सपनीमा देख्छु मात्र बिपनीमा भेटिएन (स्वप्निल)
तिमी पुर्व म त पश्चिम दूरी हाम्रो धेरै टाढा
दुई मनको पूर्ण कथा अझै पनि लेखिएन (कल्पना)
कुन्नि किन किन हाम्रो नदेखेरै माया बस्यो
पुग्छौ कहाँ थाहा छैन गन्तब्य नै देखिएन (स्वप्निल)
मनको भाव बाँड्नलाई नदेखे नि हुने रैछ
दुई मनको प्रतिविम्ब पहाडले छेकिएन (कल्पना)
साथ खोज्छ हरपल तिम्रै,यो मनले घरिघरि
गाह्रो गरी बाँच्यौ तर एउटा पत्र केरिएन(स्वप्निल)
रह्यौ धेरै धेरै टाढा एक अर्कामा छुट्टिएर
आत्मा भने सँगै हुँदा कुनै दुःख खेपिएन (कल्पना)
कतिञ्जेल बाँच्ने हामी दुई किनार नदीका झैँ
एक्लै बाँच्न गाह्रो हुँदा किन गला रेटिएन (स्वप्निल)
लायौ माया जुग जाने टाढा हुँदा मर्ने छैन
उतार चढाव कति आए तर मन फेरिएन (कल्पना)
एक हुने बाचा हाम्रो पर्खिएर जुगौ जुग
मिल्दो जुल्दो ईच्छा बाहेक दाया बाया हेरिएन (स्वप्निल)'
स्वप्निल' छ 'कल्पना' यो जीवन्त छ अठोट हाम्रो
एक हुने रहर हाम्रो कसै गरी तुहिएन (टुङ्ग्याउनी)
कल्पना गिरी भावुक
काठमाडौ हालः इजरायल
स्वप्निल नीरव
दर्छा पाल्पा

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment