
इजरायल 
कविता ईच्छामृत्यु-पत्र
बिक्रम सुब्बा
कविता ईच्छामृत्यु-पत्र
कविता ईच्छामृत्यु-पत्र
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
ओछ्यान परेकी तिम्रै वारिसको नाताले
तिम्रो अग्रिम-मरणको मेरो ईच्छापत्र लेखिरहेछु -
अर्थात, मेरा काखमा अखण्ड शिर राखेर, मसँग
मुलायम-मुलायम माया बोल्दा-बोल्दै तिम्रो प्राण जाओस्
मौरीको रानीजस्तै लोकन्तीका झुण्डामा राखेर
मेरा घरको अग्नी-मण्डपमा तिमी पुर्याईएपछि
स्वागत-बडाइँका दर्जनौँ जोरनाले बन्दुक बजाउँदे
पच्चिसौँ च्याब्रुङ र नौमतीबाजा घन्केको साईतमा
पहिलो पटक जिउ नै सिरिङ्ग पार्ने तिम्रो हात छुँदै
मैले 'सौभग्यवती भव:' भनेर सिन्दुरले
तिम्रो भर्जिन सिउँदोमा हालेको भविष्य-वाणी पुगोस्
अर्थात, नरकको दैँत्यलाई पनि, तिम्रो
निधारमा 'विधवा' शब्द लेख्ने मौका नमिलोस्  
अर्थात, सिन्दुर-पोतेमै सजिएको तिम्रो सकल शरिर
घाटको अग्नी-देवलाई प्रसाद चढाउँन सकुँ
अंतिम घडीमा मेरा आँशु पनि कदापी खस्न दिन्न
अर्थात, तिम्रो रुद्रघण्टीमा घिडघिड तगारो पस्न दिन्न
महान अर्धाङ्गिनीलाई लगनको लुगामै विदा दिन सकुँ
यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा, तिम्रो लागी
यही सम्मानीय मृत्युको ईच्छा-पत्र लेखिरहेछु पृये!
…तिम्रा कोखबाट निसृत लालाबालाका हात-पखेटा उम्रिसके 
अब तिनका आकाशको कुनै चिन्ता लिनु पर्दैन
अर्थात, खुशिसाथ तिमी पार्थिवयात्रा थाल 
रहलपहल घरघरायसी धन्दाहरू मैँझारु गरेर, मैले पनि 
त्यही क्रुर लाम्चो-अर्थी चढेर कात्रोको पहिरनमा
तिमीसम्म आउँने पर्यटन गर्नुछ पृये !
अर्थात, हामी दुई त एक मुटुका
आधा-आधा अनमोल धातुहरू कतै खोजेर-भेटेर
ईमान्दार देउताको आरनमा ढलोट दिव्य-आत्मा हौँ
अर्थात, हीराभन्दा बलियो हाम्रो प्रेमको ढिक्कोलाई
फुटाएर हरण गर्ने रावण कतै जन्मेकै छैन
तेसो त, मेरो देहको पनि म्याद पुगिसक्यो पृये!, बरु
मेरा आत्माको लागि पनि एक असल कुलको गर्भ खोजिदिराख्नु  
अर्थात, पवित्र नश्लका आत्माले अनिवार्य अवतार लिनु पर्छ
अनि फेरि भाँडाकुटीको भोज-भतेर सहित
हाम्रा पुतलीहरूको रमाईलो विहेको साईतमा
प्रणयका अनेक अध्याय र परिच्छेदहरू थप्नु पर्छ
अर्थात, फेरि कैलाशकुटमा हाम्रो एक चिटिक्क याक्सा थपेर
धुतुमुने र परीहरूले सिकुवा-आँगन भरिदिनुपर्छ
अर्थात, जनम-जनम सृष्टी-मुन्धुम बुन्दै जानुपर्छ
चखेवा जोडीको माया त
अजर-अमर पो हुन्छ त बाबै !
...अर्थात, कसैले चाहेपनि हामी कहिल्यै मर्दैनौँ पृये!
एकबारको पञ्चतत्व ध्वस्त भएपनि सिद्धिने होईन यो   
पवित्र प्रेमात्माहरू त झन् ज्योतीपुञ्जभै उदाउँछन्  
अर्थात, आत्म-मिलन भइसकेपछि अपरम्पार हुन्छन् 
त्यसैले मायालु पत्नी, तिम्रो नीजि निधारमा म
बारम्बार 'सौभाग्यवती'को छाप लगाईरहन चहान्छु
तसर्थ, अधिकृत वारिसको हैसियतले, तिम्रो खातिर
जुनी-जुनी विधवा नहुने ईच्छामृत्यु-पत्र लेखिरहेछु
एक अटल फैसला-पत्र लेखिरहेछु
…अर्थात, म लाखौँचोटी विधुर भएर हेला सहन्छु बरु, तर
'विधवा' तोकेर तिमी कतै लेखिनु मञ्जुर छैन मलाई
अर्थात, मेरै काखमा तिम्रो सर्वाङ्ग शरिर राखेर, मसँग
चोचोमोचोमा माया बोल्दा-बोल्दै प्राण जाओस्
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
तिम्रो यही ईच्छा-मृत्युको नोट-पत्र लेखिरहेछु
…अर्थात, हेर्दाहेर्दै आफ्नो सेनापती ढलेपछि
'विराङ्गना'को वीरचक्र-तक्माले शुसोभित गरेर
बाँकी युद्धको कमाण्ड सम्हाल्न चाहान्छु म
यही हो मेरो अन्तिम ईच्छा पृये…, त्यसपछि
शिरमा विजयको पगरीसहित म पनि उतै आउँनेछु…
तेसो त, मायाको रणभूमिमा मायात्माहरूलाई जित्ने
स्वर्गमालोकमा पनि कुनै देउता जन्मेका छैनन्…
र नरकमा पनि कुनै दैत्य जन्मेका छैनन्
अर्थात, चोखो प्रेमको वगैँचामा
आत्मा त एक अजम्बरी फुल हो पृये!
bikram subba 
Subscribe to:
Comments (Atom)


 
