Social Icons

गजल ६८ भन्छ मलाई

गजल
स्वतन्त्र भै बाँच तिमी आकाशले भन्छ मलाई
उमंगका डाली भाँच सुवाशले भन्छ मलाई|
,
हिजो थियो आज हुन्छ भोलि पनि हुन्छ नै त्यो ,
बर्तमानमा जिई नाच आभासले भन्छ मलाई|
,
फर्कीएर स्वदेशमा चलाउनु छ खुर्पी डोको
त्यसैले त बल साँच प्रबाशले भन्छ मलाई|
,
अनमोल गहना हुन् भोगाइका पलहरु
आलस्यका पोथ्रा लाछ उदासले भन्छ मलाई !
~
कल्पना भाबुक
काठमाडौँ

No comments:

Post a Comment