Social Icons

गजल; ६९ नोटको कुरा नगर साथी|

हेर्दामा राम्रो बिष ओकल्ने बोटको कुरा नगर साथी|
फाटेका लुगा भोको छ पेट नोटको कुरा नगर साथी|
,
बल्छिको माछी हामी जनता नेताजी भए लागेको कर्द,
सत्तामा पुगी बन्सो उमार्ने भोटको कुरा नगर साथी|
,
बाटेको थिएँ मायाको डोरी चुडाए बरै दुस्मन लागी,
दुख्दैन छुँदा फाटेको मुटु चोटको कुरा नगर साथी|
,
गरीब माथी लाग्छ कानुन न्यायको घर बैरी भो आज,
ख्वाएर घुस पाएँ सजाय कोटको कुरा नगर साथी |
,
पैसाले किन्ने तिम्रो इज्जत मान्दैछौ जित संसार तिम्रो,
अपांग मन बाँचे छु मर्दै खोटको कुरा नगर साथी|
,
कल्पना भाबुक
काठमाडौँ

No comments:

Post a Comment