Social Icons

गजल ६५ नया बर्ष

गजल **
सबै मनमा खुसियाली उमंगले छायो
दुख सुख सबै लिई नया बर्ष आयो |
,,
कतै बज्छ डिस्को डान्स लोक भाका पनि
खोया बिर्के रम सँगै फेद न टुप्पो गायो |
,,
आसिर्बाद बर्सी दिन्छ बृद्ध बाल सम्म
सुख शान्ति मिलोस् भनी ठुलै मुख बायो |
,,
मिस्टान्न थाली कतै नाना थरी भोजन
भोलिको दिन थाहा छैन खानु आजै खायो |
,,
प्याला सँगै चढ्छ नशा गुम्छ अनि होस
एकै छिनमा मन मिलाई चाउरे प्रिती लायो |
,,
"सुभकामना नयाँ बर्षको
कामना सबैमा हर्षको ,,
कल्पना भाबुक
काठमाडौँ

No comments:

Post a Comment