दुख मा नि रुन्चे हाँसो हाँस्नै पर्यो अब प्रगति को मुल भेट्न शिखर चड्नै पर्छ
मृत्यु लाई साँची राखी बाँच्नै पर्यो अब = संघर्ष का डांडाहरु काट्नै पर्यो अब
जीवन हो रे सुख दुख खहरे को बाढी बानि पर्यो भत्ता खाने घुम्ने कुर्शी माथि
समुन्द्रको पानि जै सो नाँच्नै पर्यो अब = फेरी पनि झुक्याएर ढाट्नै पर्यो अब
नशा हो रे जिन्दगि यो प्याला धेरै थोरै बेहोसीमा बाच्ने यहाँ धेरै देखे मैले
बीच सडक ढल्ने गरि मात्नै पर्यो अब = घाम दिन किरण बनि फाट्नै पर्यो अब
यमराजले लान्छ अरे पुर्याएर मिति बिश्वाश हुन्न अरे यहाँ जग स्वार्थी छरे
काल सँग अटुट नाता गाँस्नै पर्यो अब = भरोसा पो कसलाई गर्ने जाँच्नै पर्यो अब
छैन रै छ ठाउँ यहाँ इमानदारी लाई कत्ति रुनु सधै भरि बगाएर आँशु
इमान जमान मनमा भ'का मास्नै पर्यो अब = सच्चा मित्र भेटे मैले हाँस्नै पर्यो अब
दुख सुख दुई पाटा जिन्दगीका उस्तै यस्तै खुशी लिई आऊ बेला बखत तिमि
सुख खोज्न दुखि पाटो ताछ्नै पर्यो अब = मित्रताको गित गाइ नाँच्नै पर्यो अब
प्रतिक्षाको भोलि खोज्दा पाइन्छ र कहाँ = चित्कार सँगै डर्ने हरु धेरै देखि सके
भोलि हेर्न थोरै आशा सांच्नै पर्यो अब अशान्तिमा शान्ति ध्वनि बास्नै पर्यो अब
No comments:
Post a Comment