Social Icons

गजल~~रमाएर जाऊ (२१)

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

छाडी मलाई दोबाटोमा अलपत्र पारी।
खुशी हुँदै उस्कै हात समाएर जाऊ।।

आँफै दु;खी तिम्रा दु;ख काहाँ बुझ्छु मैले।
सारा दु;ख उसै माथि थमाएर जाऊ।।

भत्किएको मन मेरो पोखीएछौ तिमी।
सग्लो मनमा चोखो माया जमाएर जाऊ।।

गरीब हुँ सुख सँग राख्न काहाँ सक्छु।
उसै सँग हिरा मोती कमाएर जाऊ।।

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

कल्पना गिरी भाबुक
काठमाडौं
हाल इस्राएल

No comments:

Post a Comment