जसोतसो जीवन धान्ने दाम पाएकी छु
बिदेस भनि गर्व गर्छन सबै नेपालमा
कत्ति प्यारो सुसारेको नाम पाएकी छु
नत टुङ्गो बोलीको छ सुन्य हुन्छ माया
छाक टार्न आधा पेट माम पाएकी छु
परिश्रम नै प्यारो सम्झी दु;ख गर्छु भन्दा
पीडा नभई मुटु पोल्ने घाम पाएकी छु
पुस्तिकाका साथी भाई आफ्नै सम्झिएर
मनको बह हल्का गर्ने ठाम पाएकी छु
कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

Kathmandu Time

Nepalese Rupee Converter











