Social Icons

गजल ६७ चोखो माया थियो मेरो

गजल**
चोखो माया थियो मेरो अनर्थ पो लाउँदैछौ रे
टोल बस्ति भेला गरी नानाभाती गाउँदैछौ रे !
~
उनको माया यो मुटुमा काँडा जस्तै बिझ्यो भनी
पागल बनि बेसी तिर शान्ति खोज्न धाउँदैछौ रे !
~
जे जे भयो जिन्दगीमा सबै दोष मलाई हाली
मृत्यु रोजी खोजि खोजि बिष पिउन बाउँदैछौ रे !
~
आक्रोसित हुँदै फेरी प्रतिसोधको भाब राखी
बादल बनि गर्जिएर मै माथि पो छाउँदैछौ रे !
~
त्यतिले नी नपुगेर सडक पेटी पछ्याउँदै
मार्छु अनि मर्छु भन्दै छुरा बोकी आउँदैछौ रे!
~
कल्पना भाबुक
काठमाडौँ

No comments:

Post a Comment