नजरमा तिमी भए दृष्टि बनी खुलिदिन्थेँ
वैलिएर झर्न नपाई शीरमाथि सजाउन
लाइदिने तिमी भए डालीविनै फुलिदिन्थेँ
हत्केलामा माया राखी केशराशि सुम्सुम्याउन
काख दिने तिमी भए सधैँभरि झुलिदिन्थेँ
सृष्टिलाई रङ्गीन फूल सिर्जिएर छाडिराख्न
मिसिएर तिमीसँग रङ्गसरि घुलिदिन्थेँ
पग्लिएर नदी भई सागरसम्म पुग्नुभन्दा
बादलझै उड्दै आए हिमाल भै चुलिदिन्थे
कल्पना गिरी
काठमाडौं
हाल इस्राएल
No comments:
Post a Comment