मेरो आस्था जान्नलाई पसी खोज्नु साहित्यमा
मेरो ब्यथा... जान्नलाई फँसि खोज्नु साहित्यमा
पोखेकी छु बिचार् सबै श्रीजनाको पानाभरी
मेरो स्तर नाप्नलाई कशी खोज्नु साहित्यमा
भोग्दै जाँदा जिन्दगी नै बनिदिन्छ कथाहरु
मेरो कथा बुझ्नलाई दशि खोज्नु साहित्यमा
कोरेकी छु पानाभरी भाबना का फूलहरु
भाबनामा रङ्गभर्ने मसी खोज्नु साहित्यमा
धेरैथरी बिचारको मन्थन हो यो साहित्य
जगतको अर्थलाइ बसी खोज्नु साहित्यमा
लेख्दैजादा पुस्तिकामा गल्ती धेरै भएभने
मेरो हात बाध्नलाई रसी खोज्नु साहित्यमा

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment