आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा.........
ढुक्ढुकिमा बसेउ तिमी, मुटु मेरो थियो
दुई आत्माको एउटै सरीर, ईश्वरले दियो
चुँडाइ दिउँकी यो मुटुलाइ, बिर्सिएर जिउँन
फाटेको मन कहिलेइ पनी, सकिन भो सिउन
बिबस्ता ले बनाइ दियो, तिमी सङ्ग टाढा..........
भोक तिर्खा चैन छैन, निन्द्रा छैन साथमा
किन पायेँ यो जवानी, एक्लै हुन्छु रातमा
भेट्न जाउँत साहुको ॠणले, बाटो छेक्ने होकी
नजाउँ भने सुस्त सुस्त, माया घट्ने होकी
बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा
बिबस्ताले..............

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment